म चाहन्न तिम्रो बाटोमा काँडा बन्न
जे सुकै गर तिमीले तर सक्दिन नराम्रो भन्न
बरु रातै भरी सिरानि रुझाउला
मेरे भाग्य यस्तै भनि चित्त बुझाउला
देख्न पाए पुग्छ केहि चाहिदैन
चाहेर पो के भो चाहेको पाईदैन
म चाहन्न तिम्रो बाटोमा काँडा बन्न
खोलाले नै बगर बनाउदो रहेछ
मायाले नै मुटु जलाउदो रहेछ
जले पनि जाति पिरतीको घाटमा
आखिर जल्नु नै छ कुनै दिन त घाटमा
म चाहन्न तिम्रो बाटोमा काँडा बन्न
No comments:
Post a Comment