Thursday, December 16, 2010

आवश्यक परे फेरि गोली चलाउँछुः पारस


कास्की, पुस १ - गोलिकाण्डपछि सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वयुवराज पारस शाहले उक्त घटनालाई राजनीतिक रंग दिएका छन् । रिहा लगत्तै चितवनबाट बिहीबार साँझ पोखरा आएका शाहले आफुले देश र राष्ट्रका लागि यस्तो गरेको बताउँदै घटनालाई राजनीतिकरणको प्रयास गरेका हुन् ।
उनले पोखरा विमानस्थलमा संवाददाताहरुको यस्तो घटना किन घटाउनु भएको ? भन्ने जिज्ञासामा देश र जनताका लागी फेरि पनि यस्तो गर्न सक्ने बताए ।  देश र राष्ट्रकै लागि भनेर पटक-पटक वाक्य दोहोर्‍याएका थिए ।
विमानस्थलबाट करिव पाँच मिनेटसम्म समर्थकहरुसँगै मुलसडकमा हिंडेका पारस पहेलो 'ल्याण्ड रोभर' गाडी चढेर फिस्टेल लज गएका थिए । गोलीकाण्डबारे जिज्ञासा राख्दा  पारसले हाँसेर भने, 'सेना, पुलिसकाबीच एक पटक होइन, पटक-पटक यसरी नै बस्न तयार छु ।'
पारसले आफुलाई
प्रहरीले पक्राउ नगरेको दाबी समेत गरे । 'मलाई कसैले लगेको हैन म आफै गएको हुँ' उनले भने, 'पोखरामा साथीहरुलाई छाडेर गएको थिएँ फेरि उनिहरुलाई भेट्न यही आँइपुगे ।' गलाभरी लगाएको माला र खादा निकाल्दै उनले गोली चलाएर आफुलाई कत्तिपनि पछुतो नभएको बताए । चितवनबाट अपरान्ह फिस्टेल एयरबाट  पोखरा विमानस्थल उत्रँदा निकै हर्षित मुद्रामा देखिएका उनले साथीहरुलाई भेटेर शुक्रबार काठमाडौं फर्कने बताए ।
विमानस्थलमा भेला भएका सयौ समर्थकहरुले फुलमालाले स्वागत गर्दा अभिवादन गर्दै हात हल्लाउँदै अघि बढेका उनले अहिले तपाईलाई कस्तो लागीरहेको छ' भन्ने जिज्ञासामा उनले भने 'जनताले  एकतर्फी कुरा सुनेनन्,  त्यसैको परिणाम आज जनता सडकमा उत्रिएर मलाई स्वागत गरिरहेका छन् । मलाई निकै खुशी लागेको छ ।'
गाडीमा चढेर केहीबेर पत्रकारहरुसँग कुरा गरेपनि उनले धेरै बोल्न मानेनन् ।  हात जोडेर नमस्कार भन्दै गाडी अघि बढाउन चालकलाई निर्देशन दिए ।
विमानस्थलमा उनी  झरेपछि समर्थकले  उनलाई अंगालो हाल्दै  हाम्रंो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै चर्का नारा लगाएका थिए ।नेपाली झण्डा हल्लाउँदै स्वागत गर्न बसेका समर्थकहरुलाई हात हल्लाउँदै पारस  पाँच मिनेट जति समर्थकहरु माझ सडकमा हिंडेका थिए ।

No comments:

Post a Comment