वृद्ध उमेरका कारण स्थास्थ्यमा आएको समस्याले गर्दा अस्पतालमा भर्ना भएका दक्षिण अफ्रिकि महान् नेता एवम् पूर्व राष्ट्रपति नेल्सन मण्डेला घर फर्किएका छन् ।
मण्डेलाको स्वास प्रश्वासमा समस्या देखिएपछि दुइ दिन अघि उनलाइ अस्पतालमा भर्ना गरिएको थियो । मण्डेलाका स्थास्थ्य समस्या देखिएपछि उनका हजारौँ समर्थकहरु उनलाइ राखिएको अस्पताल बाहिर जम्मा भएका थिए । मण्डेला हाल ९२ बर्षका भएका छन् । दक्षिण अफ्रिकाका उपराष्ट्रपतिले मण्डेला ठिक भएर घर फर्किएको पुष्टि गरेका छन् ।
No comments:
Post a Comment