Friday, August 27, 2010

बिहे गर्न पाइने भोसम्पति बेचेर उहीसँग

By Landscope Pill, on August 27th, 2010

सर्वोच्च अदालतले हिजो गरेको फैसला अनुसार अब आफ्नो सम्पति कसैलाई दान, बकस दिएर वा बेचेर पछि उही केटासँग बिहे गर्न महिला स्वतन्त्र हुने भएको छ। पहिले भए यसो गर्दा त्यो सम्पति सदर नभई माइती पक्षको भाग लाग्ने गर्थ्यो। समानताको हक अनुसार सर्वोच्चले यस्तो फैसला गरेपछि सम्पतिको मामिलामा महिला अझ बलियो हुने भएको छ।

महिलाको हक संरक्षणका लागि मुलुकी ऐन स्त्री अंश धन महलको दफा ७ सर्वोच्च अदालतले खारेज गर्ने आदेश गरेको हो।

उक्त दफा अन्तरिम संविधानको महिलाको हकसँग बाझिएको भन्दै न्यायाधीशहरू बलराम केसी, प्रेम शर्मा र भरतराज उप्रेतीको विशेष इजलासले सो आदेश जारी गरेको हो।

सो दफामा ‘स्वास्नी मानिसले दाइजो र पेवाबाहेक आफ्नो हक पुग्ने सम्पत्ति अघिबाट कसैलाई दान, बकस वा बिक्री गरेकी रहिछ र पछि सोही व्यक्तिसँग विवाह गरेकी रहिछ भने दान, बकस वा बिक्री गरेको सो सम्पत्ति सदर हुँदैन’ भन्ने व्यहोरा उल्लेख थियो।

सो आदेशबमोजिम् महिलाले आफ्नो दाइजो र पेवा बाहेकका सम्पत्ति विवाहपूर्व कसैलाई दान, बकस वा बिक्री गरेर पछि सोही व्यक्तिसँग विवाह गर्दा माइती पक्षका हकदारतर्फ दिन नपर्ने भएको छ।

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले उक्त दफाले संविधान र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाफ गरेकाले बदर गर्न माग गर्दै गत भदौ ३० गते रिट दायर गरेका थिए।

No comments:

Post a Comment