म्याग्दी, मंसिर २७ - 'क्षत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुंदैन, साग र सिस्नु खाएकै जाती आनन्दी मनले' महाकवि लक्ष्मीप्रसाद देवकोटाको काब्यकृती मुनामदनको पंक्तिले नेपाली समाजमा परम्परादेखी सिस्नुको प्रयोग हुने गरेको प्रष्ट हुन्छ ।
तर हिजोआज सिस्नु गाविसको खाना नभई शहरीया सम्भान्त ब्यक्तिहरुले खोजीखोजी खान थालेका छन् । खासगरी डाईविटिजका विरामीले सिस्नु खोजी-खोजी खान थालेपछि माग बढ्दो छ । सिस्नु विदेश रहेका आफन्तलाई पठाउने कोसेली बनेको छ ।
सिस्नु पूर्ण आर्गनिक खाद्य हो । सादा सुपको रुपमा तथा मास, सिमी लगाएतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नुको सुपले शरिरमा गर्मी बनाउने जाडो मौषममा खानु उपयुक्त हुन्छ । सिस्नुको सुप स्वादिलो र प्रोटिनको राम्रो श्रोत भएपनि टिप्न बाक्ला काँडाले च्वात्त पोल्ने हुंदा बनाउन कठिन छ । सिस्नुमा २३ प्रतिशतबढी फलाम तत्व र कुडफाईवर ८ प्रतिशत पाईन्छ ।
खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभागका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत विनयप्रसाद श्रेष्ठले सिस्नु पाउडर नमुना विश्लेषणमा अद्याद्य पदार्थ फेला नपरेको प्रतिबेदन दिएका छन् ।
जाडो बढ्दै जाँदा यहाँका वीस्तीका बाटो, खेतबारीका कान्ला र जंगलभरी खेर गै रहेको भरभराउँदो सिस्नुको मुन्टा चिमोट्न ब्यस्त छन् । लाग्दो कात्तिकदेखी सिस्नु टिप्ने 'पिक सिजन' शुरु हने भएकाले वस्ती-वस्तीका चिम्टा र डालो बोकेका महिला खेतबारी र जंगल-जंगल सिस्नुको मुन्टा टिप्ने चटारो भएको हो ।
बाटोको किनारा, खेतबारी र जंगलमा खेर गै रहेको च्वात्त पोल्ने झार -सिस्नु)लाई आम्दानीको राम्रो श्रोत भएको छ । माग बढेपछि जिल्लाको दाना, फगाम, घार, घतान, देविस्थान, कुईने लगाएत गाउँका महिलाले सिस्नुको ब्यवसायीक उत्पादन शुरु गरेका छन् । सिस्नुलाई धुलो
बनाई 'सिस्नुपाउडर' को रुपमा विक्रि भै रहेको छ । 'अघिल्लो बर्ष मैले सिस्नुको धुलो बेचेर ३० हजार आम्दानी गरें' अगुवा मैति तामाङ्गले भनिन् ।स्थानिय तातोपानी बजार र वरपरका पर्यटकिय होटलका मिन्युमा समेत 'सिस्नु सुप'को रुपमा लोकपि्रय हुंदै गरेको छ । सिस्नुको पाउडरलाई घरमै प्रति सय ग्राम ५० रुपैयाँमा विक्री भैरहेको छ । गत बर्ष जिल्लाबाट १४ क्वीन्टल सिस्नुको पाउडर निर्यात गरी ४ लाख २० हजार आम्दानी भएको थियो ।
'सिस्नुको पाउडर बनाउन सर्वप्रथम सिस्नुको कलिला मुन्टा र फुललाई टिप्नु पर्छ । घरमा ल्याई केलाएपछि सितल घाममा सुकाएपछि मिचेर धुलो पारिन्छ । यसरी सामान्य धुलो सिस्नुमा आवश्यकता अनुसार टिमुर मिसाएर घट्ट वा ग्राइन्डर मेशिनमा पिंधेपछि पाउडर तयार हुन्छ' लघुउद्यम विकास कार्यक्रमका प्रवन्धक शंकर सुवेदीले बताए ।
correct the first verse of your article man.HATAKA MAILA SUNKA THAILA,K GARNU DHANLE-SAG RA SISNU KHAYEKO BES AANANDI MANLE ...
ReplyDelete