Friday, December 31, 2010

तिमीलाई देउता मानेर

तिमीलाई देउता मानेर
प्राण भन्दा प्यारो ठानेर
तिम्रै पुजा गरि रहेछू
तिम्रै पिरमा जलिरहेछु
बिन्ती मलाई नछोड

तिम्रो घरको संघार टेकन चाहन्छु
तिम्रो नै खुसी देख्न चाहन्छु
नराम्रो नसोच अकैलाई नरोज
बिन्ती मलाई नछोड
तिमिलाई देउता मानेर


त्यै हातबाट सिउदो भर्न चाहन्छु
तिम्रो नै काखमा मर्न चाहन्छु
बाचा नतोड बाटो नमोड
बिन्ती मलाई नछोड
तिमीलाई देउता मानेर

स्वर अन्जु पन्त

Wednesday, December 29, 2010

सक्रिय तिमी

Bhumi Thulung
बिना वैरी सक्रिय तिमी
कहिले मनोमानी, कहिले क्षण क्षण
सताउने बिना वैरी सक्रिय तिमी l

सुन्यतामा लुकिरहंदा चलाउने,
रफ्तारमा दौडीरहंदा भुलाउने
बिना वैरी सक्रिय तिमी l
रुँदा रुँदै हँसाइदिने हाँस्दा हाँस्दै
विक्षिप्त बनाइदिने
अनि,
जिउँदा जिउंदै मारिदिने
बिना वैरी सक्रिय तिमी l

मैले मायाँ उदघोस गर्दा
समापन सुनाउने,
बिना वैरी सक्रिय तिमी
बल्ल बल्ल लाएको मायाँ जलाउने
अनि,
मलाई मन नहुँदा नहुँदै चलाउने
बिना वैरी सक्रिय तिमी l
कहिले मनोमानी, कहिले क्षण क्षण
सताउने बिना वैरी सक्रिय तिमी l

Tuesday, December 28, 2010

तिमी मेरो चन्द्रमा

तिमी मेरो चन्द्रमा जूनेली रातको
कस्तो शितलता ओहो तिम्रो साथको
हल्का तिम्रो किरणले भिजाई तन मन
बुझयौ यो प्यास यो मेरो मनको


सारा संसार बिरानो लाग्न थाल्यो
तिमी आउने रात उज्यालो लाग्न थाल्यो
निन्द्रा मेरो सधै नै भाग्न थाल्यो
मनमा अनौठो के रहर जाग्न थाल्यो
बनि मेरो ढुकढुकि आखामा छाउन
कुनै मिठो आज मलाई कहानी सुनाउन
तर घरी घरी खेली लुकामारी यो मन त नजलाउन
तिमी मेरो चन्द्रमा........

लुकाएर तिमीलाई आफु भित्र
फेरी त्यहि छु म त त्यो रातको चित्र
तिमी सगै हुनेछु दिनमा पनि म कुरु कति रात कहिले होला भनि म तिम्रो मेरो साथ यो सधैलाई हुने छ
मेरो मनको धर्तिले तिम्रो आकाश छुने छ
आउ हामी दुबै अब एकै बनौ इतिहास नँया लेखिने छ 
तिमी मेरो चन्द्रमा.................. 

