Thursday, May 17, 2012

Bandha

काठमाडौ , ४ जेठ

ब्राह्मण, क्षेत्री, दशनामी, दलित लगायतका समुदाय आवद्ध संयुक्त संघर्ष समितिले गरेको बन्दका कारण राजधानी लगायत देशभरको जनजिबन प्रभाबित भएको छ । जातिय राज्यको विरोध र आफुहरुलाई आदिवासीमा सूचिकृत गर्न माग गर्दै आजदेखि संघर्ष समितिले अनिश्चितकालिन बन्द गर्दा जनजिबन प्रभाबित भएको हो । बन्दले गर्दा राजधानी लगायत देशका विभिन्न भागमा सर्वजनिक यातायातको साधन चलको छैन भने शैक्षिक संस्था ठप्प रहेको छ । बजार, पसल, कल कारखाना लगाएतका सबै क्षेत्र बन्दबाट प्रभाबित भएको छ । यस्तै बन्द गराउने समूहले काठमान्डौको कलंकीमा तीन वटा बसमा र बालाजुमा एउटा ट्याक्सीमा  तोडफोड भएको छ ।
कलंकीमा रोकिएको सय बढी रात्री बसलाई  भने प्रहरीले सुरक्षा दिएर नयाँ बस पार्क पु¥याएको छ । उता अखण्ड सुदूरपश्चिमको माग राख्दै गरेको बन्द खुलेको बन्द एक दिनपनि वित्न नपाउदै फेरी आजबाट बाहुन क्षेत्रीले गरेको बन्दले त्यहाँका जनता अझै कष्टकर बनेको छ । तराईका २२ जिल्लमा भने दोहोरो बन्दको मार परेको छ । थारुहरुले गरेको बन्दले आजपनि तराईका २२ को जनजिबन प्रभाबित भएको हो । 
सामाजीक सद्भाव कायम राख्न आज रुपन्देहीको भैरहवामा सद्रभाव ¥याली निकालीएको छ । लगातारका बन्द र हड्तालका कारण जनजिवन कस्टकर बनिरहेका बेला सद्भाव ¥यालीको आयोजना गरीएको हो ।

Monday, February 27, 2012

तपाइँ हामै्र कर्तव्य हो

Bhumi Thulung
प्रीय सम्पूर्ण सचेतक ज्यूहरु, हालको वर्तमान मौतिक कला कृतकिो परिप्रेक्षमा अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गर्दा, हाम्रो परम्परा, रीतिरिवाज तथा संस्कृतीको पहिचान झल्काउने एउटा राष्ट्रिय दावेदार हो कृष्ण चरित्र “मारुनी नाच” हाल आएर यो र यस्को अवस्था लापोन्मूख हुँदै गईरहेको छ । वर्तमान संरक्षकहरुको आदर गर्दै यस्लाई आ–आफ्नो क्षेत्रबाट भौतिक, आर्थिक, सामाजिक तथा मानसिक रुपले लागी परेर यस्को औचित्यलाई दीर्घकालिन रुपमा वचाईराख्नु तँपाई हामी सवैको कर्तव्य हो । यसै हाम्रो कर्तव्यलाई मध्यनजर राखेर हाम्रो पुर्खाहरुको मौलिक कलालाई अमर राख्नको लागि हामिले एउटा वृतचित्र डकुमेन्ट्रि तयार गर्नुपर्ने हुन्छ, किनकी यो भन्दा दोस्रो विकल्प हाम्रो पूर्खाहरुको मौलिक कला र हाम्रो उद्धेश्यको केन्द्रविन्दु दुबै पक्षसँग बराबर हुने छैन । यसैले वृतचित्रको लागि सर्वप्रथम कला, अर्थ र लगनशिलताको आवस्यक पर्ने हुन्छ । यसर्थ यस उद्धेश्य प्राप्तीका लागि हामीसँग कुनै पर्याप्त आर्थिकश्रोत नभएको स्थीतिमा हामी आपैmले आफ्नो लागि आर्थिक श्रोत संकलन गर्नुपर्ने भएकोले तँपाईको व्यक्तिगत तर्पmबाट सशक्त आर्थिक तथा सामाजिक सहयोगको अपेक्षा गरिएको छ ।
सहयोग कर्ताको नाम्मा ः–
    सबै सहयोग कर्ताको नामावली भिडियो को अन्तिममा राखिने छ ।
    रु. ५,००० देखि रु. १०,००० सम्मको सहयोग कर्ताको नामावली खष्मभय को सुरुमा राखिने छ ।
    रु. १०,००१ देखि रु. २५,००० सम्मको सहयोग कर्ताको नामावली र फोटो विवरण राखिने छ ।
    रु. २५,००१ देखि माथिको सहयोग कर्ताको भिडियोमा अन्तर्वाता राखिने छ ।

