काठमाडौ , ४ जेठ
ब्राह्मण, क्षेत्री,
दशनामी, दलित लगायतका समुदाय आवद्ध संयुक्त संघर्ष समितिले गरेको बन्दका
कारण राजधानी लगायत देशभरको जनजिबन प्रभाबित भएको छ । जातिय राज्यको विरोध र
आफुहरुलाई आदिवासीमा सूचिकृत गर्न माग गर्दै आजदेखि संघर्ष समितिले
अनिश्चितकालिन बन्द गर्दा जनजिबन प्रभाबित भएको हो । बन्दले गर्दा राजधानी
लगायत देशका विभिन्न भागमा सर्वजनिक यातायातको साधन चलको छैन भने शैक्षिक
संस्था ठप्प रहेको छ । बजार, पसल, कल कारखाना लगाएतका सबै क्षेत्र बन्दबाट
प्रभाबित भएको छ । यस्तै बन्द गराउने समूहले काठमान्डौको कलंकीमा तीन वटा
बसमा र बालाजुमा एउटा ट्याक्सीमा तोडफोड भएको छ ।
कलंकीमा
रोकिएको सय बढी रात्री बसलाई भने प्रहरीले सुरक्षा दिएर नयाँ बस पार्क
पु¥याएको छ । उता अखण्ड सुदूरपश्चिमको माग राख्दै गरेको बन्द खुलेको बन्द
एक दिनपनि वित्न नपाउदै फेरी आजबाट बाहुन क्षेत्रीले गरेको बन्दले त्यहाँका
जनता अझै कष्टकर बनेको छ । तराईका २२ जिल्लमा भने दोहोरो बन्दको मार परेको
छ । थारुहरुले गरेको बन्दले आजपनि तराईका २२ को जनजिबन प्रभाबित भएको हो
।
सामाजीक सद्भाव कायम राख्न आज
रुपन्देहीको भैरहवामा सद्रभाव ¥याली निकालीएको छ । लगातारका बन्द र
हड्तालका कारण जनजिवन कस्टकर बनिरहेका बेला सद्भाव ¥यालीको आयोजना गरीएको
हो ।