Sunday, September 26, 2010

« बरु यसो गरे कसो होला ?

By Landscope Pill, on September 26th, 2010

अपडेटः माओवादी पदाधिकारीहरुको आज बिहान बसेको बैठकले प्रचण्डको उम्मेदवारी औपचारिक रुपमा नै फिर्ता लिने निर्णय गरेपछि अब काँग्रेसका रामचन्द्र पौडेल मात्रै एक्ला उम्मेदवार हुने भएका छन्। जित्दै नजित्‍ने भए पनि पौडेल उम्मेदवारी फिर्ता नलिने पक्षमा अडिग छन्। यसअघि प्रचण्डले राजनीतिक रुपमा मात्र उम्मेदवारी फिर्ता लिएर औपचारिक रुपमा नलिने हो कि भन्ने अनुमान गरिएको थियो।

पुरानो ब्लगः यो अजब नेपालमा गजबको प्रधानमन्त्री निर्वाचन हुँदैछ आज। सात पटकसम्मको प्रधानमन्त्री चुन्ने नाटक त हामी सबैले हेर्दै आएका थियौँ, आठौँ पटक त झन् नयाँ किसिमको स्वाद चाख्‍न पाइने भएको छ। पहिलो पटकको निर्वाचनमा झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएपछि सात पटकसम्म मैदानमा प्रचण्ड र रामचन्द्र पौडेल दौडेको दौड्यै थिए, तर पछाडिबाट एमाले र मधेसवादी दलहरुले खुट्टा तानिरहेको हुनाले दुवै गन्तव्यसम्म पुग्न असफल थिए।

आठौँ पटकमा प्रचण्डले पनि रेस छाडेका छन्। यसरी संसदीय व्यवस्थाको एउटा नौलो किसिमको जोक आज हामीले प्रत्यक्ष हेर्न पाउने भएका छौँ।


थाहा भए अनुसार आज निर्वाचन प्रक्रिया सुरु हुने बित्तिकै माओवादीले बहिस्कार गर्ने घोषणा गर्नेछ। तर काँग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिएका कारण सभामुखले निर्वाचन प्रक्रियामा लानेछन्।

एमालेले पनि भोट नदिने भइसकेको छ। पहिला तटस्थ बस्दै आएको भए पनि यसपालि एमालेले भोटै हाल्ने छैन। र मधेसवादी दलहरुले तटस्थ बस्ने निर्णय गरिसकेका छन्। त्यसमाथि माओवादीले बहिस्कार गरेपछि काँग्रेसको बहुमत कुनै हालतमा पनि आउन सक्दैन। तर चुनावमा काँग्रेसलाई काँग्रेसी सभासदहरुले मत दिनेछन्।

एमाले र माओवादीले खुट्टा समातेर अगाडि जानै नसक्ने बनाइसक्दा पनि काँग्रेस र यसका उम्मेदवार रामचन्द्र पौडेल म दौडिन्छु भनेर जिद्दी गरिरहेका छन्। अझै के के नाटक हेर्नुपर्ने हो, तयार हुनुहुन्छ हैन त ?

यसोउसो गरेर प्रचण्डले पनि उम्मेदवारी फिर्ता लिएपछि जति पटक भए पनि चुनाव गरेर आखिरमा मै प्रधानमन्त्री बनौला भन्ने लागेको हो कि उनलाई।

हाम्रा नेताहरुले उतिबेला अन्तरिम भनाउँदो संविधान नै गज्जबले बनाएका रैछन् त क्यार्नु अनि। अब कि पौडेल जीलाई मनाऊ, नत्र चुनाव गराइराख। जसरी प्रचण्ड थाकेका थिए त्यसरी नै एक दिन पौडेल थाक्ने छन्, अनि बल्ल स्थिति फेरि पहिलो पटक चुनाव नहुँदाको स्थितिमा पुग्नेछ। कूल ५९८ सभासद मध्ये साढे ४ सयभन्दा बढी (दुई तिहाई बढी)ले भोट नदिने हुँदा पनि चुनाव भइरहन्छ भने के गर्न सकिन्छ र भन्या ?

Monday, September 20, 2010

जब 'ठहर', 'सदर' हुन्छ भने..

By Landscope Pill, on September 21th, 2010

‘कान्तिपुर काण्ड अदालतमा थापा थुनामा’ माइसंसारको हेडलाइनपछि यस प्रकरणमा केही त लेखौँ भन्ने लाग्यो। अझ पत्रकार र प्रभावशाली मिडिया हाउस संलग्न भएको केस भएर हुन सक्छ, यो प्रकरणका समाचारहरु पत्रपत्रिकाले छापेका छैनन्- यो कमेन्टले नलेखिरहन मन मानेन।

हो, विकास थापा थुनामा जाने गरी अदालतले दिएको फैसलाले माइसंसारले उठाएका अनगिन्ति प्रश्नहरुको उत्तर दिएको छैन। हाम्रो अदालतका फैसलाहरु कहीँ न कहीँबाट प्रभावित हुने पुरानो रोग तथाकथित वर्तमान नयाँ नेपालको न्यायलयमा समेत पुनरावृत भएको छ – पत्रकार विकास थापाको जेल चलानसँगै। मिडिया हाउसको ठहर – न्यायालयको सदर, खासमा काल पल्क्यो भन्ने गम्भीर सबक हो सबैलाई।

‘माइसंसारकै हरफ सापटी लिएर हेरौँ न- न्यायाधीश शेखरप्रसाद पौडेलको निर्णय आयो –कान्तिपुरका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सम्पादक सुधीर शर्माको पत्र हेर्दा विकास थापा निर्दोष रहेको देखिएन्।’ बस, गडबडी भएको तथ्य श्रीमानको यही वाक्यांशले स्पष्ट पारेको छ नि त!

हामीलाई अदालतका फैसलाहरुलाई आलोचना गर्न हक छैन। यसबारेमा के उपाय हुन सक्छ, पत्रकार महासंघहरुले भोलिका दिनमा कुनै गुञ्जायस निकालुन् भन्ने अपेक्षा मात्रै राख्न सकिन्छ। तर फैसलाहरु कहाँबाट कसरी प्रभावित हुन्छन् भन्ने तथ्य भेट्टाउने खालको खोजी पत्रकारिता आवश्यक छ– नेपाली मिडियामा, खासगरी अहिलेको तन्नेरी पत्रकार पुस्तामा भन्ने एक शिक्षा हो – यो प्रकरण। विकासजीको केस नै चुनौतीसँग खेल्न चाहने पत्रकारका लागि प्रस्थान विन्दु केस बन्न सक्छ। यतातिर जाँगर चलाए हाम्रो पेशाकै पक्षमा योगदान हुनेछ।

बडा ताजुबलाग्दो कुरा नि विकासका पक्षमा फैसला आएन भन्ने हैन, विकासमाथिको षड्यन्त्र चिर्ने हिम्मत अदालतसम्ममा पनि देखिएन। हाम्रो न्यायलयको कठोर बिडम्बना यही हो। फेरि विकास थापा एक चानचुने पत्रकार मात्रै पनि हैन। नेपालको सेतो सुन पानीलाई राष्ट्रिय हितमा प्रयोग गर्ने गरी उनले आजसम्म जति लेखे, त्यसले झोलामा खोला बोकेर हिँड्ने र देशको पानी विदेशीको खानी बनाउनेहरुको मन मस्तिष्कमा
ढ्याङग्रो ठोक्यो। आदरणीय अग्रज राजेन्द्र दाहाल (हाल राष्ट्रपतिका प्रेस सल्लाहकार) पछि पानीका मामलामा राष्ट्रिय हित खोजेर लेख्ने दृष्टि, क्षमता र जानकारीका भण्डार नै हुन् – विकास। विकास जेलचलान हुँदा उनका प्रतिवादीहरु वा एनजिओवाला महिलावादीहरुले त के खुसी भएका भन्ने? असली खुसी त जल माफियाहरुले मनाइरहेका छन्। जल माफियाहरुलाई अहिले साँच्चै खुदो पल्टेको छ। एउटा साहसी कलमको निब भाँच्न सकेकोमा, बजार मा धेरै मदिरा बिक्री बढेको छ, रेष्टुँरे बैठकहरु बढेका छन्। विकासलाई
जेल चलान गर्न जलमाफियाहरुले चलखेल गरेनन् भनेर सायदै कसैले विश्वास गर्नसक्छ। प्रयत्‍न निरन्तर गर्नुपर्छ कि यस्ता तथ्यहरु कम्तिमा तन्नेरी पुस्ताका पत्रकारले उदघाटन गर्नुपर्छ।

व्यक्तिगत रुपमा वा व्यवसायिक रुपमा यस प्रकरणमा मुछिएका पात्र वा संस्थाप्रति कुनै पूर्वाग्रह वा आक्षेप छैन। त्यतापट्टी कसैलाई आघात परेका हदसम्म अग्रिम क्षमाप्रार्थी हुँदाहुँदै पनि हामीले लेख्‍न, सुनाउन, देखाउन सक्नुपर्छ, निर्णयभित्रका अदृश्य निर्णयहरु। पुनरावेदनले पुर्पक्षमा नराखी मुद्दा लड्ने आदेश विकासजीका पक्षमा देला या नदेला? त्यो पनि श्रीमानहररुकै तजबिजको कुरा भो! तर एउटा सक्रिय पत्रकार झेलबाट जेल जाने प्रवृत्तिप्रति सबै सचेत हुनुपर्छ, हुनु परेन र ?

Sunday, September 19, 2010

'सेभ द हिमालय' कार्यक्रम विवादित

By Landscope Pill, on September 19th, 2010

दिपक वोहोराले पवर्तारोहीहरुसँग १५ लाख रुपैया असुले

अपडेट: उक्त कार्यक्रममा लैजाने आश्वासन दिँदै वनमन्त्री दिपक वोहोराले पवर्तारोहीहरुसँग १५ लाख रुपैया असुलेर आफु मात्रै अमेरिका आएको तथ्य वाहिर आएको छ । वोहोराले यालीमा सहभागी हुन भनि १० जना पर्वतारोही मध्येबाट जनही १ लाख ५० हजारको दरले उठाएका थिए । आरोहीको नाम बेचेर मन्त्रीले फट्याइँ गरे, पैसा फर्काउने अत्तोपत्तो छैन,’ कीर्तिमानी आरोही पेम्बादोर्जी शेर्पाले भने, ‘मन्त्रीको व्यवहारले अपमानित महसुस गरेका छौं।’ ‘राष्ट्रले सम्मान गर्नुपर्ने व्यक्तिलाई मन्त्रीजस्तो गरिमामय पदमा बसेका व्यक्तिले नै ठग्ने? कति लज्जाको कुरा हो,’ सबैभन्दा बढ़ी उमेरमा सगरमाथा आरोहण गरेका मीन बहादुर शेरचनको आक्रोश थियो । यसैगरि अमेरिकी दुतावासलाई पत्र लेख्दा आरोहीहरुको वसोवास खर्च सबै एनआरएन अमेरिका, युएसएड नेपाल, नेपाल पर्यटन बोर्ड, ग्रिन भेन्चर्स नेपाल र डब्लुडब्लुएफ नेपालले बेहोर्ने उल्लेख छ । तर बनमन्त्रीले प्रत्येक आरोहीसँग पैसा असुलेका छन् । जसले गर्दा आरोहीहरु भिसा पाउनबाट वन्चित भएको हुनसक्ने आरोहीहरुको आशंका गरेका छन् ।

जलवायु परिवर्तनको कारण हिमालयको हिउँ पग्लिन थालेकोले ‘हिमालय वचाउन’ विश्वको ध्यान आकृष्ट गर्ने उदेश्यले न्यूयोर्कको संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडी सेप्टेम्वर १२ तारेख मंगलबार गर्न लागिएको ‘सेभ द हिमालय’ कार्यक्रम विवादित बनेको छ । उक्त कार्यक्रम गर्ने दिन सगरमाथा आरोहि नेपाली शेर्पाहरुले हिमाल आरोहण गर्ने पोशाकमा मार्चपास र प्रर्दशन गर्ने र अन्य सहभागीहरुले प्लेकार्ड र व्यानर सहित रयाली गर्ने कार्यक्रम थियो । तर अमेरिकामा रहेका २३ जना नेपाली सगरमाथा आरोहीहरुले आज एक विज्ञप्ती प्रकाशित गरि उक्त कार्यक्रममा सहभागीता नजनाउने भएका छन् । उनीहरुद्वारा प्रकाशित विज्ञप्तीमा उक्त कार्यक्रमलाई ‘मन्त्री दिपक वोहोराको संलग्नता र अमेरिकामा रहेका केहि टाठाबाठा भनाँउदा गैह्र पर्वतारोहीहरुको मिलोमतोमा राष्ट्रको ढिकुटी रित्याउन गरिएको घृणित खेल’ भन्दै उक्त कार्यक्रममा आफ्नो संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

सेभ द हिमालयज कार्यक्रम नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र गैह्र आवासीय नेपाली संघ एनआरएन अमेरिकाको संयुक्त पहलमा चार महिना अगाडि शुरु भएको थियो । उक्त कार्यक्रमको नेतृत्व अमेरिकामा बसोबास गर्ने पहिलो नेपाली सगरमाथा आरोही पत्रकार आंड्छिरी शेर्पा र सह संयोजक टेक गुरुंग सह संयोजक विनोद शाह छन् । उक्त कार्यक्रम अन्र्तगत हिमालय क्षेत्र वचाउन भन्दै केहि समय पहिले अनलाइन मार्फत हस्ताक्षर संकलन गर्न शुरु गरिएको छ । उक्त कार्यक्रमलाई नेपालको वन मन्त्रालय र विभिन्न गैह्र सरकारी संघसंस्था र अमेरिकाका विभिन्न संघ संस्थाले सहयोग गर्ने जनाइएको थियो ।

कार्यक्रममा भाग लिन भनि नेपालबाट वनमन्त्री दिपक बोहोरा विहिवार काठमाडौंबाट न्युर्योकको लागि उडिसकेका छन् । कार्यक्रममा भागलिन मन्त्री बोहोराले जम्वो टोली लिएर अमेरिका आउन लागेको भनि समाचार कान्तिपुरमा प्रकाशित भएपछि मन्त्री बोहोरा एक्लै उक्त कार्यक्रममा सहभागीता जनाउन आएको कान्तिपुरले लेखेको छ । मन्त्री बोहोराले गत सालको कोपेनहेगन सम्मेलनको अवसरमा हिमाल वचाउ अभियानमा भाग लिन आफ्ना श्रीमती छोरा नाती नातीना पार्टीका कार्यकर्ता लिएर गएका कारण उक्त कार्यक्रम पनि त्यतिवेला निकै विवादित वनेको थियो ।

त्यसै गरि कार्यक्रममा सहभागी हुन आउन लागेका सगरमाथा आरोहीहरु गोकुल थापा मीन वहादुर शेरचन दावा ग्याल्जेन शेर्पा ल्हाक्पा रेम्डु शेर्पा मिङ्मा दोर्जी शेर्पा मिङमार शेर्पा डवाङ् दोर्जी शेर्पालाई अमेरिकी दुतावासले भिसा दिएको थिएन । आरोहीको भिसा रोकिएकोमा नेपाल पर्वतारोहण संघ सगरमाथा आरोहण संघले सरकारी लाचारीको परिणाम भएको भन्दै दुख व्यक्त गरेका छन् ।

विज्ञप्ती प्रकाशित गर्ने सगरमाथा आरोहीहरुमा काजी शेर्पा, किपा शेर्पा, पासागं छिरिगं शेर्पा, लाक्पा गेल्जे शेर्पा, पासागं रिन्जी शेर्पा, आंग पुर्वा शेर्पा, छुलडिम नुर्वु शेर्पा, आंगछिरी शेर्पा, तेन्जीगं शेर्पा, मिड्मा नुरु शेर्पा, पासांग शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा शेर्पा, पासांड कामी शेर्पा, लाक्पा नुरु शेर्पा, मिङमार छिरिगं शेर्पा, कामी शेर्पा, पेम्वा दोर्जी शेर्पा, जाङ्बु शेर्पा, रिन्जी शेर्पा, लाक्पा गेलु शेर्पा, लामा जाङ्बु शेर्पा, पासाङ लमु शेर्पा छन् ।

Friday, September 17, 2010

मेरी प्रियको नाममा रचना गरीएको यो कविता

म यहि डिलमा उभिएर सुनाउन चाहन्छु ।
याँहाको हावालाई
मेरी प्रियको नाममा रचना गरीएको यो कविता ।

लैजान्छु म तिमिलाई मेरो जन्म गाउँ
त्यो पहाड पारी मैले खेल्ने ठाउँ
लेउ लाग्ने ढुङ्गा बल्छि थाप्ने खोला
देखाउनु छ मैले सिमल छर्ने चौर

तुवालोले ढाकिरहला भाले सँगै उठौला
हुस्सुले छोपिरहला झर्ना सँगै हिडौला
वादलले छेकिरहला बुनिएर छत्रि ओडौला ।

उकालिको चिप्लो ढुंगा ओरालिको चिसो छाँया
मृग सँगै कुदौला पसिना निचोर्दै डाफे सँगै उडौला

सिउरी दिउँला तिमीलाई सुनाखरी सुनगाभा
लैजान्छु म तिमीलाई मेरो डाँडा काँडा

कतिले छाडे आफनो जन्मगाउँ
कतिले त्यागे माया गर्ने ठाउँ
जता पनि म देख्छु गाउँ छाडनेहरु
जहा पनि म भेटछु माया मार्नेहरु
पुछिएको सिउँदो झै म जन्मेको पहाड

वसन्त त आवोस रङ्गीएला गुँरास
लैजान्छु म तिमीलाई म जन्मीएको गाउँ
लैजान्छु म तिमीलाई म जन्मीएको गाउँ