कार्यक्रम ः–
    असार मसान्त सम्म अधिकतम आर्थिक सहयोग संकलन गर्ने,
    भाद्र मसान्त सम्म कार्यक्रमको तिथिमिती तोकिने,
    कार्यक्रम २०६९ साल को दशै र तिहारको साथ साथै गरिने,
प्रारम्भिक सम्पर्क ः–
फुलकमल राई,     ९८०१०४४३८, ९८०३३८७०३८,      भूमीनन्द राई, ९८४१८८३७३६,     लबकुमार राई, ९८०८०१७७४०,    

हजारौं युबाहरूलाई रोजगारि

 Bhumi Thulung
बेरोजगारीले गाँजिरहेको नेपाल् र नेपाली युबाहरूमा थोर बहुत आशा र अवशर मिल्न थालेको छ l बैदेशिक संघ सङ्स्थाहरूको आर्थिक सहयोग लिएर केही संघ सङ्स्थाहरूले देशभर शिपमुलक रोजगार् मुखी तालिमहरू सन्चालन गरिरहेका छन् l यस्ता अधिकाम्श संघ सङ्स्थाहरू देशैभरी सक्रिय छन् l तीनै संघहरूको मुख्य पात्र बन्न पुगेको छ "एशोसिएटस नेपाल् सिनर्जि"  धुम्बाराही ४ काठमाण्डौमा अबस्थित यस संस्थाले बिगत् ४ बर्ष यता "स्विस नेपाल् इन्टरकोअपरेसन हेल्भेटास" को आर्थिक सहयोगमा देश्भरका आर्थिक , सामाजिक , शैक्षिक तथा भौगोलिक रुपले पिछडीएका १६ देखि ३५ बर्ष उमेर् समुहका युबा युबतीहरूलाई निशुल्क सिप मुलक रोजगार मुखी तालिम र तालिम पश्चात रोजगारी दिंदै आएको छ l विशेस रुपले निर्माण सम्बन्धी तालिम सन्चाल्न गर्दै आएको यस सङ्स्थाले बिल्डिङ इलेक्ट्रिसिएन , हाउसहोल्ड प्लम्बर , स्काफोल्डर , पेन्टर , फर्निचर मेकर ,पश्मिना निटर , सेक्युरिटी गार्ड, सेल्स पर्शन, स्टोर किपर तथा रिसेपसनिस्ट/क्यसिएर आदि जस्ता अती उपयोगी बिसयहरुमा तालिम सन्चालन गर्दै आइरहेको छा l थुप्रै यस् प्रकारका संघ संस्थाहरुमध्य सबै भन्दा राम्रो तालिम केन्द्र, पर्याप्त तालिम औजार तथा बस्तुहरू , अनुभबी शिक्षक र कर्मचारीहरूको सम्योजन रहेको यस सङ्स्थाले २०६५ साल देखि हाल् सम्म करिब १००० जना युबा युबतीहरूलाई तालिम प्रदान गरिसकेको छ भने ९०० जना भन्दा बढी रोजगारिमा गैसकेका छन् l तालिमको क्रममा प्रत्यक सहभागीहरूको सी टी इ भी टी मार्फत सिप परिक्षन गराई उक्त सरकारी सङ्स्थान को प्रमाण पात्र समेत प्रदान गर्दै आइरहेको छ जस्ले गर्दा सहभागीहरूलाई रोओजगरीमा जना झनै सहज बनाइदिएको छ l यस प्रकारले तालिम र रोज्गारिबाट कोहि पनि युब युबतीहरू नछुट्नु नै राम्रो हुन्छ l अत: सबै छेत्रका सबै नागरिक बेलैमा सक्रिय हुने होकि ??
थप जानकारिको लागि संपर्क ठेगाना ::::
:एशोसिएटस नेपाल् सिनर्जि धुम्बाराही ४ काठमाण्डौ
फोन ०१-४३७०२४१,०१-४३७३४५१
मोबाइल ९८४१८८३७३६, ९८४१७१४८१०, ९८४१८०६९१९, ९८४६०९७७७३,

 





          

Friday, February 17, 2012

आउदो एक बर्ष भित्रमा नेपालमा देशैभरि वाइम्याक्स इन्टरनेट

फागुन ५
News From (नागरिक)
नेपाल टेलिकमले मुलुकका सबै गाविसमा इन्टरनेट पुर्‍याउन अमेरिकी कम्पनी एअरस्पान नेटवर्कसँग सम्झौता गरेको छ। सम्झौताअनुसार आउँदो एक वर्षभित्र देशका सबै गाविसमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुग्नेछ।
 टेलिकमले बुधबार गरेको सम्झौताअनुसार एक आउँदो २०६९ माघभित्र देशका सबै गाविस र नगरपालिकामा कम्तीमा २५६ केबिपिएस स्पिडको इन्टरनेट पुग्नेछ। 'सम्झौता भएको ६ महिनाभित्र परीक्षण सञ्चालन गरिसक्नुपर्छ,' टेलिकम विकास विभागका प्रमुख राजेन्द्र नकर्मीले भने।



- सबै गाविस र नगरपालिकामा कम्तीमा २५६ केबिपिएसको इन्टरनेट
- वाइम्याक्सबाट २७ एमबिपिएससम्मको स्पिडमा इन्टरनेट चल्ने 
- सहरी क्षेत्रमा ७ सय ५० स्थानमा 'हटस्पट' राख्ने टेलिकमको योजना
तीन महिनाभित्र सामान ल्याएर एक वर्षभित्र एअरस्पानले देशभरि यो प्रविधि सञ्चालनमा ल्याइसक्नुपर्ने गरी सम्झौता भएको छ। यो परियोजनाको लागत एक करोड ६ लाख डलर छ।
यो प्रविधिबाट इन्टरनेट चलाउन देशभरि दुईसय वटा बेस ट्रान्सरिसिभर स्टेसन (बिटिएस) राख्नुपर्छ। बिटिएस राखेपछि गाविसमा २० किलोमिटर टाढासम्म इन्टरनेट चलाउन सकिन्छ। त्यसका लागि कस्टमर प्रेमिस इक्युपमेन्ट (सिपी) डिभाइस राख्नुपर्छ। यो डिभाइसमा सिमकार्ड राखेपछि त्यसले वाइम्याक्स सिग्नल टिप्छ।
'नगरपालिका क्षेत्रमा भने उपभोक्ताले वाइम्याक्सबाट एक एमबिपिएससम्म ब्यान्डविथ पाउँछन्,' टेलिकमका डेपुटी मेनेजर प्रदीप ठाकुरले भने। सहरी क्षेत्रमा भने एउटा बिटिएसबाट दुईदेखि पाँच किलोमिटरभित्र इन्टरनेट चलाउन सकिन्छ।
उपभोक्ताको आवश्यकता अनुसार वाइम्याक्सबाट २७ एमबिपिएससम्मको स्पिड पाउन सकिने प्रविधि यसमा हुन्छ। सुरुमा पूर्व र पश्चिममा गरी दुईलाख उपभोक्ताले यो सेवा पाउनेछन्।
टेलिकमले चिनियाँभन्दा बाहेकको अमेरिकी कम्पनीसँग दूरसञ्चार सेवाका लागि सम्झौता गरेको यो पहिलोपटक हो। यो टेण्डरमा चीनका दुई कम्पनीहरु हुवावे, जेडटिई र भारतीय कम्पनी प्वाइन्ट रेडले टेन्डरमा भाग लिएका लिए। यी सबैलाई जितेर अमेरिकी कम्पनी पहिलोपटक आक्रामक प्रतिस्पर्धामा आएको छ। एअरस्पान सूचना प्रविधिअन्तर्गत ब्रोडब्यान्डमा विशिष्टता हाँसिल गरेको कम्पनी हो।
वाइम्याक्सको एउटा बिटिएसबाट एकैपटकमा ३० एमबिपिएससम्मको डाटा चलाउन सकिन्छ। 'यसमा २४६ केबिपिएसभन्दा तल भने ब्यान्डविथ झर्दैन,' ठाकुरले भने। बढी ब्यान्डविथको माग भयो भने त्यो एरियामा बिटिएस थप्नुपर्ने हुन्छ।
