By Landscope Pill, on August 27th, 2006
Photo Source: ekantipur.com कोमल वलीको तीजको मौका छोपेर निकालिएको नयाँ एल्बम ‘पोइल जान पाम’ को शीर्षक गीत यति खेर निकै चर्चा र विवादमा आएको छ। जतिसुकै विवाद भए पनि के गर्नु, हिजो तीजका बेला यही गीत दोहोर्याइ तेहर्याइ गाएर नाचिरहेको धेरै देखेँ मैले। कतिले यसलाई सांस्कृतिक विचलन ल्याउने गीतको आरोप दिएका छन्। कसैले त्यसभन्दा अगाडि बढेर गीत जस्तै टिप्पणी पनि चर्को गरेका छन्-’बूढीकन्याको अश्लील बिलौना’ भनेर। तपाईँलाई चाहिँ कस्तो लागेको छ यो गीत ? आफ्नो विचार लेख्नुहोला।
गीत सुन्नुभएको छैन भने मैले गीतका केही अंश पनि यहाँ राखेको छु।
यो गीतको पूरा अंश त मसित छैन। तर एउटा कार्यक्रममा लाइभ गाएको केही अंशको रेकर्ड भने छ। त्यसैलाई तलको लिङ्कमा क्लिक गरेर सुन्नुहोला।
यो गीतले सांस्कृतिक विचलन ल्याउने भन्दै अखिल नेपाल महिला संघ, सुनसरीले उनको क्यासेट हिजो जलाएको समाचार पनि आयो। पोइल जाने भन्ने कुरालाई समाजमा त्यति राम्रो मानिँदैन। त्यसैले यसको विरोध गरिएको हुनुपर्छ। तर अलि फरक किसिमले पनि यसलाई हेर्न सकिन्छ। पोइल जानु भनेको बाबुआमाको इच्छाविपरीत ‘आफ्नो जीवन आफै आफ्नै अनुसार जिउने’ अधिकारको उपयोग पनि हो। तर त्यसो भन्दैमा फेरि सबै कोमल वलीले जस्तै पोइल जान पाम शिव भन्दै पोइल जान थाले भने समाजमा विचलन त आउला नै। यो गीत सार्हो चलेकोले नै होला- ९-१० वर्षकी बालिकासमेत अहिले पोइल जान पाम भन्दै गीत गुन्गुनाइरहेको देखिन्छ। यसलाई राम्रो त मानिन्न पक्कै।
अचम्म त के छ भने वलीको प्रभाव र पहुँचका कारण यो गीतलाई रेडियो नेपालले प्रतिबन्ध लगाएको छैन। नत्र कुमार बस्नेतका गीतहरु धेरैलाई अश्लीलता फैलाएको आरोपमा प्रतिबन्ध लगाइएको थियो।
Tuesday, August 31, 2010
Monday, August 30, 2010
सगरमाथा पनि भारतको रे यार!
By Landscpoe Pill, on August 30th, 2010
कहिले बुद्ध भारतमा जन्मेको भन्छन्..
कहिले हाम्रो राजधानी काठमाडौँ नै भारतमा भन्छन्..
हुँदाहुँदा अब त सगरमाथा पनि भारतमा पो भन्दा रैछन् यार। कति जानेको यिनीहरुले हायलकायल पार्न पनि। किस्ता किस्तामा हाम्रो कुरा उनीहरुको भन्छन्, कुन दिन होलसेल मै देशै हाम्रो भन्ने होलान्।
सगरमाथा भारतको भनेर वृजबासी आर्ट प्रेस लिमिटेडले छापेको द वन्डरफुल वर्ल्ड अफ गेम्स शीर्षकको किताबमा लेखिएको थियो।
सकारात्मक कुरो, प्रकाशकले गल्ती स्वीकार गरिसकेका छन्। अनि, गल्तीप्रति क्षमा पनि मागिसकेको छ।
पत्रिकामा यस्तो विज्ञापन छापेर प्रकाशकले गल्ती स्वीकार गरेको हो।

Friday, August 27, 2010
बिहे गर्न पाइने भोसम्पति बेचेर उहीसँग
By Landscope Pill, on August 27th, 2010
सर्वोच्च अदालतले हिजो गरेको फैसला अनुसार अब आफ्नो सम्पति कसैलाई दान, बकस दिएर वा बेचेर पछि उही केटासँग बिहे गर्न महिला स्वतन्त्र हुने भएको छ। पहिले भए यसो गर्दा त्यो सम्पति सदर नभई माइती पक्षको भाग लाग्ने गर्थ्यो। समानताको हक अनुसार सर्वोच्चले यस्तो फैसला गरेपछि सम्पतिको मामिलामा महिला अझ बलियो हुने भएको छ।
