हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। अब कन्ट्रा फ्लो गर्नुपर्यो। विदेशमा बस्ने नेपालीहरुले नेपालको असार १५ पर्व मनाउनु पर्यो। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि यी पोहोरका यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्यो। छ भने दही चिउरा खानुपर्यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु पर्यो पुराना असार १५ का अनुभवहरु हामी सबैलाई। अनुभव नसुनाई अल्छी पाराले खाली ह्याप्पी असार १५ मात्र लेख्न पाइन्न।
काठमाडौँको तीनपिप्लेमा पोहोर मनाइएको असार १५। फोटोः गोपाल चित्रकार/रोयटर्स
[सबै फोटोहरु पुराना हुन् है]
फोटो साभारः प्रकाश माथेमा/गेट्टी इमेजेस
आज रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छयापाछाप गरेर रमाइलो गर्छन्।
असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्षदिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ।
बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ।
रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत गाउने पनि गरिन्छ।
तलका सबै फोटो सौजन्य गोपाल चित्रकार/रोयटर्स
यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ।
यस वर्ष आधा असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुनाले धेरैजसो ठाउँमा रोपाइँ हुन सकेको छैन।
No comments:
Post a Comment