पर्सा, मंसिर २५ - सभामुख सुवासचन्द्र नेम्वाङ्गले सरकार निर्माणामा देखिएको गतिरोध अन्त्य गर्न नसक्ने होभने आफुले भने अनुसार गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
नेपाल बार एशोसिएशनको ३५ औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठकलाई सम्बोधन गर्दै सभामुख नेम्वाङले शनिबार भने 'तपाईहरुले सहमति गर्न सक्नु भएन भने सभामुखले भने अनुसार गर्नुस् ।'
उनले राष्ट्रसंघीय मिसन (अनमिन) फर्कनु अघि नै शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउन समेत आग्रह गरे । 'अनमिनको म्याद अब ५० दिन मात्र बाँकी छ, अनमिन छँदै शान्ति प्रकृयालाई टुंगोमा पुर्याउनु पर्छ' उनले भने ।
अन्तरिम संविधानले
व्यस्था गरेको संघात्मक, लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता लगायतका सम्पूर्ण उपलब्धीहरुलाई संस्थागत गर्ने जिम्मा संविधान सभाले पाएको उनको भनाइ थियो । 'संविधान सभा मार्फत बाँकी समयमा संविधान लेख्नुको कुनै विकल्प छैन' उनले भने ।
No comments:
Post a Comment