महिलाको हक संरक्षणका लागि मुलुकी ऐन स्त्री अंश धन महलको दफा ७ सर्वोच्च अदालतले खारेज गर्ने आदेश गरेको हो।
उक्त दफा अन्तरिम संविधानको महिलाको हकसँग बाझिएको भन्दै न्यायाधीशहरू बलराम केसी, प्रेम शर्मा र भरतराज उप्रेतीको विशेष इजलासले सो आदेश जारी गरेको हो।
सो दफामा ‘स्वास्नी मानिसले दाइजो र पेवाबाहेक आफ्नो हक पुग्ने सम्पत्ति अघिबाट कसैलाई दान, बकस वा बिक्री गरेकी रहिछ र पछि सोही व्यक्तिसँग विवाह गरेकी रहिछ भने दान, बकस वा बिक्री गरेको सो सम्पत्ति सदर हुँदैन’ भन्ने व्यहोरा उल्लेख थियो।
सो आदेशबमोजिम् महिलाले आफ्नो दाइजो र पेवा बाहेकका सम्पत्ति विवाहपूर्व कसैलाई दान, बकस वा बिक्री गरेर पछि सोही व्यक्तिसँग विवाह गर्दा माइती पक्षका हकदारतर्फ दिन नपर्ने भएको छ।
जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले उक्त दफाले संविधान र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाफ गरेकाले बदर गर्न माग गर्दै गत भदौ ३० गते रिट दायर गरेका थिए।

Monday, August 23, 2010
मनोज गजुरेलको पाताल अनुभव-
By Landscope Pill, on August 22nd, 2010
पृथ्वी गोलो छ र यो गोलो पृथ्वीको जुन भागमा हामी बस्छौँ, त्यसको ठ्याक्कैमुनि अमेरिका पर्छ। त्यसैले त यता दिन हुँदा उता रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भनिन्छ। अमेरिका त्यो अर्थमा पाताल हो। भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज गजुरेल माइसंसारका पाठकलाई आफ्नो पाताल अनुभव सुनाउँदैछन्।
‘यसभित्र गतिला सामाग्री छैनन्, कृपया च्यात्ने र फोड्ने काम नगर्नुहोला’– नेपाल एयरपोर्टका कर्मचारीका हजुरमा मनोज गजुरेलको नम्र निवेदन।
साम्राज्यवाद मोह
अमेरिकालाई साम्राज्यवादी भन्ने कम्युनिष्ट पार्टीका थुपै पूर्व नेता तथा कार्यकर्ताहरु अमेरिकामा भेटिन्छन्। उनीहरु ‘साम्राज्यवादको ढाडमा टेकेर टाउकामा हिर्काउन’ हैन– सम्पन्न, सफल र सहज जीवन बाँच्न अमेरिका पसेको बताउँछन्। के छ त त्यस्तो अमेरिकामा? केन्टकीमा बस्ने मालेका पूर्व कार्यकर्ता प्रीति सागर खत्रीको विचार मननीय छ– ‘अमेरिकाको अनुदान, सहयोग र समर्थनमा चल्ने नेपाली नेताहरुले ‘जसको जौ खाने, उसैको जुंगा मुड्ने’ काम छोड्नुपर्छ, हाम्रा कमरेडहरुलाई चेतना भया।’ केन्टकीभरी वामदेव गौतमले भनेको कुराको चर्चा छ–’हामीले भनेको समाजवाद त यहाँ उहिल्यै आई सकेको रहेछ।’ बाँकी बिश्लेषण गर्ने काम पूँजीवाद र मार्क्सवादका पण्डितहरुको हो ।’
नक्कली नेपाल
फ्लोरिडाका केशव पोख्रेल र हरि अधिकारीसँगको डिज्नी टुर अविस्मरणीय रह्यो। डिज्नील्याण्डको ‘मिनी नेपाल’का थोत्रा घरहरु, पुराना मन्दिरहरु, भत्किएका देवालयहरु– यसरी नेपालको हुबहु नक्कल गरिएको सानो नेपालले संसारभरबाट आउने पर्यटकहरुलाई गज्जबले तानिरहेको छ। काली गण्डकीको र्याफ्टिंग, भक्तपुरका पुराना घरहरु अनि सगरमाथाको टुप्पोसम्म रेल चढेर जाँदाको आनन्दानुभूति अहो! पैसा, प्रविधि र विवेकको प्रयोगबाट निर्मित यो ‘नक्कली नेपाल’ले लाखौंलाई लोभ्याएको देख्दा यस्तो लाग्छ– देश शान्त हुँदो हो त सक्कली नेपाल घुम्न छोडेर नक्कली नेपालको पछि को लाग्थ्यो?