काँग्रेसको कार्यक्रममा प्रचण्डले हुटिङ खाँदा

By Landscope Pill, September 18th, 2010


काठमाडौँको यो खुल्लामञ्चबाट माओवादी अध्यक्ष प्रचण्डले निकै भाषण गरेका छन्। को हो त्यो रुक्माङ्गद कटवाल भनी प्रधानसेनापतिलाई चुनौति दिनेदेखि लिएर भारतलाई ललकार्नेसम्मका अनि सुकिलामुकिलाको विवादास्पद भाषण उनले यही मञ्चबाट गरेका हुन्। उनले मञ्चबाट भाषण गरिरहँदा उनका अगाडि आफ्नै प्रतिवद्ध कार्यकर्ताहरु हुन्थे, जसले उनलाई हौस्याइरहेका हुन्थे। तर जीवनमा पहिलो पल्ट उनी यही मञ्चमा फरक स्थितिको सामना गर्दै थिए। उनका अगाडि उनका कार्यकर्ता हैनन्, उनका प्रतिद्वन्द्वी पार्टीका कार्यकर्ता थिए, जसले उनलाई हुटिङ गरे। के बोलेका थिए उनले र कसरी भयो हुटिङ- भिडियो हेर्न भित्र आउनुस्।

भिडियोको सुरुमा काँग्रेस महाधिवेशनमा सभापति पदका दुई उम्मेदवार शेरबहादुर देउवा र सुशील कोइरालाले भीडलाई हात हल्लाई अभिवादन गरेको देखिन्छ। त्यसपछि गीतमा कार्यकर्ता नाच्दै रमाउँदै गरेको देख्‍न सकिन्छ। अन्तिममा प्रचण्डको भाषण देखिन्छ। प्रचण्डले गिरिजाप्रसाद कोइरालाले आफूलाई शान्ति प्रक्रियामा ल्याएको हैन, हामी दुई मिलेर शान्ति प्रक्रिया सुरु गरेको भनेर भन्न लाग्दा हुटिङ भएको थियो।

Sunday, September 12, 2010

फेसबुक सन्देशले पार्‍यो फन्दामा

जाल्पा खालिंग 2010-09-10
भदौ १५ (एपी)- आफ्नी गर्लफ्रेन्डको फेसबुक पेजमा एउटा सन्देश देखेपछि यातना दिँदै चार दिनसम्म थुनेको अभियोगमा क्यालिफोर्निया निवासी एक पुरुषलाई प्रहरीले हिरासतमा राखेको छ।

३६ वर्षका एन्थोनी लोजान्जोलाई अपहरण, बन्धक, यातना लगायत अन्य अभियोगहरु लगाइएको छ।

प्रहरी अधिकारीहरुका अनुसार आफ्नी २३ वर्षकी गर्लफ्रेन्डको फेसबुकमा कसैले राखेको एउटा सन्देश देखेपछि क्रुद्ध भएर उनले कपाल तान्दै घिसारेर मार्ने धम्की दिँदै डोरीले बाँधेर राखेका थिए।

उनले त्यसरी यातना दिँदा घरमा दम्पतिको र झड्केलो बच्चासमेत रहेका थिए।

Saturday, September 11, 2010

एक्काइस नाघेपछि

By Landscope Pill, on September 11th, 2010

त्यो रात उनीहरुसँगै भए एकै कोठामा। रविले Johana को मुलायम कपाल खेलाइरहेको थियो, अनि घरीघरी टाउको मुसारिदिँदै थियो। Johana को टाउको बिस्तारै रविको ओठतिर लम्कियो, दुबैका मुख परस्पर जोडिए। एकाएकै Johana ले रविले कसिसकेको आफ्नो शरीरलाई फुत्काउँदै भनिन्- Otros 2 meses mas (अरु थप दुई महिना)। रविले केही बल नगरेको होइन, तरै पनि no tengo 21 anos, si tuviera 21 anos no podriamos hacer cosas sin sentido (म अझै २१ पुगेकी छैन, २१ पुग्नु अगावै कुनै पाप काम गर्नु हुँदैन) भनेपछि रवि बिस्तारै सेलाउन पुग्यो। आफूमा जागिसकेको पुरुषत्व त्यतिकै मार्नु पर्दा पनि उसको मन प्रफुल्लित भएर आयो। आफ्नी प्रेमिकाको दृढ़ता देखेर खूब रमायो भित्रभित्रै। धेरै इज्ज़त दिन मन लाग्यो, आदर भाव जागेर आयो उसकी प्रेमिकाप्रति। Sorry को शव्दसँगै Flying kiss पायो पल्लो खाटबाट।

तुलना गर्‍यो उसले नयाँ प्रेमिका र नेपालकी प्रेमिका बीच। उता साँझको जुठो भाड़ो गर्न सघाउने बित्तिकै रविना उन्मत्तिदै भन्ने गर्थी, ‘के छ विचार …? अनि त्यसपछि …..अनि त्यसपछि …….।

तर एउटा घटनाले रविले फेरि यता र उताकी प्रेमिकाबीच तुलना गर्न बाध्य भयो। र बुझ्यो वास्तविकता। कस्तो घटना थियो त्यो?

