Monday, January 24, 2011

Sport News


मनाङ्ग अन्तिम चारमा

माघ ११ । स्थानिय रेडियो
मनाङ्ग मस्र्याङ्गदी क्लब पोखरामा जारी नवौ आहा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । पछिल्ला दुई प्रतियोगिताहरुमा उपविजेतामा चित्त बुझाउन बाध्य मनाङ मस्र्याङदी सोमबारको खेलमा अतिरिक्त समयमा भएको गोल गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सोमबारको खेलमा टोलीका भरपर्दा खेलाडी सन्तोष साहूहलले अतिरिक्त समयको पाचौ मिनेटमा गरेको गोलको मद्दतले आर्मीलाई पराजित गर्दै मनाङ्गले आन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि निर्णयार्थ अतिरिक्त २० मिनेट थपिएको थियो । मनाङ्गका दीपक भुषालले प्रहार गरेको फ्रिकीकलाई सन्तोषले पेनाल्टी नजिकैबाट पाएको बल हेडमार्फत गोलमा परिणत गरेका हुन् ।
मनाङ्गले अब पहिलो सेमीफाइनल खेल आयोजक सहाराक्लबसँग बुधबार खेल्नेछ । आज मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा डिफेण्डिङ्ग च्याम्पीयन नेपाल प्रहरी क्लब र सहारा फुटबल क्लब यूकेबीच हुने छ ।
आज मंगलबारको खेल दिउँसो २ बजे पछि पोखरा रङशालामा हुनेछ । सहारा युके रुपन्देही ११ लाई पराजीत गर्दै सेमिफाईनल प्रबेश गरेको हो भने पुलिस सिधै बाई पाएर क्वार्टरफाईनल प्रबेश गरेको हो ।

No comments:

Post a Comment