‘आइडिया भए गरिबीबाट पनि कमाउन सकिन्छ’– फ्लोरिडा डिजनील्याण्डमा नमुना नेपालको नमुना मन्दिर नियाल्दै पर्यटकहरु।
अण्डरग्राडहरुको दुखेसो
‘अण्डरग्राडहरु’का लागि सोचेजस्तो छैन अमेरिका। ‘समर’को काम गरेर वर्षभरीका लागि कलेजको शुल्क तिर्न हम्मे हम्मे परेका कुरा धेरै मुखबाट सुन्न पाइन्छ। काठमाण्डौमा ‘कन्सल्टेन्सीको दोकान’ खोलेर बसेका ‘दोकाने’हरुले सुख, सुविधा र वैभवको सपनामात्रै नबाँडेर त्यहाँ आइपर्ने समस्या, संघर्ष र समाधानको बारेमा पनि ‘कन्सल्ट’ गराइदिनु पर्छ भन्ने कुरा कसले बुझाई दिने हो कुन्नि? बोष्टनका उत्तमबाबु श्रेष्ट भन्छन्– ‘नत्र ग्राजुएसन गर्न गएको छोरो कलेजको फिसले थिचेर घाइते भयो’ भन्ने बेला हुन्छ।’
शतप्रतिशत शुद्ध नेपाली
भर्जिनियाको एउटा हिन्दु मन्दिरमा एकजना नेपाली मित्रले भने–’कलाकार महाशय, हाम्री जहान हजुरसँग छायाँ लिन चाहन्छिन्।’ म फोटो खिच्न तयार भएँ। फेरि भने–’महासय, यहाँ प्रकाशको पहुँच रहेन,बाहिर गएर लिनु पर्यो छायाँ।’ शुरुमा त कति ठट्टा गर्न सकेको होला भन्ठान्दै थिऐं–तर कुराकानीका क्रममा थाहा भयो, धनकुटाका यी थापाजीको सिद्धान्त रहेछ– ‘शतप्रतिशत अंग्रेजी नै र शतप्रतिशत नेपाली नै बोल्नुपर्छ– मिसमास भाषा मुर्दावाद।’
‘अमेरिकामा यो संभव छ र सर?’ उनी बोले–’सर हैन, महासय भन्नोस्।’ उनले थपे–’दुई घण्टाको नेपाली कुराकानीमा एउटा अंग्रेजी घुसेछ भने प्रति शब्द पचास डलर दण्ड पनि तिर्छु, तपाईं तयार?’ मैले आँट गर्न सकिनँ– ‘भैगो, सरी।’ थापाजी जंगिए–’सरी हैन, माफ पाउँ भन्नोस्।’
‘हामी एक्लो छैनौं–हाम्रोजस्तो अरुको पनि रहेछ झण्डा’– ओहायो राज्यको झण्डापनि झण्डै झण्डै नेपालकोजस्तै रहेछ।
‘रोएको रोयै छ–सुखी छैन मन।’
धेरै कलाकारले अमेरिकालाई कर्म क्षेत्र हैन, ‘डलर क्षेत्र’ मात्र बनाएकाछन्। मलाई लाग्छ– देश छोड्नु प्रतिभा पलायन हैन, आफ्नो प्रतिभा अनुसारको काम नपाउनुचाहिँ साँच्चैको ‘प्रतिभा पलायन’ हो। नेपालमा स्थापित नेपाली कलाकारहरुको मनमा के होला? शिकागोमा कार्यरत लोक गायक भगवान भण्डारीको विचार मन छुने खालको छ– ‘हामी सुखी त हौंला, तर खुशी कहिल्यै हुन सकिंदैन। सुख भौतिक हो, खुशी मानसिक। भौतिक सुखले मात्रै मानिसको मन शान्त र समृद्ध हुँदैन।’
नजिकका आफन्त भारतीय
अमेरिकामा एउटा भनाई प्रचलित छ–’जहाँ पटेल, त्यहाँ मोटेल।’ गुजरातका मूलभूमि भएका भारतीय पटेलहरु मोटेल, रेष्टुरेण्ट तथा ग्यांस स्टेशन व्यवसायमा सक्रिय छन्। नेपालका छिमेकी भारतीयहरु भएजस्तै अमेरिकामा पनि नेपालीका सरल र सहज रोजगारदाता भारतीयहरु नै मानिन्छन्। उनीहरु पनि नेपालीलाई विश्वासिलो र असल काम गर्ने ठान्दा हुन्। बोस्टनका शुशील दहाल सोध्छन्– ‘हाम्रा भारतीय र पाकिस्तानीहरु नै अरुभन्दा नजिकका आफन्त रहेको थाहा पाएर पनि हामी किन उनीहरुलाई देखी सहँदैनौं? मैले भनें–’भारतप्रतिको नेपाली आक्रोश भारतीय जनताप्रति नभएर नेपाललाई सधैं आफ्नो इसारामा नचाउन खोज्ने भारतीय राज्यसत्ताप्रति मात्रै हो। कि कसो?’
