Wednesday, January 19, 2011

Written by Landscope Pill
तिम्रो सपना पुरा हुन्न क्यारे आमा
थालानितिरै असफल हुन थालिसकेको छु l
अघि बढ्दै बढ्दै गैरहेको बेला मैले
बीच बिचमा धरापहरु भेट्न थालिसकेको छु l

पापी यो दुनियामा दुखको गाँस निल्दा निल्दै
बैशको फुल झार्न थालिसकेको छु l
अत्याचारको मैदानमा भिड्द भिड्दै
सबै परिश्रम लुटाउन थालीसकेको छु  l

मैले देखेको त्यो स्वोर्निम संघार टेकना
कुद्दा कुद्दै त्यो नकचरो घाम डुब्न थालिसकेको छ l
पुग्नै लाग्दा मैले त्यहाँ
 झपक्कै रात पर्न थालिसकेको छ ल

बैगुनी यो दुनियामा मनहरु बाँड्द बाँड्दै
अपमानित हुन थालिसकेको छु l
थामेर हातहरु, छोड्दै जोडेर मनहरु तोड्दै
गर्न थालिसकेको छ यो दुनिया, त्यसैले
त्यसैले आमा तिम्रो सपना पुरा हुन्न क्यारे
थालनीतिरै असफल हुन थालिसकेको छु l

1 comment:

  1. साह्रै राम्रो लेख्नु भयो बिक्रमजी, मलाई मन पर्‍यो । प्रयास जारी रहोस् ।

    ReplyDelete