Tuesday, September 7, 2010

भगवानमा भेदभावः कति उचित ?

By Landscope Pill, on September 8th, 2010

भगवानका लागि त सबै भक्त बराबरै हुनुपर्ने हो। तर हिन्दु आराध्यदेव पशुपतिनाथको मन्दिरमा भने अब सबै भक्त बराबर नहुने अवस्था आयो। अलिकति पैसा छ भने भगवानको दर्शन गर्न प्राथमिकता पाइने, पैसा छैन भने कुरेर बस्नु पर्ने। भगवानसम्मको पहुँचका लागि पनि अब पैसा नभई नहुने भो। पैसा हुने र नहुने भक्तजनबीच विभेद कायम हुने भो। तपाईँलाई के लाग्छ, भगवानको दर्शन गर्न हुने यो भेदभाव कतिको उचित हो? आफ्नो विचार तल कमेन्टमा लेख्‍नुहोला।

पशुपतिमा निश्चित रकम तिरेर दर्शन गर्ने ‘सुविधा’ पशुपति क्षेत्र विकास कोषले गएको शिवरात्रीदेखि सुरु गरेको हो। अब त्यसलाई यसपालिको तीजमा पनि निरन्तरता दिन लागिएको रहेछ।

सुविधा लिन हजार रुपैयाँको टिकट काट्नु पर्छ। हजार रुपैयाँको टिकट काटेपछि ‘हजारिया’हरुको दर्शनका लागि छुट्टै ढोकाको व्यवस्था हुनेछ। त्यहाँ सरासर जाने, अनि पूजा गर्ने, फर्कने रे। ‘फोकटिया’ हरु भने घामपानी नभनी लाइनमा उभिएर बस्नुपर्छ।

पैसा हुनेहरुलाई त सजिलै हुने रहेछ। नत्र त पैसा हुने होस् कि नहोस्, सबै एउटै लाइनमा बस्नुपर्थ्यो।

कोषले यस्तो सुविधा दिएपछि लामो लाइनमा बस्न नचाहनेहरु पनि दर्शन गर्न आउने र यसले दर्शनार्थीहरुको संख्या बढ्ने तर्क दिएको छ।

Sunday, September 5, 2010

तुहिएको सपना बोकेर हिंडेको म अनि तुहिएका मेरा सपनाहरु

By Landscpoe Pill
तुहिएको सपना बोकेर हिंडेको म अनि तुहिएका मेरा सपनाहरु
खै के गरेर तुहाएं मैले , खै के भएर तुहियो त्यो ?
पोहोर नै गर्भ धारण भएको त्यो सपना
यसपाली त देखन पाउँला भनेको थिएँ
तर खै त तुहिएछ र देखन पाइन l सायद,
गर्भमै छँदा कहीं कतै ठोक्कियो होला , रत तुहियो त्यो
पोहोर गर्भधारण गरेको त्यो सपना त यसपाली सम्म पनि पाउन सकिन
हिजो अस्ति बसेको यो सपनत झन् के देखुंला र खै !

तुहिएको सपना बोकेर हिंडेको म अनि तुहिएका मेरा सपनाहरु

By Landscpoe Pill
तुहिएको सपना बोकेर हिंडेको म अनि तुहिएका मेरा सपनाहरु
खै के गरेर तुहाएं मैले , खै के भएर तुहियो त्यो ?
पोहोर नै गर्भ धारण भएको त्यो सपना
यसपाली त देखन पाउँला भनेको थिएँ
तर खै त तुहिएछ र देखन पाइन l सायद,
गर्भमै छँदा कहीं कतै ठोक्कियो होला , रत तुहियो त्यो
पोहोर गर्भधारण गरेको त्यो सपना त यसपाली सम्म पनि पाउन सकिन
हिजो अस्ति बसेको यो सपनत झन् के देखुंला र खै !

Saturday, September 4, 2010

महराले ५० करोड मागेकै हुन् त?

By Lansdscope Pill, on September 4th, 2010

माओवादीको विदेश विभाग हेर्ने नेता तथा पूर्वमन्त्री कृष्णबहादुर महरा र एक जना चिनियाँको भनिएको टेलिफोन वार्ताको अडियो हिजो राति सार्वजनिक भएपछि अहिले यो विषय चर्चाको शिखरमा छ। टेपमा सबैभन्दा रोचक विषय प्रत्येक सभासदका लागि एक करोड रुपैयाँका दरले ५० जनाका लागि ५० करोड रुपैयाँ मागिएको छ।

भारतीय लगानीमा भारतीय भूमिबाट प्रसारण हुने नेपाली भाषाको टिभी च्यानल नेपाल वनले हिजो राति यो टेलिफोन वार्ता सबैभन्दा पहिले प्रसारण गरेको थियो। त्यसपछि नेपालका केही सञ्चार माध्यमहरु र अहिले त भारतका सबैजसो सञ्चारमाध्यममा यो विषयले प्राथमिकता पाउँदैछ। नेपालीलाई त यो नौलो कुरा नै हैन, भारतले सांसदहरुलाई पहिलेदेखि नै किनबेच गर्ने गरिआएकै थियो, अहिले चीनले पनि गरेछ ? ए….त्यति भन्नु बाहेक अरु चासोको सामान्य नेपालीलाई छैन भने हुन्छ। तर लाग्छ भारत र भारतीय मिडियालाई नेपालीको भन्दा चासोको विषय बनेको छ यो।

चिनियाँ दूतावास र महरा दुवैले सार्वजनिक भएको वार्ता झुटो रहेको जिकिर गरेका छन्। के हुन सक्ला त यसको वास्तविकता?

यसको वास्तविकता खोतल्नुअघि सुरुमा त्यो विवादास्पद अडियोलाई नै ध्यान दिएर सुनौँ। अडियो दुई भागमा रहेको छ।

अडियोको पहिलो अंश सुन्न क्लिक गर्नुस्-

अडियोको दोस्रो अंश सुन्न क्लिक गर्नुस्-

के छ अडियोमा?
अडियोमा दुई जनाको कुराकानी छ। दुवै त्यति अंग्रेजी स्पष्ट बोल्न सक्दैनन्। एउटाको आवाज महराको हो कि हो कि जस्तो सुनिन्छ। तर महराको अंग्रेजी बोली सार्वजनिक रुपमा त्यति नसुनिएको हुँदा उनकै आवाज हो यो भनी ठोकुवा भने गर्न सकिने स्थिति छैन। अर्को व्यक्तिलाई मिडियाले चिनियाँ शैलिमा बोल्ने भनेका छन्। चिनियाँले बोलेको अंग्रेजी भाषा सुनिरहेकाहरुले यसको पुष्टि गर्न सक्लान्, के यो बोलीमा चिनियाँ शैली (accent) झल्किएको छ ? उनी को हुन्, यो अडियो सार्वजनिक गर्नेले समेत बताउन सकेको छैन।

दुईको कुराकानीमा नेपालको राजनीतिक अवस्था, सांसद किनबेचको कुरा र सांसद किन्न पैसाको सहयोग, पैसा कहाँ बुझाउने/लिने आदि बारेमा कुरा गरिएको छ।

कहाँबाट आयो अडियो?
निस्सन्देह यो अडियोको स्रोत भारतीय एजेन्सी हुन्। भारतले नै यसलाई सार्वजनिक गर्न लगाएको हो। किनभने यो अडियो सबैभन्दा पहिले भारतीय मिडियाले नै प्रसारण गर्‍यो। भारतीय मिडिया र भारतीय लगानी भएको नेपाली मिडियामा नै अहिले यसबारे सबैभन्दा चासो व्यक्त गरिएको छ।

अडियोको प्रसारण सबैभन्दा पहिले नेपाल वन टेलिभिजनले गरेको हो। नेपाल वन नेपाली भाषामा प्रसारण हुने भए पनि भारतबाट प्रसारण हुने भारतीय लगानीको भारतीय टेलिभिजन हो। भारतीय दृष्टिकोणका समाचार यसमा प्रसारण हुने गर्छन्। यो टेलिभिजनले माओवादीले सांसद खरिद गर्न पैसा खर्च गरेको आरोप लगाएको यो पहिलो पटक हैन। माधवकुमार नेपालले राजीनामा नदिँदै अविश्वास प्रस्ताव ल्याउन माओवादीले ठमेलको होटलमा यति करोड पैसा राखेको छ भन्दै समाचार प्रसारण गर्ने च्यानल पनि नेपाल वन नै हो। नेपाल वनको समाचार कति विश्वसनीय हुन्छ भन्ने कुरा त एसएलसीको रिजल्ट बारे यसले प्रसारण गरेको समाचारले पनि प्रष्ट पार्छ। रिजल्ट आउनु केही दिनअघि नै यसले रिजल्ट आइसकेको समाचार प्रसारण गर्दा निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पछि यस्ता हल्लामा विश्वास नगर्न आग्रह समेत गर्नुपरेको थियो। भारतीय च्यानल भएकोले हाकाहाकी झुठो समाचार दिँदा पनि नेपाल वनलाई कुनै कारबाहीको दायरामा ल्याउन भने सकिएन।

नेपाल वन टेलिभिजन बारे थप जानकारी यो ब्लगमा छ।

महराले ५० करोड मागेका होलान् त?
त्यसो त यो आवाज महराको हो कि हैन भन्ने पुष्टि हुन बाँकी छ। तर नेपालका सांसदहरु खसीबाख्रा जस्ता किनबेच हुन्छन् भन्ने नेपालीहरुलाई थाहा नभएको हैन। त्यसैले यो नहोला भनी भन्न सक्ने स्थिति छैन। भारतले सांसद किनबेचमा खेलेको भूमिका महाकाली सन्धिदेखि त्यसपछिका दिनहरुमा कसैबाट लुकेको छैन। चीन भने यो मामिलामा मुछिएको थिएन, अहिले मुछियो फरक यति मात्र हो। के चीनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन त्यत्रो खर्च गर्न तयार भयो होला त ? चीन र भारतबीच यतिबेला सम्बन्ध राम्रो छैन। उत्तरी छिमेकीसित नेपालले सम्बन्ध निकट बनायो भने सबैभन्दा टाउको भारत कै दुख्छ। नेपालमा हुने भारतीय चलखेलले तिब्बतलाई पार्ने असरप्रति चीन बढी सचेत छ। तर कुनै पार्टीका व्यक्तिलाई प्रधानमन्त्री बनाउन यसरी सांसद खरिद बिक्रीका लागि चीन पैसै खर्च गर्न तयार हुने कुरा भने कसैको अनुमानमा थिएन।

अडियोमा भएका केही कुराकानीले भने दालमा कालो भएको संकेत दिन्छ। उदाहरणका लागि अडियोको एक अंशमा पछिल्लो पटक हङकङमा प्रचण्ड र महरा जाँदा मिडियामा भएको चर्चा, हङकङमा बढी नेपाली भएकोले थाहा हुने जस्ता कुरा गरिएको छ। पछिल्लो पटक (गिरिजा जिउँदै रहँदा) अकस्मात् प्रचण्ड हङकङ किन गए भन्ने कसैलाई थाहा छैन। त्यहाँ उनले कसलाई भेटे भन्ने कुरा पनि कसैलाई थाहा छैन।

यो अडियो साँचो हो भने?
यो अडियो यदि साँचो हो भने नेपालमा भारतीय जासुसी कति भित्रसम्म छिरेको छ भन्ने प्रष्ट हुन्छ। कुनै एक पार्टीका नेता र कुनै देशका कुटनीतिज्ञको गोप्य कुराकानी सजिलै विदेशमा पुग्दो रहेछ। कसैको पनि व्यक्तिगत गोपनीयता सुरक्षित छैन भन्ने यसले प्रष्ट पार्छ।

यो अडियोमा उल्लेख गरिएका व्यहोरा सही हो भने ५० करोड रुपैयाँ माओवादीको पोल्टामा परिसकेको हुनुपर्छ र किनबेचका लागि सांसद समक्ष पनि पुर्‍याइसकेको हुनुपर्छ। त्यो हो भने त २० गतेको निर्वाचनमा बहुमत माओवादी कै आउनु पर्छ।

यो अडियो साँचो हो भने अब नेपाल दक्षिणी प्रभुबाट मात्र हैन उत्तरी प्रभुबाट पनि सञ्चालित हुन थाल्नेछ। दुई प्रभुहरुको द्वन्द्वको मारमा बिचरा नेपाली शान्तिभूमि पिल्सिने छ। यो अडियो साँचो हो भने चिनियाँ प्रभाव बढेकोले त्यसलाई हटाउन वा कम गर्न चीनले ५० करोड खर्च गरे भारतले एक अर्ब खर्च गर्नुपर्ने स्थिति आउनेछ। सभासदहरु मालामाल हुनेछन्।