Friday, November 19, 2010

दीपिकाको पूर्वप्रेमीलाई कण्डम

बलिउडकी नायिका दीपिका पादुकोणे आजभोलि व्यापारी सिद्धार्थ माल्यासँग डेट गरिरहेकी छन्, यस अघि उनी नायक रणवीर कपुरकी प्रेमिका थिइन । रणविरको प्रेममा पागल दीपिकाले आफ्नो गर्घनमा रणवीर नाम लेखेर ट्याटु पनि खोपाएकी थिइन ।

कुनैवेलाकी यी पागलप्रेमी दीपिकालाई आजभोलि रणवीरसँग भने माया होइन रिस उठ्छ । त्यसैले त पूर्वप्रेमी रणवीरलाई कुनै उपहार दिनु परे उनी कण्डम उपहार पठाउन चाहन्छिन् । करण जोहरको कार्यक्रम कफि वीथ करणमा सहभागी हुन आएकी दिपिकालाई जव करणले प्रश्न सोधे, जब मौका मिल्यो भने उनी रणवीरलाई के उपहार दिन चाहिन्छन् ? तव दीपिकाको मुखबाट झटसँग उत्तर आयो कण्डोमको प्याक ।

दीपिकाले रणवीरलाई किन कण्डम उपहार दिन चाहेकी होलीन, उनले थप जवाफ त दिइनन् तर बलिउड भरी अहिले सबैले यही प्रश्न गरिरहेका छन् । आखिर रणवीरले दीपिकासँग विना कण्डम नै यौनसम्पर्क राखेका थिए र ?

No comments:

Post a Comment