चोखो माया लाकै हो
चोखो माया लाकै हो लाईन भनु कसरी
ज्यान फालेर धाकै हो धाईन भनु कसरी
तिमीलाई धोके बाज भन्ने त मन छैन
तर धोका खाकै हो खाईन भनु कसरी
रामले सिता पाउन जस्तो युद्ध गरीन म
बलजफ्ती हरण गर्ने रावण परिन म
तिम्रो कोहि छ जस्तो लाग्यो अघि सरिन म
सगै जिउन चाहेकै हो चहिन भनु कसरी
गुनको माया उखेलेर सुनको माया सारयौ
मै मरेत केहि थिएन चोखो माया मारयौ
जुगै भरि सम्झी रुदै हिडन पारयो
तिम्रै गीत गाकै हो गाईन भुनँ कसरी
चोखो माया लाकै हो लाईन भनु कसरी
शब्द - एक नारायण भण्डारी
तिमी एक दिन फर्कि आउने छौ
तिमी एक दिन फर्कि आउने छौ बाटैभरीका यी फूल सुके पछि
सधै तिमीलाई घोचिरहने, यो काडाको मन दुखे पछि ।
रुवाए सही तिमीलाई सम्हाल्ने निहुहरुमा
लेखा नै त्यस्तो यो जन्मको भन के गरु म
तिमी एक दिन फर्कि आउने छौ बाटैभरीका यी फूल सुके पछि
टुक्रिए सायद आफै नै तिम्रा ती चोटहरुमा
प्राप्ती नै यस्तो यो भाग्यको तिमीलाई के भनूँ म
तिमी एक दिन फर्कि आउने छौ बाटैभरीका यी फूल सुके पछि
शब्द - भुपेन्द्र खडका
No comments:
Post a Comment