स्पेनको कास्टेलोमा रहेको युनिर्भसिटेट जाउमको अप्टिक रिसर्च ग्रुपका अनुसन्धानकर्ताहरूले साइन्टिफिक इमेजिङको क्षेत्रमा नयाँ प्रयोग गर्दै एक पिक्सलको उच्च गुणस्तरको तस्बिर खिच्नमा सफलता पाएका छन् । मात्र एक पिक्सलको सेन्सरले उच्च गुणस्तरको छवि रेकर्ड गर्न सक्ने र सुरक्षित रूपमा त्यसलाई वितरण गर्न सक्ने बताइएको छ । सन् २००९ मा विलार्ड एस बायल र जर्ज इ स्मिथले डिजिटल सेन्सरद्वारा तस्बिर खिच्न सकेकोमा भौतिकशास्त्रको नोबेल पुरस्कार जितेका थिए । छोटो समयमा फोटोइलेक्टि्रक इफेक्टको माध्यमद्वारा कयौँ पिक्सलमा खिचिएको तस्बिरलाई विद्युतीय सङ्केतमा रेकर्ड गर्ने प्रक्रिया यसमा लागू हुन्छ । क्यामराको सीसीडी सेन्सरले मानव रेटिना सरह काम गर्दछ । अचेल बाह्र मेगा पिक्सलको सीसीडी सेन्सर भएका क्यामरा सामान्य भइसक्यो । पिक्सल बढे पनि पिक्सलको ब्यास समान नै रहेको छ । एक पिक्सलको व्यास २४ दशमलव ७ हुने गर्छ । सामान्य बुझाइमा अधिक पिक्सल भएमा तस्बिरको गुणस्तर राम्रो हुन्छ भन्ने छ तर सधैँ यस्तो हुँदैन अन्य पक्ष पनि यसमा जिम्मेवार हुन्छन् । जस्तो कि लेन्सको गुणस्तर । साथै बढी पिक्सेलले अधिक मेमोरी पनि खान्छ । स्पेनका अनुसन्धानकर्ताहरूले मात्र एक पिक्सलको सेन्सरबाट उच्च गुणस्तरको तस्बिर खिचेर इमेज सेन्सिङ प्रविधिमा नयाँ क्रान्ति ल्याएका छन् । वैज्ञानिकहरूले आफनो खोजलाई घोस्ट इमेजिङ भनेका छन् । अहिलेलाई द्विआयामिक तस्बिर एकल पिक्सलबाट खिचिएको छ । |
Friday, February 11, 2011
एक पिक्सलको क्यामरा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment