By Landscope Pill, on August 27th, 2006
Photo Source: ekantipur.com कोमल वलीको तीजको मौका छोपेर निकालिएको नयाँ एल्बम ‘पोइल जान पाम’ को शीर्षक गीत यति खेर निकै चर्चा र विवादमा आएको छ। जतिसुकै विवाद भए पनि के गर्नु, हिजो तीजका बेला यही गीत दोहोर्याइ तेहर्याइ गाएर नाचिरहेको धेरै देखेँ मैले। कतिले यसलाई सांस्कृतिक विचलन ल्याउने गीतको आरोप दिएका छन्। कसैले त्यसभन्दा अगाडि बढेर गीत जस्तै टिप्पणी पनि चर्को गरेका छन्-’बूढीकन्याको अश्लील बिलौना’ भनेर। तपाईँलाई चाहिँ कस्तो लागेको छ यो गीत ? आफ्नो विचार लेख्नुहोला।
गीत सुन्नुभएको छैन भने मैले गीतका केही अंश पनि यहाँ राखेको छु।
यो गीतको पूरा अंश त मसित छैन। तर एउटा कार्यक्रममा लाइभ गाएको केही अंशको रेकर्ड भने छ। त्यसैलाई तलको लिङ्कमा क्लिक गरेर सुन्नुहोला।
यो गीतले सांस्कृतिक विचलन ल्याउने भन्दै अखिल नेपाल महिला संघ, सुनसरीले उनको क्यासेट हिजो जलाएको समाचार पनि आयो। पोइल जाने भन्ने कुरालाई समाजमा त्यति राम्रो मानिँदैन। त्यसैले यसको विरोध गरिएको हुनुपर्छ। तर अलि फरक किसिमले पनि यसलाई हेर्न सकिन्छ। पोइल जानु भनेको बाबुआमाको इच्छाविपरीत ‘आफ्नो जीवन आफै आफ्नै अनुसार जिउने’ अधिकारको उपयोग पनि हो। तर त्यसो भन्दैमा फेरि सबै कोमल वलीले जस्तै पोइल जान पाम शिव भन्दै पोइल जान थाले भने समाजमा विचलन त आउला नै। यो गीत सार्हो चलेकोले नै होला- ९-१० वर्षकी बालिकासमेत अहिले पोइल जान पाम भन्दै गीत गुन्गुनाइरहेको देखिन्छ। यसलाई राम्रो त मानिन्न पक्कै।
अचम्म त के छ भने वलीको प्रभाव र पहुँचका कारण यो गीतलाई रेडियो नेपालले प्रतिबन्ध लगाएको छैन। नत्र कुमार बस्नेतका गीतहरु धेरैलाई अश्लीलता फैलाएको आरोपमा प्रतिबन्ध लगाइएको थियो।
No comments:
Post a Comment