Friday, December 10, 2010
खानेकुरा नभएपछि गाउँले भारत पलायन
२५ मंसिर, रुकुम । भोकमरीको डरले रुकुमका विकट तीन गाविसका बासिन्दा रोजगारीको लागि पलायन भएका छन् । घेत्मा, आठविसडाडाँगाउँ र आठविसकोट गाविसका बासिन्दा रोजगारीका लागि भारत पलायन भएका हुन् ।
वर्षभरी मेहेनत गरेर उब्जाएको अन्नले ६ महिना पनि खान नपुग्ने भएपछि परिवार पाल्नका लागि गाउँ छाड्न बाध्य भएको स्थानीयबासीको भनाई छ । युवायुवति भारत पलायन भएपछि गाउँमा बृद्धबृद्धा र केटाकेटी मात्र देखिन्छन् ।
मुख्य खाद्यान्नबाली गहुँ छरेको ३ महिना वितिसक्दा पनि पानी नपरेकोले खेतमै सुक्न थालेपछि स्थानीयबासिन्दा थप पिरोलिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment