| By Bhumi Thulung, on February 10th, 2012 | |||||
मेरो Tweetमेरो कुरा/ब्रेकिङ न्युज
User MenuUsers Stat 172 Users Online. Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License. | नेपालको कानुन अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने यस्ता वस्तुहरुमा सफा, स्पष्ट र सजिलैसँग बुझ्न सकिने गरी नेपाली भाषामा बच्चाहरुको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने व्यहोरा लेखेको हुनुपर्छ। तर सेरेलाकले चलाखी गरी भाषा नेपाली राखे पनि मूल शब्दहरु भने अंग्रेजीमा राखेको छ। उसले आमाको दूधलाई ‘ब्रेस्ट मिल्क’ लेखेको छ। नेपाली भाषामा हुनुपर्ने भन्दाभन्दै यसरी अटेर गरेकोमा कानुन लगाउने हो भने उत्पादक वा वितरकलाई पन्ध्रहजार रुपैयाँसम्म जरीबाना वा चार महीनासम्म कैद वा दुवै सजाय गर्न सकिन्छ। हेर्नुस् के छ आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वा यो ऐनको परिधि भित्र पर्ने अन्य दुग्ध पदार्थको भाँडोमा वा भाँडाबाट छुट्टिन नसक्ने लेवलमा नेपाली भाषामा देहायका सबै जानकारी सहितको सफा, स्पष्ट एवं सजिलै संग बुझ्न सकिने सन्देश छापिएको हुनु पर्नेछः– दफा ११ (क) जरुरी सूचना भन्ने शब्दहरु वा त्यस्तै किसिमको अन्य कुरा, (ख) बच्चाहरुको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने व्यहोरा, (ग) आवश्यकता र प्रयोग गर्ने तरिकाको सम्बन्धमा स्वास्थ्य कार्यकर्ताको सल्लाह बिना उत्पादन प्रयोग गर्न नहुने व्यहोरा, (घ) सजिलै संग बु‰न सकिने ग्राफीक वा शब्दमा उपयुक्त तयारी गर्ने निर्देशन र (ङ) प्रत्येक महीना बच्चालाई राम्ररी खुवाउन आवश्यक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वा अन्य दुग्ध पदार्थको परिमाण। (७) मानवीकरण, जननीकरण वा त्यस्तै किसिमको अन्य शब्दहरु प्रयोग गर्नु हुँदैन। दफा १० वा ११ उल्लङ्घन गर्ने उत्पादक वा वितरकलाई पन्ध्रहजार रुपैयाँसम्म जरीबाना वा चार महीनासम्म कैद वा दुवै सजाय हुनेछ । |
No comments:
Post a Comment