Thursday, May 17, 2012

Bandha

काठमाडौ , ४ जेठ

ब्राह्मण, क्षेत्री, दशनामी, दलित लगायतका समुदाय आवद्ध संयुक्त संघर्ष समितिले गरेको बन्दका कारण राजधानी लगायत देशभरको जनजिबन प्रभाबित भएको छ । जातिय राज्यको विरोध र आफुहरुलाई आदिवासीमा सूचिकृत गर्न माग गर्दै आजदेखि संघर्ष समितिले अनिश्चितकालिन बन्द गर्दा जनजिबन प्रभाबित भएको हो । बन्दले गर्दा राजधानी लगायत देशका विभिन्न भागमा सर्वजनिक यातायातको साधन चलको छैन भने शैक्षिक संस्था ठप्प रहेको छ । बजार, पसल, कल कारखाना लगाएतका सबै क्षेत्र बन्दबाट प्रभाबित भएको छ । यस्तै बन्द गराउने समूहले काठमान्डौको कलंकीमा तीन वटा बसमा र बालाजुमा एउटा ट्याक्सीमा  तोडफोड भएको छ ।
कलंकीमा रोकिएको सय बढी रात्री बसलाई  भने प्रहरीले सुरक्षा दिएर नयाँ बस पार्क पु¥याएको छ । उता अखण्ड सुदूरपश्चिमको माग राख्दै गरेको बन्द खुलेको बन्द एक दिनपनि वित्न नपाउदै फेरी आजबाट बाहुन क्षेत्रीले गरेको बन्दले त्यहाँका जनता अझै कष्टकर बनेको छ । तराईका २२ जिल्लमा भने दोहोरो बन्दको मार परेको छ । थारुहरुले गरेको बन्दले आजपनि तराईका २२ को जनजिबन प्रभाबित भएको हो । 
सामाजीक सद्भाव कायम राख्न आज रुपन्देहीको भैरहवामा सद्रभाव ¥याली निकालीएको छ । लगातारका बन्द र हड्तालका कारण जनजिवन कस्टकर बनिरहेका बेला सद्भाव ¥यालीको आयोजना गरीएको हो ।

No comments:

Post a Comment