Friday, January 28, 2011

खेल समाचार





आहा गोल्डकपको उपाधिका लागि आज थ्रीस्टार र मनाङ भिड्दै


पोखरा, १५ माघ । पोखरामा जारी नवौं आहा गोल्डकपको उपाधिका लागि आज दुई चर्चित क्लब थ्रीस्टार र मनाङ मस्र्याङदी भिड्दै छन् ।
पोखरा रंङशालामा दिउँसो २ बजे पछि शुरु हुने आजको खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ । यस अघि राजधानीमा संचालन भएको सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता ब्रिटिस गोर्खा कपको फाइनलमामा यिनै दुई टोलीबीच खेल भएको थियो । जसमा थ्री स्टार विजयी भएको थियो ।आजको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरि उपाधि आफ्नो पक्षमा पार्ने दाउमा थ्री स्टार रहेको छ भने मनाङ पनि यसअघिको हारको बदला लिने दाउमा रहेको छ ।
प्रतियोगितामा बिजेताले उपाधिसहित २ लाख रुपैंया र उपविजेताले १ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उत्ककृष्ट प्रशिक्षक, स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र गोलरक्षकलाई समेत नगद १० हजार रुपैंया प्रदान गर्ने बताइएको छ ।

No comments:

Post a Comment