Monday, 20 December 2010 , Landscope Pill
दुबैपक्षबीच झडप हुँदा अनेरास्ववियु समर्थकहरुले स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय तोडफोड गरी आगो लगाउने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरी पुरुषोत्तम कडरिया, समिक बडाल, उमेश आचार्य, सन्दिप पोखरेल, मधु न्यौपाने लगायत १० जनालाई पक्राउ गरेको थियो।
मध्यान्ह त्रिचन्द्रमा दुबै पक्षबीच झडप भएपछि अनेरास्ववियु समर्थकहरु रत्नराज्य क्याम्पस अगाडि भेला भएर नेविसंघ विरुद्ध नारावाजी गरेका थिए। उनीहरुले सडक अवरुद्ध बनाउँदै घटनामा संलग्नलाई कार्वाहीको माग गरेका थिए।
आरआर क्याम्पस अगाडि जम्मा भएका उनीहरु त्रिचन्द्र अगाडि पुग्दै नारावाजी गरेका थिए। प्रहरीले बाटोमा सवारी आवागमन अवरुद्ध बनाएको भन्दै अनेरास्ववियु समर्थक १० जनालाई पक्राउ गरेपछि उनीहरुले पक्राउ परेकाहरुको रिहाई र खुकुरी हान्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेका थिए।
त्रिचन्द्रमा नेविसंघ र एमाले निकट अखिलबीच पटक पटक झडप हुने गरेको छ। यस अगाडि भएको झडपमा गोली समेत चलेको थियो। गोली लागेर नेविसंघ समर्थक घाइते भएका थिए।
नेविसंघ क्रान्तिकारी झडप
आइतबार विहान पोष्टर टास्ने विषयमा भएको विवादमा नेपालटारमा रहेको ग्रामिण आदर्श बहुमखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीबीच झडप भएको थियो। क्याम्पसको नेविसंघ इकाईको प्रचारका लागी उनीहरुले टांसेको पोष्टर क्रान्तीकारी समर्थकहरुले च्यातेपछि दुबै संगठनबीच विवाद भएको थियो।
पोष्टर च्यातेको विषयमा विहान नौ वजे क्याम्पस कम्पाउण्ड भित्र अखिल क्रान्तिकारी समर्थकले नेविसंघ समर्थकलाई कुटेका थिए। प्रहरीका अनुसार क्रान्तिकारीको कुटपिटबाट नेविसंघ ईकाई सभापति सुशिल भट्ट, स्ववियू सभापति बढदेव झा र उज्ज्वल बुढाथोकी घाइते भएका थिए। घटनामा क्रान्तिकारीका २ जना समर्थक घाइते भएका थिए।
विद्यार्थीबीच कुटपीट भएपछि प्रहरीले हस्तक्षेप गरी खोजतलास गर्दा क्याम्पस परिसरभित्रबाट खुकुरी, छुरी र क्रान्तिकारीको चन्दा प्याड बरामद भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको अभियोगमा प्रमोद बिक्रम श्रेष्ठ, प्रकाश डंगोल, श्रवणकुमार डंगोल, रामशरण डंगोल, मनोज अधिकारी र सम्पूर्ण अधिकारीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।
No comments:
Post a Comment