By Landscope Pill, September 18th, 2010
काठमाडौँको यो खुल्लामञ्चबाट माओवादी अध्यक्ष प्रचण्डले निकै भाषण गरेका छन्। को हो त्यो रुक्माङ्गद कटवाल भनी प्रधानसेनापतिलाई चुनौति दिनेदेखि लिएर भारतलाई ललकार्नेसम्मका अनि सुकिलामुकिलाको विवादास्पद भाषण उनले यही मञ्चबाट गरेका हुन्। उनले मञ्चबाट भाषण गरिरहँदा उनका अगाडि आफ्नै प्रतिवद्ध कार्यकर्ताहरु हुन्थे, जसले उनलाई हौस्याइरहेका हुन्थे। तर जीवनमा पहिलो पल्ट उनी यही मञ्चमा फरक स्थितिको सामना गर्दै थिए। उनका अगाडि उनका कार्यकर्ता हैनन्, उनका प्रतिद्वन्द्वी पार्टीका कार्यकर्ता थिए, जसले उनलाई हुटिङ गरे। के बोलेका थिए उनले र कसरी भयो हुटिङ- भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा काँग्रेस महाधिवेशनमा सभापति पदका दुई उम्मेदवार शेरबहादुर देउवा र सुशील कोइरालाले भीडलाई हात हल्लाई अभिवादन गरेको देखिन्छ। त्यसपछि गीतमा कार्यकर्ता नाच्दै रमाउँदै गरेको देख्न सकिन्छ। अन्तिममा प्रचण्डको भाषण देखिन्छ। प्रचण्डले गिरिजाप्रसाद कोइरालाले आफूलाई शान्ति प्रक्रियामा ल्याएको हैन, हामी दुई मिलेर शान्ति प्रक्रिया सुरु गरेको भनेर भन्न लाग्दा हुटिङ भएको थियो।
No comments:
Post a Comment