Saturday, December 11, 2010
१६ आतंककारी नेपाल हुँदै कास्मीर छिरेको विकिलिक्सद्वारा सार्वजनिक
काठमाडौ, मंसिर २५ - चर्चित वेवसाइट विकिलिक्सले गत वर्ष कम्तीमा १६ आतंककारी नेपाले हुँदै कास्मीर छिरेको भारतीय सेना प्रमुखको दाबीसहितको अमेरिकी सन्देश सार्वजनिक गरेको छ ।
भारतीय सेनाका तत्कालीन प्रमुख दीपक कपुरले सन् २००९ मा ति आतंककारी नेपाली भूमिबाट कास्मीर प्रवेश गरेको दाबी गरेको नयाँ दिल्ली स्थित अमेरिकी दुतावासले आफ्नो विदेश मन्त्रालयलाई पठाएको सन्देशमा
उल्लेख छ ।
सन्देशमा कपुरले नेपाल हुँदै भारत छिरेका आतंककारीले कास्मीरमा भारत विरोधी गतिविधि संचालन गरेको दाबी गरिएको छ । यस्तै नेपालसँगको खुला सीमाले आतंकबाद नियन्त्रण गर्ने आफ्नो मुलुकको अभियानमा चुनौती थपिएको कपुरले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment