Friday, October 1, 2010

यस्तो छ शैक्षिक नटवरलालको कर्तुत

By Landscope Pill, on October 2nd, 2010

गोपाल पौडेलसँग मेरो भेट दस वर्षअगाडि ‘हिमालयन एती (Himalayan Yeti, UK)’ को कार्यक्रम मा भएको थियो। त्यतिबेला म लन्डनको एक कलेजमा पढ्दै थिएँ। मलाई धेरैले भन्ने गर्थे गोपाल आफ्नो स्वार्थ र फाइदामा चल्ने मान्छे हो। धेरै वर्ष illegal बसेर रेस्टुरेन्टमा काम गरेर legal status (सायद उनको श्रीमतीको legal status ले होला) पाएपछि Ealing Broadway नजिकै, West London मा Boston College of London गोपाल पौडेलले खोलेका हुन्। यो लण्डनमा नेपालीले खोलेको पहिलो कलेज पनि हो जस्तो लाग्छ मलाई – अहिले त ७/८ ओटा नै छन्।

गोपाल दाइ ठगी कार्यमा संलग्न छन् भनेर मैले तेतीबेला बुझे जब मेरो १४ महिनाको कलेज पढाइपछि Student Visa सकियो र मैले उनलाई एउटा कलेजको संचालक अनि एक नेपालीको नाताले सोधेको थिएँ, ‘दाइ मेरो भिसा सकिन लाग्यो, के गर्ने होला? कुन University मा भर्ना गर्ने होला?’-

अनि उनले मलाई भने ‘अरुलाई ६ हजार पाउण्ड हो तिमीलाई चिनेको नाताले ४ हजार मा भर्ना गरिदिन्छु किन university जाने, काम गर पैसा कमाऊ’ तर पछि थाहा भयो कि उनको कलेजमा एक वर्षको फी ५००/६०० पाउण्ड रहेछ।

फेरि २००३ तिर होला, म नेपाल गएको बेला अचानक एउटा विज्ञापनमा आँखा अडियो, हेरेको त ‘sport admission and free seminar for UK’ भनेको रहेछ। त्यो कार्यक्रम पुतली सडकको Sharemarket Complex मा रहेको एउटा institute जुन Boston College of London, अर्थात् गोपाल पौडेलसँग आवद्ध थियो। एकजना साथी र म गयौँ के रहेछ सुनौ बुझौँ भनेर – १/२ जना सहभागीले सोधे हामी एमफिल/ पीएचडी गर्न खोजेको लण्डनमा कस्तो छ, कति पैसा लाग्छ भनेर।

गोपालको जबाफ थियो “MPhil/PhD को लागि २ जना supervisors चाहिन्छ, एकजना म बस्छु अर्को external खोजौंला मेरै college बाट हुन्छ तपाईं आफ्नै बन्धु पर्नु भएछ अरुलाई भए १०/१२ हजार वर्षको। तपाईं ६ हजार तिर्नुस् र एउटा proposal दिनुस म सब व्यवस्था गर्दिन्छु”। त्यो पनि नेपाल मा बसेर पढ्न पाइने उनको जिकिर थियो – धेरैलाई सो कुरा सही हो भन्ने लाग्यो होला। तर मेरो साथी र म भने पछाडि मरी मरी हाँस्यौँ – साएद ‘कोठे’ PhD को कुरा थियो होला त्यो जुन गोपालले गरेको यो नौटंकीबाट प्रस्ट हुन्छ।

गोपालले बोस्टन कलेजबाट राम्रै आम्दानी गरे, २/३ ओटा घर किने लण्डनमा – कलेज bankrupt भयो भने र पैसा असुले। अहिले Boston College जसलाई UK Border Agency ले Register of Sponsor को ‘बी’ ग्रेड राखको छ, उनकै ज्वाईं, नाम नभनु, (भट्टराई थरका)ले चलाई रहेका छन् । ‘B’ Grade sponsors college लाई quality को हिसाबले खासै राम्रो मानिन्न तर तिनीहरुले आफ्नो कार्यक्रम भने चलाउन पाउँछन्।