अमेरिकी राष्ट्रपति पप्पु सिंह
क्यालिफोर्नियाको लस एञ्जलसमा बस्ने समीप पौडेल नेपाल आएको बेला साथीहरुले जिस्काउँछन् रे– ‘तिमी अमेरिका कि पटनाबाट आएको?’ समीपको अनुभव छ– भाषा, संस्कृतिका कारणले भारतीयहरुसँग काम गर्न त सजिलो हुन्छ, तर अंग्रेजीभन्दा हिन्दी धेरै बोलिने हुनाले लस एञ्जलसमा छु कि गोरखपुरमा–कन्फ्यूज हुन्छु।’ लुजियाना राज्यका गर्भनर बाबी जिन्दल छन्, न्यू जर्सीमा को गर्भनर बन्ने भन्ने निर्क्यौल भारतीय मूलका अमेरिकी नागरिकको भोटका आधारमा हुन्छ। न्यूयोर्कको ज्याक्सन हाइटमा वरपर पान थुकेर बनेका अमूर्त चित्रहरुको रमाइलो हेर्न पाइन्छ। इन्डोनेसियन र केन्याली बाबु आमाको अश्वेत सन्तान बाराक ओबामा राष्ट्रपति हुने देशमा कुनै दिन गुजरातका पटेल वा पञ्जाबका पप्पु सिंह राष्ट्रपति हुँदैनन् भन्ने पनि छैन, लगे रहो मुन्ना भाइ।
मैले हैन, हामीले
ओहायोकी लियन ओबामाकी फ्यान हुन्। उनको विचार सुन्नोस्–’हामीले ‘नेटिभ अमेरिकन’माथि गलत गर्यौँ। हामीले इराक युद्ध छेड्यौं, यसमा हामीलाई घाटा छ। अन्य देशमाथिको हाम्रो आक्रामक नीति हाम्रै लागि घाटाजनक छ।’ वाक्यमा ‘हामी’ शब्द उच्चारण गर्ने यस्ता अमेरिकी नागरिकबाट हामीले पनि सिक्नुपर्छ– राम्रा कुराको जस आफू लिने अनि नराम्रोको दोष अरुमाथि थोपर्ने नेपाली पारा हामीले सुधार्नैपर्छ। सामूहिक जिम्मेवारीबोधको बानी यसरी बसालौं कि–’हामीले राणा शासनको प्रयोग गर्यौं, जुन १०४ वर्षपछि गलत रहेछ भन्ने पुष्टि भयो। हामी कोसी र महाकाली सम्झौतामा नराम्ररी फँस्यौं, हाम्रो त्यो निर्णयले हामीलाई अहिलेसम्म दुःख दिइरहेको छ। हामीले जनयुद्धको नाममा हिंसात्मक बाटो रोज्नु पनि ठीक थियो वा थिएन, अब मूल्यांकन गर्ने बेला भएको छ। अहिले हामी पार्टी पद्धतीको नाममा निर्माण वा ध्वंस, कस्तो पाटो हिँडिरहेका छौं, हामी आफैंले विश्लेषण गर्नु पर्दछ।’ मलाई लाग्छ–जबसम्म गुण र दोषको सामूहिक जिम्मेवारी लिंदैनौं, तबसम्म जसले सत्ता चलाएपनि, जुन ब्यवस्था आएपनि उन्नत नेपाल असम्भव छ।
सुपरस्टार स्थानीय
बेला बेलामा नेपालबाट कलाकारहरु कार्यक्रमका लागि अमेरिका गई रहन्छौं। कार्यक्रमको विज्ञापन हुन्छ–’नेपालका चर्चित कलाकार फलानाकाको जोडदार प्रस्तुति तथा स्थानीय कलाकारहरु पनि।’ स्थानीय कलाकाहरु हुन्छन्–सरोज खनाल, प्रेमराजा महत, रतन सुवेदी, सपनाश्री, कर्णदासजस्ता अग्रज कलाकारहरु। र प्रमुख कलाकार हुन्छन्–नेपालबाट त्यहाँ पुगेका नयाँ कलाकार। ती अग्रज कलाकारहरु ‘स्थानीय कलाकार’मा रुपान्तरित हुनु मलाई चाहीँ नमज्जा लाग्यो। हिजो उनीहरु अग्रज थिए, आज पनि अग्रज छन् र भोलि पनि सम्मानित रहने, मान्ने र भन्ने गरे कसो होला?
क्रमशः
‘धर्ती हाम्रो घर, आकास हाम्रो छाना–छानामुनि बरोबरी, हामी सबै जना’–फ्लोरिडाको मायामी बीचमा मनोजको मोडलिङ मुद्रा।

Saturday, August 21, 2010
शेषनागको जिब्रो
By Landscope Pill, on August 21st, 2010
-मनोज बोहरा-
ट्याइँ…………. गाडिको आवाज, कस्तो कर्कश स्वर। एकहुल मिनिर्स्कर्ट लगाएका ठिटीहरु बाटो हिड्दैछन्।
“यो मेरो कान्छी” जुल्फे करायो,
हुलमा आएकी मध्य एकले आँखा तरी,
“औंला हो” कान्छी औंला देखाउँदै जुल्फेले वाक्य पूरा गर्यो।
स्कूल क्याम्पस पनि ग्ल्यामर क्षेत्र नै बनाउने भए एक सज्जन, आएका मध्ये एक ठिटीलाई घुडाँदेखि अलि माथी आँखा झिम्मिक नपारी बोले।
लौ ताजा खबर हार्नमा पनि ह्याटि्रक। फुच्चे करायो, कस्तो लाज पचेका नेताहरु बरु फेरी प्धानमन्त्रिकै लागि जन निर्वाचन गर्नु नी जनताले छान्छन नी प्रधान मन्त्री एकजना चस्मे फुस्फुसायो।
बाल छैन आज बेबिलोन जाने है ओठ निचर्दा दुध आउने स्कुल ड्रेसमा आएको मध्ये भुरा ग्याँगको एउटा भुरा
करायो।
क्या टेन्स भा’को यार मेरो मिन्स हुनै बन्द भयो।
तिमरो ड्याड मम लाई थाहा छ त ? कसरी भयो त यस्तो ?
ख्याल ख्यालमै भयो। के गर्ने गर्ने।
तेरो ब्वाई फेन्ड के भन्छ त ?
