म यहि डिलमा उभिएर सुनाउन चाहन्छु ।
याँहाको हावालाई
मेरी प्रियको नाममा रचना गरीएको यो कविता ।
लैजान्छु म तिमिलाई मेरो जन्म गाउँ
त्यो पहाड पारी मैले खेल्ने ठाउँ
लेउ लाग्ने ढुङ्गा बल्छि थाप्ने खोला
देखाउनु छ मैले सिमल छर्ने चौर
तुवालोले ढाकिरहला भाले सँगै उठौला
हुस्सुले छोपिरहला झर्ना सँगै हिडौला
वादलले छेकिरहला बुनिएर छत्रि ओडौला ।
उकालिको चिप्लो ढुंगा ओरालिको चिसो छाँया
मृग सँगै कुदौला पसिना निचोर्दै डाफे सँगै उडौला
सिउरी दिउँला तिमीलाई सुनाखरी सुनगाभा
लैजान्छु म तिमीलाई मेरो डाँडा काँडा
कतिले छाडे आफनो जन्मगाउँ
कतिले त्यागे माया गर्ने ठाउँ
जता पनि म देख्छु गाउँ छाडनेहरु
जहा पनि म भेटछु माया मार्नेहरु
पुछिएको सिउँदो झै म जन्मेको पहाड
वसन्त त आवोस रङ्गीएला गुँरास
लैजान्छु म तिमीलाई म जन्मीएको गाउँ
लैजान्छु म तिमीलाई म जन्मीएको गाउँ
No comments:
Post a Comment