भुमि थुलुङ्ग काठमाडौं ।
किरातहरुको महान चाड उधौली (साकेला सिली) हर्षोल्लासका साथ मनाईएको छ । उभौली र उधौली गरी वर्षको २ पटक किरात समुदायले मनाउने यो चाडमा आफ्नो मौलीक भेषभुषा लगाएर ढोल झ्याम्टा आदी वाजागाजा वजाउदै गोल आकारमा गीत गाउदै नाचिन्छ । उभौलि अन्तर्गत बैशाख पुर्णिमाको बुद्ध जयन्तीसगै मनाइन्छ भने उधौली भने धान्य पुर्णिमा मंसिर पुर्णिमा सगै मनाइन्छ ।
भुमिको पुजागर्ने यस चाडमा बैशाखे पुर्णीमामा आफुले लगाएको वालीनाली राम्ररी फस्टाओस् राम्रो फल दियोस् रक्षा गरिदिनुस् भनि भुमि पुजा गरेर उभौली मनाईन्छ भने मंसिरे पुर्णीमामा आफुले लगाएको वाली राम्ररी सप्रियो राम्रो फल दियो भुमि माताले रक्षा गरिदिनुभयो हामी तपाइँ भुमि माता प्रति धन्य छौँ भनि पुन भुमि पुजा गरेर नाच गान गर्नुका साथै सुँगुरको मासु र कोदोको जाड पिएर आफन्तजन सँग शुभकामना साटासाट गदै रमाईलोका साथ मानिने यस पर्व शनिवार पनि काठमाण्डौँको टुडिखेलमा धुमधामका साथ मनाईयो ।
गाउँ घरमा विशेष गरी (पुणीमाको दिन) मात्र यो चाड मनाईन्छ । तर सहरमा भने करिव दुई हप्ता सम्म विभिन्न ठाउँमा मनाईदै आएको छ । काठमाडौमा पौष ६ गते पुर्णिमाको दिन नखिपोटमा साकेला सुरु गरीयो । किरात राई यायोख्खाको कार्यालयमा साकेलाको सम्पुर्ण कार्यक्रम समापन गरीनेछ । किरात राई यायोख्खा राई समुदायको मुख्य कार्यालय हो ।
No comments:
Post a Comment