Saturday, January 29, 2011

आहा गोल्डकपको उपाधि नविल थ्रि-स्टारलाई


पोखरा १५ ।
पोखरामा समपन्न नवौं आहा गोल्डकपको उपाधि काडमाडौको नविल थी्रस्टारले जितेको छ । थ्रि-स्टारलाई उपाधि दिलाउन खेलको २५ औ मिनटमा बुद्ध चेम्जोङले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा केही दवावमा देखिएको मनाङले दोस्रो हाफमा उत्कृष्ट खेल पपिस्कएपनि गो्लको खाता खोल्न नसक्दा हार टार्न भने सकेन । पोखरा रंङशालामा भएको खेलमा दुबै पक्षमा राष्ट्रिय टिमका अधिकाशं खेलाडीहरु भएकाले भिडन्त प्रतिस्पर्धात्मक र रोचक भएको थियो । यस अघि राजधानीमा संचालन भएको ब्रिटिस गोर्खा कपको फाइनलमा पनि थ्रीस्टारले मनाङलाई स्तब्ध पारेको थियो ।

जितसँगै थ्रीस्टारले २ लाख रुपैंया र उपविजेता मनाङले १ लाख नगद हात पारेका छन् । थ्रिस्टारका क्याप्टेन सञ्जीव बुढाथोकीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै अल्वा मोटरसाइकल जित्न सफल भए ।

यस्तै थ्रिस्टारका स्ट्राइकर बुद्ध चेम्जोङ्ग,, फिडमिल्डर अनिल ओझा,, गोलकीपर किरण चेम्जोङ्ग र प्रशिक्षक मेघराज केसी उत्कृष्ट घोषित भए भने मनाङ्गमस्र्याङ्गदीका दीपक भुषाल उत्कृष्ट डिफेण्डर भए । उनीहरुलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो । सर्वाधिक गोलकर्ताको उपाधि मनाङ्गका दुई खेलाडी सन्तोष साहूखल र सुजल श्रेष्ठले संयुक्तरुपमा पाए । खेल अवधिभर सर्वाधिक ३÷३ गोल गरेका उनीहरुले पुरस्कारवापत् १५ हजार रुपैयाँ बाँडेर लिए । त्यस्तै, हिमालयन शेर्पा क्लब अनुशासित टिम घोषित हुँदै नगद ५ हजार रुपैयाँ पायो ।

No comments:

Post a Comment