शब्द संगित काली प्रसाद बास्कोटा

Saturday, December 25, 2010

किरातहरुको महान चाड उधौलीको माहोल

भुमि थुलुङ्ग काठमाडौं ।
किरातहरुको महान चाड उधौली (साकेला सिली) हर्षोल्लासका साथ मनाईएको छ । उभौली र उधौली गरी वर्षको २ पटक किरात समुदायले मनाउने यो चाडमा आफ्नो मौलीक भेषभुषा लगाएर ढोल झ्याम्टा आदी वाजागाजा वजाउदै गोल आकारमा गीत गाउदै नाचिन्छ । उभौलि अन्तर्गत बैशाख पुर्णिमाको बुद्ध जयन्तीसगै मनाइन्छ भने उधौली भने धान्य पुर्णिमा मंसिर पुर्णिमा सगै मनाइन्छ ।
भुमिको पुजागर्ने यस चाडमा बैशाखे पुर्णीमामा आफुले लगाएको वालीनाली राम्ररी फस्टाओस् राम्रो  फल दियोस् रक्षा गरिदिनुस् भनि भुमि पुजा गरेर उभौली मनाईन्छ भने मंसिरे पुर्णीमामा आफुले लगाएको वाली राम्ररी सप्रियो राम्रो फल दियो भुमि माताले रक्षा गरिदिनुभयो हामी तपाइँ भुमि माता प्रति धन्य छौँ भनि पुन भुमि पुजा गरेर नाच गान गर्नुका साथै सुँगुरको मासु र कोदोको जाड पिएर आफन्तजन सँग शुभकामना साटासाट गदै रमाईलोका साथ मानिने यस पर्व शनिवार पनि काठमाण्डौँको टुडिखेलमा धुमधामका साथ मनाईयो ।




गाउँ घरमा विशेष गरी (पुणीमाको दिन) मात्र यो चाड मनाईन्छ । तर सहरमा भने करिव दुई हप्ता सम्म विभिन्न ठाउँमा मनाईदै आएको छ । काठमाडौमा पौष ६ गते पुर्णिमाको दिन नखिपोटमा साकेला सुरु गरीयो । किरात राई यायोख्खाको कार्यालयमा साकेलाको सम्पुर्ण कार्यक्रम समापन गरीनेछ । किरात राई यायोख्खा राई समुदायको मुख्य कार्यालय हो ।

I just called to say

Stevie Wonder

I just called to say

No New Year's Day to celebrate
No chocolate covered candy hearts to give away
No first of spring
No song to sing
In fact here's just another ordinary day

No April rain
No flowers bloom
No wedding Saturday within the month of June
But what it is, is something true
Made up of these three words that I must say to you

I just called to say I love you
I just called to say how much I care
I just called to say I love you
And I mean it from the bottom of my heart

No summer's high
No warm July
No harvest moon to light one tender August night
No autumn breeze
No falling leaves
Not even time for birds to fly to southern skies

No Libra sun
No Halloween
No giving thanks to all the Christmas joy you bring
But what it is, though old so new
To fill your heart like no three words could ever do

I just called to say I love you
I just called to say how much I care, I do
I just called to say I love you
And I mean it from the bottom of my heart

I just called to say I love you
I just called to say how much I care, I do
I just called to say I love you
And I mean it from the bottom of my heart, of my heart,
Of my heart

I just called to say I love you
I just called to say how much I care, I do
I just called to say I love you
And I mean it from the bottom of my heart, of my heart,
Baby of my heart



Jalpa Khaling

Monday, December 20, 2010

फेसबुकमा 'पोस्ट' गर्न नहुने १० कुरा

फेसबुकमा कति सूचना पोस्ट गर्नु राम्रो हुन्छ ? सोसल नेटवर्कको यो संजालमा राख्‍न हुने र नहुने कुराबारे विज्ञहरुले केही सुझाव दिएका छन् । डेभ ह्वाइटलेग्सले साथीभाईसँग भेटघाटका आधारमा फेसबुक रमाइलो भएपनि यो त्यत्तिकै डरलाग्दो पनि रहेको बताए। 'फेसबुकमा राखिने केही सूचना, तस्बिर आदिले तपाँईलाई खतरामा पार्न सक्छ। यतिसम्म कि अपराध वा त्यो भन्दा पनि डरलाग्दा कुरामा तपाँई जोडिनसक्नुहुन्छ।' उनले भने। डाटा मिनिङसम्वनधि यस्ता कतिपय कम्प्युटर प्रोग्राम छन् जसले जन्म मिति, फोन नम्बर या ठेगानको गलत प्रयोग गराइदिनसक्छ। उनले सुझाएका १० कुरा :

जन्म मिति र स्थान
जन्म मिति र स्थानको सुचनाबाट पहिचान चोरी गर्न सजिलो हुन्छ। ठाउँ र मितिका आधारमा पासवर्ड अनुमान गर्न सकिनेमात्र होइन त्यसलाई फेर्न पनि सक्छन्

आमाको बाबुपट्टिको थर
कतिपयले आमाको थरबाट तपाँईको वास्तविकता थाहा पाउन सक्छन्। उनीहरुले तपाँई पढेको स्कुल आदिको जानकारी यसैबाट थाहा पाउन सक्छन्।

ठेगाना
तपाँईले दिएको ठेगानाले तपाँईलाई सूचनाका चोरमात्र होइनन् घरमा आउने लुटेरालाई समेत सजिलो हुनसक्छ।

छुट्टिका कुरा
'म यति समय बाहिर छु' या '२ साता काठमाडौं बाहिर छु' जस्ता स्टाटसले तपाँई चोरलाई निम्ता दिइरहेको त दिइरहेको हुनुहुन्न ?

घरबारहिर निस्कने जानकारी
छोटो समयका लागि तपाँई बाहिरिँदै गरेको कुराले चोरलाई सघाएकै हुन्छ।


असान्दर्भिक फोटोहरु
जातीय घृणा, अश्लिल र कानुनले निषेध गरेका फोटोहरु नराख्‍नुस। तपाँईको हाकिमले तपाँईको फेसबुक स्टाटस हेरिरहेका हुनसक्छन्।

कमजोरी स्विकार
आफ्ना कतिपय कमजोरी वा गल्तीलाई फेसबुकमा नराख्‍नुस्। यसले पूरै जीवनलाई विगार्न सक्छ। आफूले गरेका गल्तो वा कुनै केटा वा केटीसँग गरेका रोमान्सलाई पोस्ट नगर्नुस्।

फोन नम्बर
फेसबुकमा फोन नम्बर राख्दा तपाँईलाई सामान बेच्न बसेकाहरुले हैरान पार्न सक्छन।

केटाकेटीको नाम
पेडोफिलहरुले यस्तो पहिचानको दुरुपयोग गर्न सक्छन्। बच्चाको पहिचान सार्वजनिक गर्नु ठिक होइन।
१०
पूरै प्रोफाइल
फेसबुकमा मात्र होइन, पोस्ट गरिएका प्रोफाइल गुगल सर्चमा पनि सजिलै फेला पर्छ। सबै कुरा खुलाएको प्रोफाइल राख्‍नु ठिक होइन। कुनै पनि कुरा सहि ठाउँमा मात्र दिनुपर्छ।

Sunday, December 19, 2010

त्रिचन्द्रमा यसरी भयो खुकुरी हानाहान

Monday, 20 December 2010 , Landscope Pill



medium text tool iconlarger text tool icon
काठमाडौं पुस ५ (नागरिक) - विद्यार्थी संगठनबीच झडप हुँदा त्रिचन्द्र क्याम्पसमा खुकुरी प्रहार भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीबीच भएको भडपमा अखिल समर्थक विरेन्द्र राउत गम्भिर घाइते भएका छन्। हात र खुट्टामा चोट लागेका उनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ। भर्ना खुल्ला गर्ने विषयमा अखिलले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएको विषयमा दुबै संगठनबीच विवाद हुँदा खुकुरी प्रहार भएको थियो।
अनेरास्ववियु सचिवालय सदस्य चुडामणि जोशीले मध्यान्ह् साँढे २ वजे नेविसंघ समर्थक विरेन्द्र गिरीले खुकुरी हानेको दावी गरे।

दुबैपक्षबीच झडप हुँदा अनेरास्ववियु समर्थकहरुले स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय तोडफोड गरी आगो लगाउने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरी पुरुषोत्तम कडरिया, समिक बडाल, उमेश आचार्य, सन्दिप पोखरेल, मधु न्यौपाने लगायत १० जनालाई पक्राउ गरेको थियो।

मध्यान्ह त्रिचन्द्रमा दुबै पक्षबीच झडप भएपछि अनेरास्ववियु समर्थकहरु रत्नराज्य क्याम्पस अगाडि भेला भएर नेविसंघ विरुद्ध नारावाजी गरेका थिए। उनीहरुले सडक अवरुद्ध बनाउँदै घटनामा संलग्नलाई कार्वाहीको माग गरेका थिए।

आरआर क्याम्पस अगाडि जम्मा भएका उनीहरु त्रिचन्द्र अगाडि पुग्दै नारावाजी गरेका थिए। प्रहरीले बाटोमा सवारी आवागमन अवरुद्ध बनाएको भन्दै अनेरास्ववियु समर्थक १० जनालाई पक्राउ गरेपछि उनीहरुले पक्राउ परेकाहरुको रिहाई र खुकुरी हान्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेका थिए।

त्रिचन्द्रमा नेविसंघ र एमाले निकट अखिलबीच पटक पटक झडप हुने गरेको छ। यस अगाडि भएको झडपमा गोली समेत चलेको थियो। गोली लागेर नेविसंघ समर्थक घाइते भएका थिए।

नेविसंघ क्रान्तिकारी झडप
आइतबार विहान पोष्टर टास्ने विषयमा भएको विवादमा नेपालटारमा रहेको ग्रामिण आदर्श बहुमखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीबीच झडप भएको थियो। क्याम्पसको नेविसंघ इकाईको प्रचारका लागी उनीहरुले टांसेको पोष्टर क्रान्तीकारी समर्थकहरुले च्यातेपछि दुबै संगठनबीच विवाद भएको थियो।

पोष्टर च्यातेको विषयमा विहान नौ वजे क्याम्पस कम्पाउण्ड भित्र अखिल क्रान्तिकारी समर्थकले नेविसंघ समर्थकलाई कुटेका थिए। प्रहरीका अनुसार क्रान्तिकारीको कुटपिटबाट नेविसंघ ईकाई सभापति सुशिल भट्ट, स्ववियू सभापति बढदेव झा र उज्ज्वल बुढाथोकी घाइते भएका थिए। घटनामा क्रान्तिकारीका २ जना समर्थक घाइते भएका थिए।

विद्यार्थीबीच कुटपीट भएपछि प्रहरीले हस्तक्षेप गरी खोजतलास गर्दा क्याम्पस परिसरभित्रबाट खुकुरी, छुरी र क्रान्तिकारीको चन्दा प्याड बरामद भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको अभियोगमा प्रमोद बिक्रम श्रेष्ठ, प्रकाश डंगोल, श्रवणकुमार डंगोल, रामशरण डंगोल, मनोज अधिकारी र सम्पूर्ण अधिकारीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।

Kirat History and Culture

Nepal is a very ancient country, which was ruled by many dynasties in the past. Among them, the Kirat rule is taken as a very significant one, being the longest period that extended from pre-historic to historic period. In ancient Hindu scriptures, Nepal is referred as the "Kirat Desh" or "the Land of Kirats".
When the 28th Kirat King Paruka was ruling in the valley, the Sombanshi ruler attacked his regime many times from the west. Although he successfully repelled their attacks, he was forced to move to Shankhamul from Gokarna. He had built a Royal Palace called "Patuka" there for himself. The Patuka Palace is no more to be seen, except its ruins in the form of mound. "Patuka" had changed Shankhamul into a beautiful town. The last King of the Kirat dynasty was Gasti. He proved to be a weak ruler and was overthrown by the Sombanshi ruler Nimisha. It brought to the end of the powerful Kirat dynasty that had lasted for about 1225 years. 


After their defeat, Kirats moved to the eastern hills of Nepal and settled down divided into small principalities. Their settlements were divided into three regions; namely, "Wallo-Kirant" or "near Kirant" that lied to the East of Kathmandu, "Majh-Kirat" or "central Kirat" and "Pallo-Kirat" that lied to the far east of the Kathmandu valley. These regions are still heavily populated by Kirats. Rai(Khambu) are the inhabitant of near and central Kirat. Although, they are also quite densely populated in "pallo-Kirat".
By religion, Kirats were originally nature worshippers. They worshipped the sun, the moon, rivers, trees, animals and stones. Their primeval ancestors are Paruhang and Sumnima. Hinduism was introduced to and imposed on the Kirats only after the conquest of Gorkhali rulers whose root was in India. Kirats were quite tolerant and liberal to other religions. That was why Buddhism flourished during the Kirat rule in Nepal. Buddhism had rekindled a new interest and attitude among the people. Kirats had also built many towns. Shankhamul, Matatirtha, Thankot, Khopse, Bhadgoan and Sanga were prosperous cities with dense population. Thus, it can be safely said that the Kirat period had paved the way for further development and progress of Nepal in all sectors in future. ... 

