दुईटा मुटु एकै पारी साँचो प्रित गासौँ कान्छा
वैशालु यी रहरहरू ह्रदयमा साचौँ कान्छा ।
हाम्रो मिलन देख्नेहरू रिस गर्दै जलुन बरू
अभाव अनि पिडामा नी दिलै खोली हासौँ कान्छा ।
मनको कुरा भित्र भित्रै गुम्साएर के हुन्छ र ?
खुल्ला संसार माया भित्रै बाधिँएर वाचौँ कान्छा ।
तिमी हाँस म हास्ने छु, छुट्टै संसार हुन्छ हाम्रो
जुनीभर नछुटिने अमर पि्रत गासौँ कान्छा ।
तिमी भित्रै फुल्ने छु म सुगन्धको वहार छर्दै
त्यही सुन्दर फुलवारीमा जुगौँ जुग बाचौँ कान्छा ।
No comments:
Post a Comment