Sunday, January 23, 2011

आज तिम्रो याद आयो त्यसैले त पिएँ
यसैलाई साथ मानी आज सम्म जिएँ

के हुन्छ भोलि बाँच्छु या मर्छु त्यो त था छैन
रित्तो छु नमाग्नु केहि जति दिनु सबै अतितमा दिएँ
नदि बनि बग्छ आँशु जति रोक्न खोजे पनि
रोकिन्छ कि आँशु भन्दै आज बोतल साथ मैले लिएँ

तिमीलाई नै बलि दिएँ खुसि सारा आँशु मात्र राखें
पोखिएका खुसीहरू उठ्छ भनि फेरी मन सिएँ
आज तिम्रो याद आयो त्यसैले त पिएँ
यसैलाई साथ मानी आज आज सम्म जिएँ !!!

राजु कुँवर
चापाकोट २ स्यांग्जा
हाल साउदी अरेबिया

No comments:

Post a Comment