Thursday, January 27, 2011

कतै तपाईको मोबाइलले पनि नेपाली फन्ट सर्पोट गर्दैन ?

posted by Landscope Pill

काठमाडौँ । युनिकोड नेपाली फन्टको विकास भए सँगै इन्टरनेटमा अंग्रेजी भाषाको लगभग आधिपत्य समाप्त भएको छ । जस्को कारण नेपालमा धेरै नेपाली भाषाका Website हरु समेत  संचालनमा आउन थालेका छन् । सुचना प्रविधिको बढ्दो विकासले आजभोली गाउँ घर तथा सहर बजार सबैको हात हातमा मोबाइल हुन थालेको छ । इन्टरनेटको निम्ती Compuer मा नेट नै जोड्नु पर्ने वा Cyber Cafe  नै धाउनु पर्ने बाध्यता पनि अब अन्त्य भएको छ ।  


नेपालमा मोबाइल सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट सेवा GPRS, 3 G Service  उपलब्ध गराउन थालेपछि Social Networking Website हरुको प्रयोगकर्ता पनि बढ्न थालेका छन् ।  तर कति पय मोबाइलमा Nepali Unicode font मा समस्या आउँदा धेरै नेपाली प्रयोगकर्ताहरु समस्यामा पर्ने गरेका  छन् । कसरी मोबाइललाई नेपाली फन्ट Support  गर्ने बनाउने त ? 
१. मोबाइलमा Opera Mini  ब्राउजर नभए  Compuer Browser बाट आफ्नो मोबाइलको ब्रान्ड र मोडेल अनुकुलको Software Download गर्नुस र मोबाइलमा install गर्नुस । अथवा मोबाइलबाट नै गुगल सर्च गरेर Opera Mini  Download  र Install   गर्नु होस् । 

२. Opera Mini  Install भए पछि खोल्नुस र Adress bar मा about:config  टाइप गरी Enter  हान्नुस् । 

३. अब खुल्ने पेजलाई स्क्रोल गर्नुस र तलतीरको "Use bitmap fonts for complex scripts " भन्ने Option मा हेर्नुहोस् । 

४. अब सो  Option को पछाडी भएको no  लाई yes  गर्नुस र Save गर्नुहोस् 

५. अब मोबाइललाई Restart गर्नुहोस् । Browser मा देखिने फन्टहरु  साना वा ठुला भए तपाईले घटाउन वा बढाउन पनि सक्नुहुन्छ । 

No comments:

Post a Comment