सुनेदेखि तेसले भेट्नै आ’को छैन। प्ल्स टु पढ्ने युवतीहरु कुरा गर्दै हिड्दै छन्।
कानै फुट्ने गरी थोत्रो स्पिकरको आवाज। “उनकै छोरी तरुनी हाम्लाई के को दोश”
लौ लौ महानगर प्रहरी आए। सडक ब्यापारीको कोकोहोलो, झोली झाम्टा बोकेर भाग्न लागे।
आज बाँदर बाबाको प्रबचन सुन्ने, मुद्रे करायो।
गितार भित्र तरबार राखेर टंडेली गरेर हिड्नु भन्दा त जो सुकै बाबाको प्रबचन सुने पनि यसको घैटौमा घाम लाग्थ्यो की।
का हुँनु त्यो बाबा हैन त्यो त पागल हो। पढ्दा पढ्दै दिमाग सड्केर पागल भा’को रे अर्को बोल्यो । हैन त्यो माओवादी हो रे। हैन हैन त्यो त ज्ञानेन्द्रको मान्छे हो रे मान्छे भाड्न त्यसलाई ज्ञानेन्द्रले पालेको रे।
पागल भए त्यसको अगाडि त्यत्रो मान्छे झुम्मिन्थे, आ’का मध्ये अर्को बोल्यो।
चिडिया घरमा पनि मान्छेको भिड हुन्छ। अर्को भलादमीले जवाफ दिए।
गस्तीमा हिडेका पुलिसहरु बाटो काट्दै छन्।
ए दिदी कति बज्यो ? एउटा भाइले समय सोध्यो।
ओइ चिन्दै नचिनी जिस्क्याउँछस् १ लात दिन्छु। सक्छौ भने देउ न त -
ट्याक्सी रोकियो। अन्जान दिदी भाइ ट्याक्सीमा चढेर अलप भए।
छेउमै बसेकी अर्की युवती मुर्मुरिइ आज पनि यसले १००० कामाउनी भई। आफुसंग भने एउटै ढिम्किदैनन्।
सर स्याउ खाने हो – मर्ुर्मुरीने युवती मलाई सोध्न लागी।
जेहोस केविन र डान्स रेस्टुरेन्टले अलिकति भएपनि महानगरको इज्जत धानेका छन्। यि नगरबधुहरु काम गर्न जान्दैनन्। मिठो खाने र राम्रो लगाउने बानी परिसकेका छन्। सरकारले रेड लाइट एरिया पनि नबाउने र डान्स, केविन र मसाजलाई कर्डाई गर्ने हो भने १०-१० रुपियाँमा स्याउ खाने हो भनेर गल्ली गल्लीमा कराइरहेको भेटिन्छन् / त्यतिखेर महानगरको इज्जत कहाँ पुग्छ ? क्याम्पस पढेर फर्किदै गरेका युवक मध्ये एकले बलियो तर्क प्रस्तुत गर्यो।
हैन यसको लागि सरकारले………………। उनीहरु हिड्दै बाद विवाद गर्दैकोले त्यसभन्दा केही सुनिएन।
म चाहीं रत्नपार्क भित्र छिरें।
भित्र छिर्नासाथ दर्शन, राजनीति, स्कूल, क्याम्पस, समाजका कुराहरु जताजतै।
हैन त्यो बुद्धको अबतार ले त मान्छे कुट्यो रे नी कस्तो ढोंगी रहेछ।
उसको के गल्ती हो र – भाको नभाको समाचार संप्रेशण गरेर मेडियाले सामान्य मान्छेलाई नचाहँदा नचाहँदै बुद्ध बनायो। त्यतिखेर मेडियाले अनर्गल प्रचारमा मात्र तल्लिन थियो। यही कारणले समाचार पत्र, टिभीको कति कार्यक्रम चले, कतिले दानबाट मोटो रकम हात पारे। दर्शक पाठकलाई सही सत्य नबुझी भेंडो बनाए। उसलाई बुद्धत्व प्राप्त थिएन, ढिलो चाढो उसले आफ्नो असली रुप देखाई हाल्यो।
अर्का टाइसुट लगाका व्यक्तिहरु निक्कै नै गम्किदै कुरा गर्दैछन्।
जस्को नुन खानु उसको जुँगा मुर्ठर्नु – यो त अत्ति भयो। कस्तो लाज पचेको व्यक्ति मेरो जम्मा ३०-४० लाखको काम पनि अहिले आएर गर्न सक्दिन पो भन्छ त – मैबाट त्यसले कति पकेट भर्यो-भर्यो………….।
मान्छ भने ठिक नत्र यस्ता लाई त……………उससँगै आएका अर्को सज्जन रिस पोखे।
यसले गरेका गल्तिहरुका लिष्ट त तपाईसँग होलानी – ति सबुत प्रमाणहरु जुटाउँ मैले चिनेको एकजना पत्रकार भाई छन्।
भोली पत्रिकामा आएपछि जागिर नी चेट। समाचार प्रकाशित भए पछि मुख देखाएर पनि हिड्न सक्दैन।
अगाडि खुल्ला मन्चमा भाषण छ क्यारे नेताज्यूको आवाज टड्कारै यहाँसम्म सुनिएको छ।
