Tuesday, June 29, 2010

कामकुरो एकातिर, सरकारी कर्मचारी सगरमाथातिर


सगरमाथा चढ्नु भनेको अहिले नयाँ र कठिन विषय नभइसक्यो। एकताका थियो होला, तर अहिले त यो पैसा भए शेर्पाहरुको सहयोगमा जोसुकैले पनि चढ्न सक्ने जस्तै भइसकेको छ। तर किन हो कुन्नि, केही सरकारी कर्मचारीलाई भने सगरमाथा चढ्ने रहर जागेको रहेछ। सगरमाथा चढेर व्यक्तिगत बाहेक अरु केही उपलब्धि होला र भन्या ! नभएर के गर्नु, निजामति कर्मचारी सगरमाथा आरोहण अभियान नामै दिएर उनीहरु जोडतोडका साथ लागिरहेका छन्।
भर्खरै उनीहरुको एउटा ‘गौरवगाथा’ले भरिएको एउटा इमेल आइपुग्यो। त्यसमा भनिएको छ- आधारभूत पर्वतारोहण प्रशिक्षणमा सबै प्रशिक्षार्थी कर्मचारीहरुले लाङटाङ क्षेत्रमा रहेको याला पिकको, (५५६० मी.) आज मिति २०६७ असार १४ गते विहान १११५ बजे सफलतापूर्वक आरोहण गरेका छन।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अर्न्तगतको पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिले प्रशिक्षणको आयोजना तथा व्यवस्थापन गरेको रहेछ त्यो अभियान। २० जना प्रशिक्षार्थी कर्मचारी र ६ जना प्रशिक्षकहरु रहेछन्।

सगरमाथा चढ्नुअघि १५ दिने पर्वतारोहण सम्बन्धि आधारभूत प्रशिक्षण लिन उनीहरु लाङटाङ क्षेत्रमा प्रशिक्षणका लागि गएका रहेछन् असार ४ गते।

सगरमाथा चढ्न तयार भएका सरकारी कर्मचारीहरुमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लिलामणि पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गा प्रसाद भट्टराईसमेत रहेका छन्।

चार जना त नारायणहिटी दरबार संग्रहालयका रहेछन्। पाँच जना चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका रहेछन्। नापी विभागदेखि निर्वाचन कार्यालयसम्म अझ केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यालयसम्मका कर्मचारीहरु सगरमाथा चढ्न तम्सिएका रहेछन्।

अरु कर्मचारीको नाम त्यही इमेलमा लेखिए अनुसार यस्तो रहेछ-
सन्त कुमार महर्जन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
मुक्तिराम रिजाल, जिल्ला निर्वाचन कार्यालय, पाल्पा
सुमन कुँवर, केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यालय, काठमाडौं
हरि ढकाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
कुमार गिरी, नारायणहिटी दरवार संग्रहालय
पदम बहादुर भण्डारी, शिक्षा मन्त्रालय
खिमलाल गौतम, नापी विभाग
हरिप्रसाद गुरागाई, अर्थ मन्त्रालय
रुकमणी गुरुङ, नारायणहिटी दरबार संग्रहालय
दामोदर बिष्ट, नारायणहिटी दरबार संग्रहालय
बीरेन्द्र प्रसाद कडेल, सगरमाथा राष्ट्रिय निकुञ्ज
तुल्सीराम भण्डारी, सचना तथा सञ्चार मन्त्रालय
बिष्णु पौडेल निर्दोषी, रक्षा लेखा नियन्त्रकको कार्यालय
सुविर श्रेष्ठ, सामान्य प्रशासन मन्त्रालय
सुरथ पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संजिव गुरुङ, नारायणहिटी दरबार संग्रहालय
ज्ञानेन्द्रकुमार श्रेष्ठ, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सगरमाथा चढ्नेहरुका विभिन्न बहाना हुन्छन्- कोही विश्व शान्तिका लागि सगरमाथा चढ्ने भन्छन्। कोही के भन्छन् कोही के। सगरमाथा चढ्दैमा विश्वमा शान्ति आइदिने भए त्यत्राले चढिसके सगरमाथा, किन अशान्ति कायम हुन्छ? यी सरकारी कर्मचारीहरुले चाहिँ के नारा लिएर सगरमाथा चढ्न लागेका हुन् कुन्नि। खर्चसर्च चाहिँ सरकारले नबेहोरेकै राम्रो सरकारी कर्मचारी भयो भन्दैमा। कुनै सरकारी कर्मचारीलाई देशविदेश घुम्न मन लागे जस्तै सगरमाथा घुम्न जान मन लागेको भए आपत्ति छैन। तर कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्न पाइन्न। सगरमाथा चढ्नैका लागि विदा किन दिने? नियम अनुसारको विदा लिएर मात्र गए राम्रो। किनभने उनीहरुले सगरमाथा चढेर देशलाई केही उपलब्धि हुने छैन, उपलब्धि हुनेछ त मात्र व्यक्ति

No comments:

Post a Comment