By Landscope Pill, on September 19th, 2010
दिपक वोहोराले पवर्तारोहीहरुसँग १५ लाख रुपैया असुले
अपडेट: उक्त कार्यक्रममा लैजाने आश्वासन दिँदै वनमन्त्री दिपक वोहोराले पवर्तारोहीहरुसँग १५ लाख रुपैया असुलेर आफु मात्रै अमेरिका आएको तथ्य वाहिर आएको छ । वोहोराले यालीमा सहभागी हुन भनि १० जना पर्वतारोही मध्येबाट जनही १ लाख ५० हजारको दरले उठाएका थिए । आरोहीको नाम बेचेर मन्त्रीले फट्याइँ गरे, पैसा फर्काउने अत्तोपत्तो छैन,’ कीर्तिमानी आरोही पेम्बादोर्जी शेर्पाले भने, ‘मन्त्रीको व्यवहारले अपमानित महसुस गरेका छौं।’ ‘राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्तिलाई मन्त्रीजस्तो गरिमामय पदमा बसेका व्यक्तिले नै ठग्ने? कति लज्जाको कुरा हो,’ सबैभन्दा बढ़ी उमेरमा सगरमाथा आरोहण गरेका मीन बहादुर शेरचनको आक्रोश थियो । यसैगरि अमेरिकी दुतावासलाई पत्र लेख्दा आरोहीहरुको वसोवास खर्च सबै एनआरएन अमेरिका, युएसएड नेपाल, नेपाल पर्यटन बोर्ड, ग्रिन भेन्चर्स नेपाल र डब्लुडब्लुएफ नेपालले बेहोर्ने उल्लेख छ । तर बनमन्त्रीले प्रत्येक आरोहीसँग पैसा असुलेका छन् । जसले गर्दा आरोहीहरु भिसा पाउनबाट वन्चित भएको हुनसक्ने आरोहीहरुको आशंका गरेका छन् ।
जलवायु परिवर्तनको कारण हिमालयको हिउँ पग्लिन थालेकोले ‘हिमालय वचाउन’ विश्वको ध्यान आकृष्ट गर्ने उदेश्यले न्यूयोर्कको संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडी सेप्टेम्वर १२ तारेख मंगलबार गर्न लागिएको ‘सेभ द हिमालय’ कार्यक्रम विवादित बनेको छ । उक्त कार्यक्रम गर्ने दिन सगरमाथा आरोहि नेपाली शेर्पाहरुले हिमाल आरोहण गर्ने पोशाकमा मार्चपास र प्रर्दशन गर्ने र अन्य सहभागीहरुले प्लेकार्ड र व्यानर सहित रयाली गर्ने कार्यक्रम थियो । तर अमेरिकामा रहेका २३ जना नेपाली सगरमाथा आरोहीहरुले आज एक विज्ञप्ती प्रकाशित गरि उक्त कार्यक्रममा सहभागीता नजनाउने भएका छन् । उनीहरुद्वारा प्रकाशित विज्ञप्तीमा उक्त कार्यक्रमलाई ‘मन्त्री दिपक वोहोराको संलग्नता र अमेरिकामा रहेका केहि टाठाबाठा भनाँउदा गैह्र पर्वतारोहीहरुको मिलोमतोमा राष्ट्रको ढिकुटी रित्याउन गरिएको घृणित खेल’ भन्दै उक्त कार्यक्रममा आफ्नो संलग्नता नरहेको स्पष्ट पारिएको छ ।
सेभ द हिमालयज कार्यक्रम नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र गैह्र आवासीय नेपाली संघ एनआरएन अमेरिकाको संयुक्त पहलमा चार महिना अगाडि शुरु भएको थियो । उक्त कार्यक्रमको नेतृत्व अमेरिकामा बसोबास गर्ने पहिलो नेपाली सगरमाथा आरोही पत्रकार आंड्छिरी शेर्पा र सह संयोजक टेक गुरुंग सह संयोजक विनोद शाह छन् । उक्त कार्यक्रम अन्र्तगत हिमालय क्षेत्र वचाउन भन्दै केहि समय पहिले अनलाइन मार्फत हस्ताक्षर संकलन गर्न शुरु गरिएको छ । उक्त कार्यक्रमलाई नेपालको वन मन्त्रालय र विभिन्न गैह्र सरकारी संघसंस्था र अमेरिकाका विभिन्न संघ संस्थाले सहयोग गर्ने जनाइएको थियो ।
कार्यक्रममा भाग लिन भनि नेपालबाट वनमन्त्री दिपक बोहोरा विहिवार काठमाडौंबाट न्युर्योकको लागि उडिसकेका छन् । कार्यक्रममा भागलिन मन्त्री बोहोराले जम्वो टोली लिएर अमेरिका आउन लागेको भनि समाचार कान्तिपुरमा प्रकाशित भएपछि मन्त्री बोहोरा एक्लै उक्त कार्यक्रममा सहभागीता जनाउन आएको कान्तिपुरले लेखेको छ । मन्त्री बोहोराले गत सालको कोपेनहेगन सम्मेलनको अवसरमा हिमाल वचाउ अभियानमा भाग लिन आफ्ना श्रीमती छोरा नाती नातीना पार्टीका कार्यकर्ता लिएर गएका कारण उक्त कार्यक्रम पनि त्यतिवेला निकै विवादित वनेको थियो ।
त्यसै गरि कार्यक्रममा सहभागी हुन आउन लागेका सगरमाथा आरोहीहरु गोकुल थापा मीन वहादुर शेरचन दावा ग्याल्जेन शेर्पा ल्हाक्पा रेम्डु शेर्पा मिङ्मा दोर्जी शेर्पा मिङमार शेर्पा डवाङ् दोर्जी शेर्पालाई अमेरिकी दुतावासले भिसा दिएको थिएन । आरोहीको भिसा रोकिएकोमा नेपाल पर्वतारोहण संघ सगरमाथा आरोहण संघले सरकारी लाचारीको परिणाम भएको भन्दै दुख व्यक्त गरेका छन् ।
विज्ञप्ती प्रकाशित गर्ने सगरमाथा आरोहीहरुमा काजी शेर्पा, किपा शेर्पा, पासागं छिरिगं शेर्पा, लाक्पा गेल्जे शेर्पा, पासागं रिन्जी शेर्पा, आंग पुर्वा शेर्पा, छुलडिम नुर्वु शेर्पा, आंगछिरी शेर्पा, तेन्जीगं शेर्पा, मिड्मा नुरु शेर्पा, पासांग शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा शेर्पा, पासांड कामी शेर्पा, लाक्पा नुरु शेर्पा, मिङमार छिरिगं शेर्पा, कामी शेर्पा, पेम्वा दोर्जी शेर्पा, जाङ्बु शेर्पा, रिन्जी शेर्पा, लाक्पा गेलु शेर्पा, लामा जाङ्बु शेर्पा, पासाङ लमु शेर्पा छन् ।
No comments:
Post a Comment