हो त्यो हाम्रो पार्टीको मान्छे हो त्यसले जे भने पनि ठिक हो, त्यसले भनेको मान्नै पर्छ। अरु पार्टीकाले जस्तै राम्रो विचार व्यक्त गरे पनि गलत किनकी त्यो हाम्रो पार्टीकोे हैन। ठिक के हो आफ्नो स्वविवेक प्रयोग गर्दैन। पार्टीभित्र पनि फलानो प्यानलको मान्छे म पनि यो प्यानलको नै हो। मेरो प्यानले जे भन्छ त्यही मान्नु पर्छ, अर्को प्यानले जस्तै ठिक कुरा गरे पनि गलत, मैले मेरै प्यानले भनेको मान्नु नै धर्म हो। त्यो प्यानल भित्र पनि यो मेरो नजिकको मान्छे। यसले भनेको त झन सोह्रै आना ठिक यसमा अरुले भनेको कुरामा सहमती हुनै सक्दैन। नजिकका मान्छेहरुमा पनि यो त मेरो नातेदार उसको बचन पनि राख्दिनै पर्यो। इनिहरुको कुरालाई कसैगरी पनि सपोर्ट गर्नै पर्छ। अलि त्याँ भन्दा परका नातेदारको कुरा गलत नै साबीत। नातेदारहरुमा पनि यो मेरो मेरो घरको मान्छे यसले त गलत कुरा गर्नै सक्दैन, हाम्रो काम गर्राईको तरिका यस्तो छ। अनि गोर्भाचोभको काम गर्राईको विरोध गर्दै नयाँ गोर्भाचोभ जन्माउन मद्धत गर्र्छौं।
नेपालमा बसेर चिनको क्रान्तिको कुरा गर्ने। गोर्भाचोभ त के गोर्भाचोभको बाउ जन्मे पनि नेपालमा केही हुने छैन।
नेपालमा लोकतन्त्र आयो भन्छन्। खै के परिवर्तन भयो र – हिजो र्ठराको भाउ ५ थियो अहिले एक गिलासको रु. २० भा’को छ। महंगी बढेर चर्ुर्लुम्म डुबीसक्यो हावादारी नेताहरु। एक बुद्धिजिवी जस्ताले रिसले बिष ओकेले। उ साथै आएका २-४ जना लगौटीयाले हो मा हो मिलाए।
थोत्रो कपडा लागाएको बालक वरिपरि ठूलो भिड जम्मा भएका छन्। त्यो बालक सारङ्गी रेट्दै “भन्नु नभाको….आमा रातो सारी चुरा पोते……।” गित गाउँदैछ। मलाई उसको मर्मस्पर्शी गायन कलालेआफ्नो बाल्यकालमा पुर्याउँछ।
घरमा स्वस्थनी भनिरहेका छन् कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्यमुनी…….हजार ज्रि्रो भएका शेषनागले त वर्णन गर्न नसक्नुभएको………….। म त्यही रोकिन्छु। मेरो बाल मस्तिष्कले शेषनाग कस्तोहोला खुल्दुली मच्चीन्छ र शेषनाग यस्तै होला भनि मन मनै शेषनागको चित्र बनाउँछु। हजारवटा र्सपजस्तो टाउकोलाई एउटै शरिरमा जोड्छु र सोच्छु र शेषनाग यस्तै हुनर्ुपर्छ। आफै उत्तर खोज्छु र म मेरो मनको खुल्दुली मेट्न खोज्छु।
चर्को श्वरले खैलाबैला चल्दैछ भिडमा मेरो कल्पना भंग हुन्छ। बालकको गित सक्किएछ, गित सुन्नेहरु बालकलाई १-१ रुपियाँदिन लागेका रहेछन। मैले खल्ति टक्टक्याए भा’को १ रुपिया दिएर कोलाहलबाट टाढा हुन खोज्दै अगाडि भएको रुखको छहारिमा गए।
ओहो कस्तो रमाइलो दिन ढल्केर आकाश तिर फर्के, सूर्य १२० डिग्रिको कोण बनाइ पश्चिमतिर फर्केको रहेछ। कालो बादल मड्डारिदै सूर्यलाई ढाक्यो। चिसो चिसो हावाले कानलाई छुए झै लाग्यो। आँखाको झपनि भारि भए झै लाग्यो।
ल कस्तो संसार हो विस्वाश नै गर्नै नसकिने पत्रकार सम्पादकको सम्मेलन रहेछ। पथ पर्दशकको रुपमा त मेडियाहरुका सम्पादकज्यूहरुपो हुनुहुँदो रहेछ, उहाँहरुको कुरा सुन्दा त नेताज्यूहरु त पर्दा अगाडिको कठपुतली मात्र। साच्चो अर्थमा ति कठपुतलीको डोरी तान्ने, जुधाउने काम त खास अर्थमा समाजमा रहने व्यक्तिको मनोविज्ञान बुझेर त्यस अनुरुप समाचार संप्रषण गर्ने मनोवैज्ञानिक सम्पादकज्युहरुपो हुनुहुँदो रहेछ झै लाग्यो।
त्यो हनुमान नगरमा जातिए दंगा को आगो भड्कीने जस्तो छ त्यसमा घयू थपिनेजस्तो गरी समाचार संकलन गर्नु पर्यो र प्रकाशित र प्रशारण गर्नु पर्यो। एक मनोबैज्ञानिकले कुरो ओकले। यो सरकारलाई कमजोर पार्न अर्थतन्त्र कमजोर पार्नु पर्छ। दंगा भड्कीएपछि आफै अर्थतन्त्र कमजोर हुन्छ सरकारको यो मेरुदण्ड भाँचे पछि सरकार आफै कमजोर सावीत हुन्छ। अर्को सम्पादक जस्ताले पनि हो मा हो मिलाए, यो नेताको नराम्रो पक्षलाई मात्र संप्रशित गरौ र जनतालाई यसको विरुद्ध लगौं जनता तातेर यसलाई घाक्रेठ्याक लगाउँछन्। अर्का टिभि सिरिएल का डाइरेक्टर जस्ता बोले आजका युवा पिडिलाई कुलततीर फसाउनको लागि मैले एउटा सिरिएल बनाएको छु। जसमा गजेडीलाई प्रमुख भुमिका दिने निधो गरेको समाजका युवा पिडीले यसको नक्कल गर्नेछन्। समाजको १ चोथाई भागलाई त्यतातिर आकषिर्त गर्न सक्यौ भने पनि देश विकासको लागि उठ्ने हातहरु धुँवा तान्नमा वित्नेछ र राष्टको खुट्टा तेसै भाच्चिनेछ। सही भन्नु भयो, अर्का मनोबैज्ञानिक बोले लुटेरा, डकैतलाई कानूनले कार्वाहि गर्ने नसक्ने कानून छ भनि मेरो पत्रिकाले हल्ला फिजाउँछु त्यसले बाँकी बसेका युवालाई हत्या हिंसा तिर लग्न उत्प्रेरित गर्नेछ। जसरी हुन्छ नेता, जनता पत्रिकाकोे गुलाम हुनेछन।
अर्का सम्पादक साह्रै आक्राशित देखिन्थे, पत्रकारिता धर्मको पालना गरी समाचार संप्रेषण गर्नु नै हाम्रो धर्म हो, कुन समाचारले समाजमा कस्तो प्रभाव पार्छ त्यसलाई विचार गरेर मात्र समाचार संप्रेषण गर्नु पर्छ। हैन भने……..।।
दाजु बदाम खाने हो। एक आइमाइ मभएको ठाउँमा कराउन लागि
म झल्यास्स भए कस्तो सपना देखेको…..
आएकी आइमाइले मैले बदाम दिनु भन्दै नभनी १ माना राखि त्यसको पैसा पनि नलिई कता गाएब भई थाहै पाइन।
म भने भर्खरै देखेको सपना तिर गौर गर्न लागे, अर्का सम्पाकदले अन्तिम वाक्य पुरा गर्नै नपाई म ब्युझिएको थिए, हैन भने के त……. आफै भित्र प्रश्न गछु ? एक छिन घोरिन्छु।– सायद अहिले भर्खरै रत्नपार्क गेट बाहिर र भित्र देखिरहेको समाज त हैन।। म आफै उत्तर दिन्छु। सही उत्तर यही नै हुनु पर्छ।
त्यो बाल्यकालमा मैले सुनेको शेष नाग त यी मीडिया पो हुन की झै पो लाग्न थाल्यो। १००० वटा ज्रि्रो भनेको जुनसुकै कुरालाई १००० वटा तरिका अनुरुप तोडमोड गर्न सक्ने खुबी भएर पो भनेका रहेछन् झै लाग्न थाल्यो। मैले बाल्यकालमा बनाएको एउटै शरिरमा बनाएको १००० वटा टाउको गलत सावीत भयो एउटै टाउकोमा १००० वटा जिबरो बनाएको भए सही हुनेरहेछ झै लाग्न थाल्यो। शेषनाग स्वास्थानी कालको मेडिया नै हुन पर्छ भन्ने नै मेरो ठम्मयाई भयो।
परबाट एउटा फाटेको कपडा लगाएर एउटा बालक कराउँदै छ “लौ हजुर बैंक लुटेर लुटेरा फरार, पुलिसको मिलेमतो…..रु २/- मात्र” ताजा खबर
नजिकै बसेका एक सज्जनले रेडियो खोले रेडियोमा अंग्रेजी गित बजिरहेको छ “डु दि स्टेङ्की ले……..डु दि स्टङ्की ले हे” उसंगै आएकी उसकी ६ बर्षो छोरी- अलि बसेझै गरी दुबै हात दाहिने खुट्टाको घुँडामा राखेर कहिले देब्रेतिर कहिले दाहिने तिर हल्लाउन थालीन। मसंग कुनै शब्द नै नरहे झै मेरो बाक्य नै बन्द भयो। म उनको नृत्यलाई हेरी रहें।

Tuesday, August 17, 2010
आज हार्नु नपर्ने भो
By Landscope Pill, on August 18th, 2010
नत्र आज पनि हार्ने थिए दुवै प्रधानमन्त्रीका उम्मेदवारहरु। तर त्यसो नहुने भएको छ। आज पाँचौँ पटक हार्नु पर्ने छैन उनीहरुले। किनभने आज हुन लागेको निर्वाचन सर्ने निश्चित भइसकेको छ। अब हार्ने साइत कहिले जुराउने भन्ने बारे चाहिँ आज दिउँसो हुने बैठकले निर्धारण गर्नेछ।
बुधबार हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन शोकका कारण सर्ने भएको हो। अस्ति नै ग्यास दुर्घटनामा परेर धनुषा जिल्ला क्षेत्र नं. ६ बाट संविधानसभामा निर्वाचित एकीकृत नेकपा (माओवादी)की सभासद् रामकुमारी यादवको मृत्यु भएको थियो। आजको बैठकमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ।
श्रद्धाञ्जलिको कार्यक्रमपछि सामान्यतया कुनै पनि कार्यक्रम नभई बैठक स्थगित हुने गर्छ। त्यस्तो अवस्थामा चुनाव त्यो नि हार्ने चुनाव के गराइराख्नु भनेर उनीहरुले यो निर्वाचन सार्न खोजेका हुन्। जित्ने भइदिएको भए त के बाँकी राख्थे होलान् र।
