Tuesday, January 11, 2011

फेसबुक बन्द हुने हावा खबर नि पत्याएछन्

By Landscope Pill, on January 10th, 2011

खासमा गम्भीर कुरै हैन।
  • अर्को ग्रहका यानले पृथ्वीमा यही वर्ष आक्रमण गर्ने।
  • माइकल ज्याक्सनले आफू मरेको नाटक गरेका हुन्।
  • आफ्नो आत्मा शैतानहरुलाई कसरी बेच्‍ने ?
आदि हावाहावा हँसाउने खबर राख्‍ने एउटा साइट विक्ली वर्ल्ड न्युजले एउटा त्यस्तै उट्पट्याङ्गे खबर छापेछ- आउँदो मार्च १५ तारिखदेखि फेसबुक बन्द हुने। त्यस्तै हावा खबर राख्‍ने साइटले यो खबर राखेको नयाँ कुरा भएन, नयाँ कुरा त यसले विश्वभर फैलाएको हल्ला पो भयो त। फेसबुक बन्द हुँदैछ भन्ने हल्ला फेसबुक र ट्विटरहरुमार्फत् विश्वभर यसरी फैलियो कि फेसबुक स्वयंले ‘ए बाबा, हामीले बन्द गर्न लागेका हैनौँ’ भनेर भन्नुपर्‍यो।

No comments:

Post a Comment