टेलिकमले वाइम्याक्ससँगै सहरी क्षेत्रमा भने वाइफाई सेवासमेत सुरु गर्नेछ। वाइफाईको लागि सहरी क्षेत्रमा ७ सय ५० स्थानमा 'हटस्पट' राख्ने योजना टेलिकमले बनाएको छ। एउटा हटस्पटबाट एकै पटकमा एकसय जनाले इन्टरनेट चलाउन सक्छन् भने त्यसबाट एक किलोमिटर टाढासम्म सिग्नल टिप्ने व्यवस्था गर्ने योजना टेलिकमको छ।
'सहरी क्षेत्रका लागि वाइम्याक्सबाट जतासुकै चल्ने वाइफाई उपयुक्त हुन्छ,' ठाकुरले भने। वाइफाई भएपछि त्यो सुविधा भएका मोबाइलमा इन्टरनेट चलाउन सकिन्छ। मोबाइल सेटमा वाइम्याक्स प्रविधि टिप्ने सुविधा भने हुँदैन।
गाउँगाउँमा राखिने वाइम्याक्स बिटिएसलाई मोबाइलका टावरसँगै राख्ने योजना टेलिकमको छ। सबै ठाउँमा भने मोबाइल टावर नभएकोले वाइम्याक्सको टावर थप ठाउँमा राख्नुपर्ने हुन्छ।
निजीको अलपत्र
टेलिकमले एक वर्षभित्र देशका सबै क्षेत्रलाई इन्टरनेट सञ्जालले जोड्ने गरी सम्झौता गरिसक्दा पनि निजी क्षेत्रले भने यसो फ्रिक्वेन्सीसमेत पाउन सकेका छैनन्। टेलिकमलाई गत जेठमा बसेको फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिकमलाई प्रतिस्पर्धाबिनै मेगाहर्ज वाइम्याक्स फ्रिक्वेन्सी दिने निर्णय गरिसकेको थियो। सरकारी कम्पनी भएको हुँदा प्रतिस्पर्धा बिनै टेलिकमले यो सुविधा पाएको हो।
फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिफोन कम्पनीमध्येबाट एउटा र इन्टरनेट सेवा प्रदायकमध्येबाट एउटा वाइम्याक्स सेवा प्रदायक छनोट गरेर लाइसेन्स दिने निर्णय गरिसकेको छ। आइएसपीहरुले टेलिकमसँगै फ्रिक्वेन्सी दिनुपर्ने माग गरेका थिए।

Friday, February 10, 2012

यसरी झुक्याउँदैछ सेरेलाकले


मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

  • #Kantipur ले पहिलो अङ्क ल्याउनेलाई सुन दिने रे @brazeshk सुझाव अनुसार #Nagarik ले चैँ ग्याँस सिलिन्डर दिए कसो होला :) 27 minutes ago
follow me on Twitter

Users Stat

172 Users Online.
MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
 
भारतबाट आयात हुने शिशु आहार नेस्ले कम्पनीको सेरेलाकले नेपाली कानुन र नियमको खुला उपहास गरी उपभोक्तालाई उल्लु बनाउने काम गरिरहेको छ। तर पनि यसप्रति कसैको ध्यान गएको छैन।
नेपालको कानुन अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने यस्ता वस्तुहरुमा सफा, स्पष्ट र सजिलैसँग बुझ्न सकिने गरी नेपाली भाषामा बच्चाहरुको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने व्यहोरा लेखेको हुनुपर्छ।
तर सेरेलाकले चलाखी गरी भाषा नेपाली राखे पनि मूल शब्दहरु भने अंग्रेजीमा राखेको छ। उसले आमाको दूधलाई ‘ब्रेस्ट मिल्क’ लेखेको छ। नेपाली भाषामा हुनुपर्ने भन्दाभन्दै यसरी अटेर गरेकोमा कानुन लगाउने हो भने उत्पादक वा वितरकलाई पन्ध्रहजार रुपैयाँसम्म जरीबाना वा चार महीनासम्म कैद वा दुवै सजाय गर्न सकिन्छ।


