By Landscope Pill, on August 7th, 2010
चौथो पटक पनि पुगेन भ्यागुताको धार्नी
शुक्रवार चौथो पटक संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले २ सय १३ मत मात्र पाए। उनले पाएको यो मत माओवादीको संसद सदस्यभन्दा थोरै हो। संसदमा माओवादीका २ सय ३९ सदस्य छन्। पुष्टि नभएको खबर अनुसार ४० माओवादी संसद दाहालको प्रस्तावउपर मतदान हुँदा अनुपस्थित रहे। चुनावी प्रक्रिया सुरु भइसकेको अवस्थामा संसद भवनमा प्रवेश गर्न नपाउँदा दाहालको भोट घटेको हो। अघिल्लो निर्वाचनमा दाहालले २ सय ५९ मत पाएका थिए।
पौडेलको सम्भावना यसै थिएन उनले १ सय २२ मत मात्र पाए।
पुष्पकमल दाहालको प्रस्तावमा मतदान
उपस्थित मत संख्याः ४ सय ६८
पक्षमा मत : २ सय १३
विपक्षमा मतः ९९
तटस्थः १ सय ५६
रामचन्द्र पौडेलको प्रस्तावमा मतदान
कूल उपस्थित मतः ५ सय ६१
पक्षमा मत: १ सय २२
विपक्षमा मत: २ ४५
तटस्थ : १ सय ९४
प्रधानमन्त्रीका दुवै उम्मेदवार चौथो पटक पनि पराजित भएपछि अर्को चुनाव २ भदौमा हुने भएको छ।
***
चमत्कार नभए आज पनि मुलुकले प्रधानमन्त्री नपाउने देखिएको छ। भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत श्याम शरणसँग बुधबार रात्री भोज खाएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेताले शुक्रवाको मतदानमा पनि तटस्थ बस्ने निर्णय लिएका छन्। मिडियाकर्मी सामु सदभावना अध्यक्ष राजेन्द्र महतोले भने- ‘प्रधानमन्त्रीका दुवै प्रत्यासीले आफ्नो आधारपत्रमा चित्तबुझ्दो जवाफ नदिएकाले तटस्थ बस्ने निर्णयलाई यथावत राख्ने निर्णय भयो।’
संसद सचिवालय सिंहदरबार र संविधानसभा भवन परिसरमा दलका नेता-कार्यकर्ता पैसाको खेल अपुष्ट गफ तथा भारतीय शक्ति केन्द्रको चलखेलका किस्सा सुनाएर रमाइलो गरिरहेछन्। शरणको भोज खाएपछि मोर्चाका नेताहरु माओवादी नेतृत्वको विरुद्धमा पहिले भन्दा पछि हटेका छन्। मधेसी सभासदलाई फ्लोर गर्न ह्विप जारी गरिएको छ। मोर्चाले सघाए दाहाल प्रधानमन्त्री हुनसक्थे। एमाले तटस्थ रहेको अवस्थामा कांग्रेस उम्मेदवार पौडेलको त चान्सै छैन।
Related posts:
1. सबै आफ्नै डम्फू बजाउँदै, अब मतदान हुने ?
2. माले फुटेर भोट थपियो दाहाललाई
3. हार्नमा प्रचण्ड-पौडेलको ह्याट्रिक
4. स्वास्नीले समेत भोट नदिने भएपछि रोए मेयरका उम्मेदवार
5. खसाउनु भयो त तपाईँले भोट ?
No comments:
Post a Comment