काठमाडौं, मंसिर २४ (नागरिक)- हत्या अभियोगमा फरार एक अभियुक्त ८ महिनापछि पक्राउ परेका छन्। मनमैजुमा बियरको बोतले हानेर घनश्याम महतको हत्या गरेको अभियोग लागेका नुवाकोटका सुमन लामालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
महानगरिय प्रहरी परिसर काठमाडौंका अनुसार लामा प्रहरीको मोस्ट वान्टेड सूचीका अभियुक्त हुन्। परिसरका डिएसपी लालमणि आचार्यका अनुसार लामासहित पाँच जनाले २०६६ चैत ८ गते होलीको दिन महतको टाउकोमा बियरको बोतलले हानेर घाइते बनाएका थिए। धर्मस्थलीका महतको उपचारकै क्रममा मृत्यु भएको हो।
प्रहरीले लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरी उनको खोजी गरिरहेको थियो। बुधबार राति महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बल्खुबाट लामालाई पक्राउ गरेको हो। अपहरणको अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका रञ्जित तामाङसमेत महतको हत्यामा संलग्न देखिएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment