Friday, December 10, 2010

केही दिनभित्र पट्रेलियम पदार्थको मूल्यमा समायोजन हुने

सुनसरी, मंसिर २४- आपूर्ति मन्त्री राजेन्द्र महतोले केही दिनभित्र पट्रेलियम पदार्थको मूल्यमा समायोजन हुने जानकारी दिएका छन्। सुनसरीको इनरुवामा आज स्थानीय साचारकमीहरुसँगको कुराकानीमा मन्त्री महतोले आयल निगमलाई अनुदान दिने कि ऋण सहयोग प्रदान गर्ने भन्ने बिषयमा छलफल भइरहेकोले मूल्य समायोजनका लागि केही समय लाग्ने बताए ।
मन्त्री महतोलॆ पेट्रलियम पदार्थमा लिइँदै आएको कर समेत छुट गर्न सकिने बताए ।

आयल निगमलाई मूल्य बढाउने अधिकार सरकारले दिएको र अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेकाले नेपालमा पनि बढाउनु परेको उनले बताए।

आयल निगममा भइरहेको भ्रष्टाचार र चुहावटका बिषयमा छानविन हुने बताउँदै मन्त्री महतोले चुहावट र अनियमितताका बिषयमा निरन्तर अनुगमन र निगरानी भइरहेको समेत उनले जिकिर गरे।

No comments:

Post a Comment