लन्डन-(बीबीसी) इन्टरनेट मिडिया कम्पनी याहूले आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गर्ने भएको छ। यो संख्या उसको कूल कर्मचारीको पाँच प्रतिशत हो याहूले आफ्नो खर्च कटौति गर्ने योजना अन्तर्गत यति धेरै संख्यामा कर्मचारीलाई निकाल्न लागेको हो। योजना अनुसार समाचार, अर्थ, खेल र इमेल सेवाका कर्मचारीहरुलाई उसले निकाल्दैछ।
तर अर्को कम्पनी गुगलले भने आफ्ना कर्मचारीहरुको तलब आगामी जनवरीदेखि १० प्रतिशत बढाउने घोषणा गरेको ५।
टेलिभिजन च्यानलहरुमा विज्ञापन दिने कम्पनीहरु पनि इन्टरनेटतर्फ आकर्षित भइरहेका बेला याहू र गुगल जस्ता सर्च इन्जिनहरुले विज्ञापनबाट गर्ने कमाई बढेको छ। (बीबीसी)
No comments:
Post a Comment