२३ पुस, कञ्चनपुर । अर्थमन्त्री वर्षमान पुनले बन्न लागेको मेची महाकाली रेलमार्गलाई एसियाली रेलमार्गसाग जोड्ने बताउनुभएको छ । सुख्खा बन्दरगाह तथा भन्सार, राजस्व कार्यालयको अनुगमन गर्न शनिवार कञ्चनपुरमा पत्रकाहरुसंग कुराकानी गर्दै अर्थमन्त्री पुनले महाकाली नदीमा पुल निर्माण कार्य सुरु गरिने बताउनुभयो ।![mechi to mahakali rail marg](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_u_K4PMz3kbTinS7On9ktn5sn5OxupFwdGQyLXevX_px4kUilko1IcTCpNAKSkEue6byvyzVzLmcvkRux4vlgt0mcg0PAIV5oV-WUOgd-WgYWE5mQcwpejbBgYdqneMx0FbWoudV4hpT1UpRMTh7M4-5cBAowMI=s0-d)
उहाँले धितोपत्र बजारमा केही समस्या देखिए पनि बजार सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले अब धितोपत्र बजारलाई अनलाइन र क्षेत्रीयरुपमा पनि विस्तार गर्न लागिएको बताउनुभयो । अर्थतन्त्रका सबै क्षेत्रमा सकारात्मक सुधार आइरहेको भए पनि घरजग्गा कारोबारमा केही समस्या देखिएको र यो समस्या पनि छिट्टै हल हुने उहाँले बताउनुभयो । शनिबारै अर्थमन्त्री पुनले दोधरा चाँदनीमा बनाउन लागिएको सुख्खा बन्दरगाह क्षेत्रको निरीक्षणसमेत गर्नुभएको छ ।