Saturday, December 11, 2010


याँ दिल्ली, मंसिर २१ - भारत भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीकी मोडल पत्‍नी कार्ल ब्रुनीले छोरो पाउँ भन्दै भाकल गरेकी छिन्। भारतको ताज महलको भ्रमणपछि फतेहपुर सिक्री पुगेका राष्ट्रपति दम्पतीका लागि त्यहाँ पूरै खाली बनाइएको थियो। त्यहाँ पुगेका पर्यटकहरुलाई बलपूर्वकहटाइएकोमा विवाद समेत भएको थियो।  


सिक्री पुगेपछि त्यहाँका इस्लामिक गुरुले उक्त मस्जिद बच्चा नभएका मुगल सम्राट अकबरले बनाएको र त्यसपछि उनलाई पुत्रलाभ भएको सुनाए। 'वेगम सार्कोजी'ले पनि छोरो पाउनका लागि प्रार्थना गरेको धर्म गुरुले बताए। 
मस्जिदमा उनी र सार्कोजीले टाउको ढाकेका थिए भने छोरा पाउँ भन्दै पुष्पहार चढाए। उनीहरुसामु त्यहाँ परम्परागत कवाली समेत गाइएको थियो। कवाली सुन्दै ब्रुनीले नौ वर्ष अघि प्राध्यापक राफेल इन्थोभेनसँगको सम्वन्धबाट छोरा पाएको सुनाउँदै अर्को छोरा पाउने चाहना गरेको बताइन्। राष्ट्रपति सार्कोजीका अघिल्लो श्रीमतीबाट तीन सन्तान छन्।- एजेन्सी

No comments:

Post a Comment