गोपालसँग २००५ पछि धेरै भेट हुने मौका मिलेन। एक कार्यक्रममा फेरि जम्काभेट भयो। अनि मैले उनको बारेमा केही जानकारी नभएको जस्तै गरी सोधेँ, “के छ दाइ नयाँ खबर? धेरै भयो लण्डनतिर देखिनु हुन्न नि”।

उनले आफ्नो तेजिलो आँखाले मलाई हेरेर भने “बैनी म पुरानै पेशातिर लागेको छु”। Gurkha Knight रेस्टुरेन्टको सञ्चालक रहेको एउटा कार्ड मेरो हातमा थमाउँदै उनले भने “आउनु है म work permit मिलाई दिउँला। मैले नयाँ रेस्टुरेन्ट खोलेको छु Worcester, Kempsey मा”।

केही समयपछि थाहा भयो रेस्टुरेन्ट त ठूलै खोलेका रहेछन् तर ग्राहक तान्नको लागि ‘only 18 and over’ को लागि भनेर छुट्याइएको area मा भने KamaSutra को Erotic फोटोहरु भित्ता भर टाँसिएको रहेछ जुन public complaint पछि रेस्टुरेन्टले हटाउन बाध्य भयो। यो कुरा Worcester local newspaper मा पनि आएको थियो।

त्यसपछि गोपालले Ireland मा कलेज खोलेर चलाएको खबर थाहा भयो। सायद UK बस्न उनले गरेका कर्तुतहरुले गाह्रो भयो होला उनलाई। उनी पनि यो घटनामा संलग्न थिए कि थिएनन् त्यो त थाहा भएन तर आज जसरी गोपालले नेपालमा उनको Virtual University को कुरा गरे, एकदमै हुबहु मेलखाने प्रकारको university Ireland मा भेटियो 2008 मा, Irish International University (IIU) भन्ने जसले Cambridge University को हल भाडामा लियो graduation award ceremony को लागि तर BBC को follow up पछि हतार हतार सो कार्यक्रम Oxford university सारियो तर त्यो IIU कहिँ कतै register भएको भेटिएन र सो नाम गरेको University लाई अहिले Oxford र Cambridge ले आफ्नो university complex भित्र कार्यक्रम गर्न प्रतिबन्ध लगाएका छन्। यहाँ हेर्नुस् http://news.bbc.co.uk/1/hi/education/7175730.stm

गोपाल Ireland हुँदा यो घटनामा संलग्न नभएको भए पनि उनलाई यो Irish International University (IIU) को कार्यले थप ठगी गर्न उक्साएको पक्कै हुनु पर्छ।

सायद गोपालले Ireland मा पनि राम्रो भबिस्य नदेखेर अन्त पलायन भएको हुनु पर्छ ठगी कामको खोजीमा। गोपाल कुन university गएको, कहिले PhD गरेको उनलाई चिन्ने कसैलाई थाहा छैन। उनी आफैसँग हुन्थे fake certificate हरु र नेपालबाट भर्खर UK आएकाहरुलाई ठगी गर्थे। जानकारहरु भन्छन् गोपालसँग UK university का सबै level का fake certificate हुन्थे र केही नेपालबाट Bachelors गरेकालाई certificate पनि बेचे, आफ्नो college मा पढाउन आऊ पैसा दिन्न तर work permit मिलाई दिन्छु पनि भन्ने गर्थे रे यिनी। कसैकसैलाई Boston college को teacher को जागिर पनि दिए रे work permit को लागि तर reality मा काम भने बाहिर रेस्टुरेन्टतिर पो गरेका पनि थिए रे नि कि कसो त गोपाल दाइ?? यो कुरा लामो छ म फेरि लेख्नेछु। तर गोपालको सञ्जाल धेरैतिर फैलिएको छ र ठगी कार्य पनि नेपालभित्र मात्र नभई अरु देशको सोझा विद्यार्थीसम्म पुग्ने कोशिश गर्दैछ। हेर्नुस् न, एउटा University को VC ले लेखेको एउटा international academic document verification बारेको अनुरोध: