By Landscope Pill, on September 8th, 2010
भगवानका लागि त सबै भक्त बराबरै हुनुपर्ने हो। तर हिन्दु आराध्यदेव पशुपतिनाथको मन्दिरमा भने अब सबै भक्त बराबर नहुने अवस्था आयो। अलिकति पैसा छ भने भगवानको दर्शन गर्न प्राथमिकता पाइने, पैसा छैन भने कुरेर बस्नु पर्ने। भगवानसम्मको पहुँचका लागि पनि अब पैसा नभई नहुने भो। पैसा हुने र नहुने भक्तजनबीच विभेद कायम हुने भो। तपाईँलाई के लाग्छ, भगवानको दर्शन गर्न हुने यो भेदभाव कतिको उचित हो? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।
पशुपतिमा निश्चित रकम तिरेर दर्शन गर्ने ‘सुविधा’ पशुपति क्षेत्र विकास कोषले गएको शिवरात्रीदेखि सुरु गरेको हो। अब त्यसलाई यसपालिको तीजमा पनि निरन्तरता दिन लागिएको रहेछ।
सुविधा लिन हजार रुपैयाँको टिकट काट्नु पर्छ। हजार रुपैयाँको टिकट काटेपछि ‘हजारिया’हरुको दर्शनका लागि छुट्टै ढोकाको व्यवस्था हुनेछ। त्यहाँ सरासर जाने, अनि पूजा गर्ने, फर्कने रे। ‘फोकटिया’ हरु भने घामपानी नभनी लाइनमा उभिएर बस्नुपर्छ।
पैसा हुनेहरुलाई त सजिलै हुने रहेछ। नत्र त पैसा हुने होस् कि नहोस्, सबै एउटै लाइनमा बस्नुपर्थ्यो।
कोषले यस्तो सुविधा दिएपछि लामो लाइनमा बस्न नचाहनेहरु पनि दर्शन गर्न आउने र यसले दर्शनार्थीहरुको संख्या बढ्ने तर्क दिएको छ।
No comments:
Post a Comment