अब अर्को चुनाव कहिले हुन्छ त? अहिलेसम्म त निश्चित मिति आइसकेको छैन। तर सुनिन्छ, भदौ ६ गते गर्ने रे। छ गते पनि नभएमा नौ गते चाहिँ पक्कै गर्नुस् है अर्को चुनाव। भदौ ९ गते पनि चुनाव भइदियो भने निःशुल्क मनोरञ्जन गर्न पाइन्छ नि। पहिले पहिले त्यही हलमा कलाकारहरुले देखाउँथे, अहिले नेताहरुले देखाउने छन्।

Sunday, August 8, 2010
लोभीपापी नेताको हातमा साइकल-मोबाइल
By Landscope Pill, on August 8th, 2010
विकास निर्माणका लागि छुट्याइएको बजेटबाट बाँकेका गाविसमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिले व्यक्तिगत प्रयोजनका लागि साइकल खरिद गरेका छन्। बाँकेको बेलहरी, गनापुर र गङ्गापुरसहित जिल्लाका अधिकांश गाविसमा एकीकृत नेकपा (माओबादी), नेपाली कांग्रेस र नेकपा एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलका प्रतिनिधिले विकास बजेटबाट आफ्ना लागि साइकल जोरेका हुन्।

Friday, August 6, 2010
आफ्नै पार्टीका सांसदको भोट पाएनन् दाहालले
By Landscope Pill, on August 7th, 2010
चौथो पटक पनि पुगेन भ्यागुताको धार्नी
शुक्रवार चौथो पटक संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले २ सय १३ मत मात्र पाए। उनले पाएको यो मत माओवादीको संसद सदस्यभन्दा थोरै हो। संसदमा माओवादीका २ सय ३९ सदस्य छन्। पुष्टि नभएको खबर अनुसार ४० माओवादी संसद दाहालको प्रस्तावउपर मतदान हुँदा अनुपस्थित रहे। चुनावी प्रक्रिया सुरु भइसकेको अवस्थामा संसद भवनमा प्रवेश गर्न नपाउँदा दाहालको भोट घटेको हो। अघिल्लो निर्वाचनमा दाहालले २ सय ५९ मत पाएका थिए।
पौडेलको सम्भावना यसै थिएन उनले १ सय २२ मत मात्र पाए।
पुष्पकमल दाहालको प्रस्तावमा मतदान
उपस्थित मत संख्याः ४ सय ६८
पक्षमा मत : २ सय १३
विपक्षमा मतः ९९
तटस्थः १ सय ५६
रामचन्द्र पौडेलको प्रस्तावमा मतदान
कूल उपस्थित मतः ५ सय ६१
पक्षमा मत: १ सय २२
विपक्षमा मत: २ ४५
तटस्थ : १ सय ९४
प्रधानमन्त्रीका दुवै उम्मेदवार चौथो पटक पनि पराजित भएपछि अर्को चुनाव २ भदौमा हुने भएको छ।
***
चमत्कार नभए आज पनि मुलुकले प्रधानमन्त्री नपाउने देखिएको छ। भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत श्याम शरणसँग बुधबार रात्री भोज खाएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेताले शुक्रवाको मतदानमा पनि तटस्थ बस्ने निर्णय लिएका छन्। मिडियाकर्मी सामु सदभावना अध्यक्ष राजेन्द्र महतोले भने- ‘प्रधानमन्त्रीका दुवै प्रत्यासीले आफ्नो आधारपत्रमा चित्तबुझ्दो जवाफ नदिएकाले तटस्थ बस्ने निर्णयलाई यथावत राख्ने निर्णय भयो।’
संसद सचिवालय सिंहदरबार र संविधानसभा भवन परिसरमा दलका नेता-कार्यकर्ता पैसाको खेल अपुष्ट गफ तथा भारतीय शक्ति केन्द्रको चलखेलका किस्सा सुनाएर रमाइलो गरिरहेछन्। शरणको भोज खाएपछि मोर्चाका नेताहरु माओवादी नेतृत्वको विरुद्धमा पहिले भन्दा पछि हटेका छन्। मधेसी सभासदलाई फ्लोर गर्न ह्विप जारी गरिएको छ। मोर्चाले सघाए दाहाल प्रधानमन्त्री हुनसक्थे। एमाले तटस्थ रहेको अवस्थामा कांग्रेस उम्मेदवार पौडेलको त चान्सै छैन।
Related posts:
1. सबै आफ्नै डम्फू बजाउँदै, अब मतदान हुने ?
2. माले फुटेर भोट थपियो दाहाललाई
3. हार्नमा प्रचण्ड-पौडेलको ह्याट्रिक
4. स्वास्नीले समेत भोट नदिने भएपछि रोए मेयरका उम्मेदवार
5. खसाउनु भयो त तपाईँले भोट ?

Subscribe to:
Posts (Atom)