Bhumi Thulung
बिना वैरी सक्रिय तिमी
कहिले मनोमानी, कहिले क्षण क्षण
सताउने बिना वैरी सक्रिय तिमी l
सुन्यतामा लुकिरहंदा चलाउने,
रफ्तारमा दौडीरहंदा भुलाउने
बिना वैरी सक्रिय तिमी l
रुँदा रुँदै हँसाइदिने हाँस्दा हाँस्दै
विक्षिप्त बनाइदिने
अनि,
जिउँदा जिउंदै मारिदिने
बिना वैरी सक्रिय तिमी l
मैले मायाँ उदघोस गर्दा
समापन सुनाउने,
बिना वैरी सक्रिय तिमी
बल्ल बल्ल लाएको मायाँ जलाउने
अनि,
मलाई मन नहुँदा नहुँदै चलाउने
बिना वैरी सक्रिय तिमी l
कहिले मनोमानी, कहिले क्षण क्षण
सताउने बिना वैरी सक्रिय तिमी l
No comments:
Post a Comment