Friday, December 10, 2010

असान्जलाई जेलमा कोच्ने केटी यिनै हुन्


सामान्यतया बलात्कारको मुद्दामा पीडित केटीको नाम अनि पहिचान खुलाइँदैन। तर यो के अचम्म, पश्चिमी मिडिया त फोटोसहित समाचार पो लेख्दैछन् त। विकिलिक्स संस्थापक जुलियन असान्जले सहमतिमा थालेको सेक्स असहमतिमा टुंगिएको (कन्डम फुटेको) भन्दै बलात्कारको मुद्दा लगाउने दुई महिलामध्ये एक अन्ना आर्दिन यिनै हुन्। सो मुद्दामा इन्टरपोलबाट वारेन्ट जारी भएपछि हाल असान्ज लन्डनमा थुनामा रहेका छन्।

पछिल्लो समाचार अनुसार अन्नाले स्वीडेन छाडेकी छिन्। उनले आफ्नै वकील र मुद्दा दायर गर्ने स्वीडिस प्रोसेक्युटरलाई सहयोग गर्न छाडेकी छिन्। यसलाई उनले मुद्दा फिर्ता लिन लागेको रुपमा व्याख्या गर्न थालिएको छ। अन्ना अहिले इजरायल र प्यालेस्टाइनको द्वन्द्व भइरहने ठाउँ वेस्ट ब्याङ्कमा गएर बसेकी छिन्।

सोफिया विलेन र अन्ना आर्दिनः माथिका दुई महिलाले जुलियन असान्जमाथि बलात्कार आरोप लगाएका हुन्।

सोफिया विलेनलाई मार्ने धम्कीहरु आउन थालेपछि प्रहरीको विशेष सुरक्षामा उनलाई विशेष घरमा राखिएको छ। अन्नालाई त अमेरिकी जासुसी एजेन्सी सीआईएसँग सम्बन्ध रहेको खबर पनि आएका थिए।

खासमा भएको के थियो ?
प्रहरीलाई दिएको बयान, आरोपीहरुले साथीहरुसँग गरेको कुराकानी आदिबाट यस्तो भएको भन्दै खबर बनाइएका छन्-

अगस्तको ११ तारिखका दिन असान्ज स्वीडेनको स्टकहोम आइपुगेका थिए। आर्दिनले उनलाई आफ्नो कोठामा निम्त्याइन् र उनी भने आफ्नो परिवारसँग देशबाहिर घुम्न गइन्। उनी अगस्त १३ मा फर्किन् र त्यही रात उनीहरुबीच सेक्स भयो। दुवैले् स्वीकारेका छन् कि त्यतिबेला कन्डम प्रयोग भएको थियो तर फुटेको थियो।

सेक्सको सात दिनपछि आर्दिन अकस्मात् प्रहरी कहाँ गइन् र असान्जले जानाजान सेक्सको क्रममा कन्डम फुटाएको आरोप लगाइन्। सहमतिबाट सुरु भएको सेक्स असहमतिमा टुंगिए बलात्कार मानिने त्यहाँको कानुन छ।

अर्का आरोपी २६ वर्षकी सोफिया विलेन भने फोटोग्राफर हुन्। उनले अगस्त १६ को रात र भोलिपल्ट बिहान असान्जसित सेक्स गरेकी थिइन्। पहिलो पटक कन्डम प्रयोग भएको थियो तर दोस्रो पटक भने थिएन। तीन दिन पछि अगस्त २० मा विलेनले प्रहरीकहाँ गई असान्जले कन्डम लाउन अस्वीकार गर्‍यो भन्दै उजुरी लेखाइन्।

असान्जले भने दुवै केटीसँग सहमति मै सेक्स गरेको बताउँछन्। दुवैले सेक्सपछि उनलाई पठाएको एसएमएसमा गुनासो गरेका थिएनन् भन्ने असान्जका वकीलको दावी छ।

अगस्त १४ का दिन, असान्जले उनको आरोपमा अपराध गरेको भोलिपल्ट गरेको भाषणमा दुवै केटी उपस्थित थिइन्। तर अन्नाको अनुहारमा कुनै त्यस्तो ग्लानी देखिएको थिएन। यसको भिडियो प्रमाणसमेत रहेको छ।

No comments:

Post a Comment