Thursday, December 9, 2010
रामदेवको चौथो योगपीठ विराटनगरमा
विराटनगर, मंसिर २३ - पतञ्जली योग समितिको चौथो पीठ विराटनगर-२० को दरहिया क्षेत्रमा निर्माण गरिने भएको छ । प्राकृतिक विधिद्वारा उपचार पद्धतिका शिविर र ओखती उत्पादनका लागि निर्माण हुन लागेको पीठ क्षेत्रमा बिहीवार योगगुरू स्वामी रामदेव र आचार्य बालकृष्णले भूमी पुजा गरेका छन् ।
पतञ्जली योग समितिले विराटनगरको सहिद मैदानमा सुरू गर्न लागेको साताव्यापी योग शिविर उद्घाटनका अवसर पारेर सीमावर्ती भारतको अररियाहुँदै स्थलमार्गबाट नेपाल आएका स्वामी रामदेवको टोलीले पीठका लागि करीव ५० लाख रूपैयाँ बराबर नगद सहयोगको आश्वासन मञ्चबाटै उठाए । दरहिया क्षेत्रमा पीठका लागि उद्योगी विनोदबाहदुर श्रेष्ठले २ बीघा जग्गा दान दिएका छन् भने समितिले तत्कालका लागि थप ३ बीघा जग्गा खरिदको प्रक्रियाअघि बढाएको छ ।
भुमि पुजापछि स्वामी रामदेवले सहिद रंगशालामा योग शिविर उद्घाटन गर्दै स्वस्थ रहन मानिसले योगका समान्य नियम पालन गरे पुग्ने बताए । उनले सन् २०२० सम्ममा भारत विश्वमै आर्थिक रूपले अग्रणी मुलुक बन्ने भन्दै त्यसको नेपाललाई प्रत्यक्ष फाइदा पुग्ने दावी गरे । उनले भने 'हाम्रा सीमा फरक छन् । तर, उस्तै धर्मसंस्कृतिमा बाँधिकएका हुनाले प्रगति निश्चित छ । त्यसका लागि भ्रष्टाचारको उन्मुलन जरूरी छ ।'
कार्यक्रमलाई उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, आपूर्ति मन्त्री राजेन्द्र महतो र उद्योगी सभासद मोती दुगडलगायतले पनि सम्बोधन गरेका थिए । पीठ निर्माणका लागि केन्द्रीय समितिले आर्थिक र भौतिक सहयोग जुटाउने आचार्य बालकृष्णले बताए ।
सहिद रंगशालापछि मोरङ व्यापार संघमा आयोजित कार्यक्रममा विराटनगरका उद्योगीहरुले रामदेव र बालकृष्णलाई स्वागत गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment