By Landscope Pill, on September 11th, 2010
त्यो रात उनीहरुसँगै भए एकै कोठामा। रविले Johana को मुलायम कपाल खेलाइरहेको थियो, अनि घरीघरी टाउको मुसारिदिँदै थियो। Johana को टाउको बिस्तारै रविको ओठतिर लम्कियो, दुबैका मुख परस्पर जोडिए। एकाएकै Johana ले रविले कसिसकेको आफ्नो शरीरलाई फुत्काउँदै भनिन्- Otros 2 meses mas (अरु थप दुई महिना)। रविले केही बल नगरेको होइन, तरै पनि no tengo 21 anos, si tuviera 21 anos no podriamos hacer cosas sin sentido (म अझै २१ पुगेकी छैन, २१ पुग्नु अगावै कुनै पाप काम गर्नु हुँदैन) भनेपछि रवि बिस्तारै सेलाउन पुग्यो। आफूमा जागिसकेको पुरुषत्व त्यतिकै मार्नु पर्दा पनि उसको मन प्रफुल्लित भएर आयो। आफ्नी प्रेमिकाको दृढ़ता देखेर खूब रमायो भित्रभित्रै। धेरै इज्ज़त दिन मन लाग्यो, आदर भाव जागेर आयो उसकी प्रेमिकाप्रति। Sorry को शव्दसँगै Flying kiss पायो पल्लो खाटबाट।
तुलना गर्यो उसले नयाँ प्रेमिका र नेपालकी प्रेमिका बीच। उता साँझको जुठो भाड़ो गर्न सघाउने बित्तिकै रविना उन्मत्तिदै भन्ने गर्थी, ‘के छ विचार …? अनि त्यसपछि …..अनि त्यसपछि …….।
तर एउटा घटनाले रविले फेरि यता र उताकी प्रेमिकाबीच तुलना गर्न बाध्य भयो। र बुझ्यो वास्तविकता। कस्तो घटना थियो त्यो?
No comments:
Post a Comment