हेर्नुस् के छ आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ मा
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वा यो ऐनको परिधि भित्र पर्ने अन्य दुग्ध पदार्थको
भाँडोमा वा भाँडाबाट छुट्टिन नसक्ने लेवलमा नेपाली भाषामा देहायका सबै जानकारी
सहितको सफा, स्पष्ट एवं सजिलै संग बुझ्न सकिने सन्देश छापिएको हुनु पर्नेछः–
दफा ११
(क) जरुरी सूचना भन्ने शब्दहरु वा त्यस्तै किसिमको अन्य कुरा,
(ख) बच्चाहरुको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने व्यहोरा,
(ग) आवश्यकता र प्रयोग गर्ने तरिकाको सम्बन्धमा स्वास्थ्य कार्यकर्ताको सल्लाह बिना
उत्पादन प्रयोग गर्न नहुने व्यहोरा,
(घ) सजिलै संग बु‰न सकिने ग्राफीक वा शब्दमा उपयुक्त तयारी गर्ने निर्देशन र
(ङ) प्रत्येक महीना बच्चालाई राम्ररी खुवाउन आवश्यक आमाको दूधलाई प्रतिस्थापन गर्ने
वस्तु वा अन्य दुग्ध पदार्थको परिमाण।
(७) मानवीकरण, जननीकरण वा त्यस्तै किसिमको अन्य शब्दहरु प्रयोग गर्नु हुँदैन।
दफा १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई पन्ध्रहजार रुपैयाँसम्म जरीबाना वा
चार महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।


Tuesday, February 7, 2012

http://www.synergynepal.com/

As, a Human Resource (HR) Development company we believe that people are investors of their own human capital. Organizations simply rent it. Vocational training and Career Development programs are the most effective leverage to increase Human Capital Value. The mismatch between what schools are producing and what economies need is not only causing talent shortages at the top but also structural unemployment for the low-skilled”

A recent Documentary series in BBC was named “School’s out Skills’ in”. It documented the lives of a few students around the world who chose to undertake vocational training education instead of a Collegiate Degree to start their professional lives. Featured were a Commi-chef in Beijing ( just in the time for the tourist influx for the Olympics ), a diamond cutter in London, a piano maker in Leipzig ,an animation cartoonist in Tokyo, an air-stewardess in Delhi and an electrician in LA.

Saturday, January 7, 2012

मेची महाकाली रेलमार्गलाई एसियाली रेलमार्गसाग जोड्ने


२३ पुस, कञ्चनपुर । अर्थमन्त्री वर्षमान पुनले बन्न लागेको मेची महाकाली रेलमार्गलाई एसियाली रेलमार्गसाग जोड्ने बताउनुभएको छ । सुख्खा बन्दरगाह तथा भन्सार, राजस्व कार्यालयको अनुगमन गर्न शनिवार कञ्चनपुरमा पत्रकाहरुसंग कुराकानी गर्दै अर्थमन्त्री पुनले महाकाली नदीमा पुल निर्माण कार्य सुरु गरिने बताउनुभयो ।
उहाँले धितोपत्र बजारमा केही समस्या देखिए पनि बजार सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले अब धितोपत्र बजारलाई अनलाइन र क्षेत्रीयरुपमा पनि विस्तार गर्न लागिएको बताउनुभयो । अर्थतन्त्रका सबै क्षेत्रमा सकारात्मक सुधार आइरहेको भए पनि घरजग्गा कारोबारमा केही समस्या देखिएको र यो समस्या पनि छिट्टै हल हुने उहाँले बताउनुभयो । शनिबारै अर्थमन्त्री पुनले दोधरा चाँदनीमा बनाउन लागिएको सुख्खा बन्दरगाह क्षेत्रको निरीक्षणसमेत गर्नुभएको छ ।