Sunday, December 12, 2010

पारसले फेरि गोली चलाए, यस पटक सुजाताका ज्वाइँमाथि

By Landscope Pill, on December 13th, 2010


सुजाताका ज्वाइँ रुबेन, छोरी मेलानी र पारसको मोन्टाज फोटो।

धार्मिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएकाले ‘सुध्रिएको’ भन्ठानेका पूर्व युवराज पारस शाहले फेरि गोली चलाएको खबर आएको छ। यस पटक गोली अरुलाई नभएर उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेन चौधरी (जो बंगलादेशी नागरिक हुन्) का अगाडि चलाएका रहेछन्। हाल ब्याङ्कक भ्रमणमा रहेका कोइरालाले त्यहीँबाट हिजो प्रधानमन्त्री माधवकुमार नेपाललाई फोन गरेर ‘चितवनमा मेरी छोरी र ज्वाइँमाथि पारसले गोली हाने, तर निशाना चुकेकोले बचे’ भन्दै गुनासो गरेकी रहिछिन्। सुजाताले रिसाएर फोन गरेपछि प्रधानमन्त्रीले गृहमन्त्री भीम रावललाई पारसलाई तुरुन्त गिरफ्तार गर्न निर्देशन दिएका रहेछन्। तर गृहमन्त्रीले भने घटना भएको प्रमाणित भए पक्कै गिरफ्तार गर्छु भनी भनेछन्। औपचारिक रुपमा कुनै पनि उजुरी दर्ता नभएकोले गृहमन्त्रीले पारसलाई गिरफ्तार गर्न अस्वीकार गरेछन्।

कहाँ भएको थियो घटना ?
सुजतासँग निकट ठानिने रिपोर्टस क्लबको साइट, इन्डियन एक्सप्रेसद हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट, कान्तिपुर, नागरिकमा आएको समाचार अनुसार चितवनको एउटा जंगल रिसोर्टमा घटना भएको रहेछ। कोइरालाकी छोरी मेलानी र ज्वाइँ रुबेल चौधरी र एक वर्षका एक छोरासहित केही साथीहरु चितवनको टाइगर टप्स जंगल रिसोर्टमा शुक्रबार राति बसेका रहेछन्। उनीहरुका साथ एभरेस्ट होटलका मालिक सरिक लारी र उनको परिवार पनि थिए।
त्यसैगरी पारस, उनकी पत्‍नी हिमानी, उनीहरुका दुई सन्तान र कजन आदर्श शाह पनि त्यहीँ बसेका रहछन्। उनीहरुसँग सुरक्षा गार्ड पनि रहेछन्।
पारसले सुजाताको ज्वाइँको समूहसँग बारमा भेटेछन् र देशको राजनीतिको बारेमा कुरा गर्न उक्साएछन्। सुजाताको ज्वाइँको समूहले राजनीतिको बारेमा कुरा गर्न अस्वीकार गरेपछि पारसले तिमीहरुले हो राजतन्त्र उन्मूलन गरेको भन्दै कोइराला परिवारलाई नानाथरी भनेछन्। त्यतिबेलासम्म खास केही बिग्रिसकेको थिएन। तर जब पारसले चौधरी र उनीहरुका साथीलाई मध्यरातमा जंगलमा सफारी गर्न जाउँ भने र चौधरीले थाकिसकेँ भन्दै त्यसलाई अस्वीकार गरे, पारसले आफ्नो कोल्ट रिभल्वरले उनलाई ताके। प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्दाको बखतसम्म पारसले हवाइ फायर गर्न थालिसकेका थिए।
अप्रिय स्थिति आउन नदिन चौधरी र उनीहरुको समूहलाई रिसोर्ट बाहिर लुकाउन लगियो। होटलका जनरल म्यानेजर यादव वान्तवा स्वयं चौधरीसँगै बसे। बिहान हुनेबित्तिकै उनीहरुलाई त्यहाँबाट जान सल्लाह दिइयो। पारस भने राति पनि रक्सीले टिल्ल परेर घुमिरहेका थिए।
होटलका कर्मचारीले प्रहरीलाई बोलाएका थिए तर उजुरी दर्ता नभएका कारण केही गर्न सकेनन्।
पारस पक्षको यो घटनाबारे कुनै प्रतिक्रिया आइसकेको छैन। तर रुबेलको भनाई उदधृत गर्द‍ै रिपोर्टस क्लबमा यस्तो लेखिएको छ-
हामि सपरिवार हिजो चितवनको टाइगर टप गएका थियौ । त्यहाँ पारस शाह पनि आएका रहेछन् । टाइगर टप होटलले आफ्नो ईतिहासको बारेमा जानकारी दिने उद्देश्यले गरेको वि्रफिङ्गमा पारस र मेरो देखादेख भयो । उनले मलाई चिनेका रहेछन् ।
त्यहाँ खासै कुरा भएन । राती करिब साढे दश-एघार बजेको थियो म खाना खान एउटा टेबुलमा बसेको थियो । पारस पनि मसँगै टेबुलमा आएर बसे । सँगै टेबुलमा बसेर पारसले एकछिन एक दमै भद्र ढंगले कुरा गर्दै मेरो र परिवारको प्रशंसा गरे ।
कुराकानीकै क्रममा उनले मलाई भने-आज म तपाईलाई जीन्दगीमै नदेखेको कुरा देखाई दिन्छु । त्यती बेला करिब रातीको १२ बजी सकेको थियो होला उनले फेरि भने अब तपाई र म बाघ हेर्न जंगलमा जानु पर्छ । तर मैले उनको यो प्रस्तावलाई स्विकार गर्न सकिन । म काठमाडौबाट आएको थाकेको थिए । आराम गर्न चाहन्थे । फेरि परिवार पनि सँगै भएकोले मैले एक्लै छाडेर जान उपयूक्त सम्झिन र पारसलाई म थाकेको छु आज नआउ भनेर आग्रह गरे ।
त्यसपछि त पारस आक्रोसित बन्दै नानाथरी भन्न थाले । तिमिहरुकै सन्तान होईन राजसंस्था खत्तम पार्ने हामिलाई यो अवस्थामा पुर्याउने तैले पनि यहाँ बसेर निक्कै चलखेल गरेको छस् ।
दुईवटा बन्दुक बोकेका पारसले एउटा मेरो कन्पट्टी र अर्को माथि देखाउँदै जान्छस् भने हिड नभए तलाई पनि सिध्याई दिन्छु । तेरी श्रीमतीलाई पनि कोठामा गएर गोली ठोकी दिन्छु भन्दै आकास तिर तेसा्रएको बन्दुक फायर गरे ।
मेरो त सातो पुत्लो गइसकेको थियो । तर पारसको गार्ड र होटलका कर्मचारीहरुले हामीलाई बचाएर होटलबाट जंगलको बाटो भएर रातारात भगाएर स्थानीय चौधरी बस्तीमा सुरक्षित साथ पुर्याए । अहिले हामी स्थानीय चौधरी बस्तीमा छौ । यहाँ सुरक्षा दिएर राखिएको छ । सुन्नमा आए अनुसार पारसले अहिले पनि त्यसलाई नमारी छाडदिन भनेर आफ्ना मानिसहरुलाई परिचालन गरिरहेका छन् ।

No comments:

Post a Comment