Saturday, December 18, 2010

विशेष अधिवेशनको प्रस्ताव फिर्ता गर: सत्ता साझेदार





smaller text tool iconmedium text tool icon
फिर्ता नलिए विपक्षमा मतदान गर्दै प्रस्ताव खारेज गर्ने निर्णय काठमाडौं, पुस ३- सत्तारुढ दलहरुले एकीकृत माओवादीसँग विशेष अधिवेशन प्रस्ताव फिर्ताको आग्रह गर्न सरकारलाई सुझाव दिएका छन्। सत्ता साझेदार दलहरुको शनिबार साँझ वालुवाटारमा बसेको बैठकले विशेष अधिवेशनको प्रस्ताव फिर्ता गराउने पहल सरकारले गर्नुपर्ने निष्कर्ष निकालेको हो। नेकपा मालेका महासचिव सीपी मैनालीले 'विशेष अधिवेशनको प्रस्ताव सरकारविरुद्ध आएको निष्कर्ष गर्दै सरकारले नै फिर्ताको लागि आग्रह गर्ने निर्णय भएको' बताए।

माओवादीले प्रस्ताव फिर्ता नलिए त्यसको विपक्षमा मतदान गरेर असफल पार्ने पनि सत्ता साझेदार दलहरुवीच सहमति भएको छ। नेपाली काग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिने पहल गर्न सरकारलाई आग्रह गरेको बताए। 'माओवादीले विशेष अधिवेशनको प्रस्ताव फिर्ता नलिए विपक्षमा मतदान गरेर सामना गर्ने सहमति भएको छ', पौडेलले नागरिकन्युजसँग भने।

एमाले महासचिव इश्वर पोखरेलले पनि 'माओवादीलाई विशेष अधिवेशनको प्रस्ताव फिर्ता लिन आग्रह गर्ने, नगरे विपक्षमा मतदान गरेर अस्वीकृत गरिदिने सहमति भएको' बताए। उनले आफनो पार्टीले पनि उम्मेदारी फिर्ताको आग्रह गर्ने नगरे विपक्षमा मतदान गर्ने निर्णय गरेको स्मरण गर्दै भने, 'माओवादीको विशेष अधिवेशन प्रस्तावलाई सामना गर्ने त्यस किसिमको निर्णयमा सबै दलको सहमति रह्यो।'

सरकारले नियमित अधिवेशन वोलाउने तयारी गरिरहेको र दलहरुले त्यसका लागि परामर्श गरिरहेका वेला माओवादीले एकाएक विशेष अधिवेशन वोलाएका कारण यसले अरु दलप्रति अविश्वास र सरकारको विरोध गरेको निष्कर्ष पनि दलहरुले निकालेका छन्। 'माओवादीले प्रधानमन्त्रीको उम्मेदवारी टुंग्याउने र नियमावली संशोधन गर्ने प्रस्ताव जुन ढंगले ल्यायो, त्यो तर्कसंगत छैन भन्ने निष्कर्ष रह्यो', माले नेता मैनालीले भने। उनले 'त्यस्तो वेमनासिव प्रस्ताव फिर्ता नलिए खारेज गरिदिने सहमति भएको बताए।
बैठकमा माओवादीको प्रस्तावको सामना गर्ने विषयमा छलफल भएपनि नेपाली काग्रेसको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने विषयमा खासै छलफल भएन। विशेष अधिवेशन टुंग्याएपछि मात्रै कांग्रेसको उम्मेदारीको विषयमा छलफल गर्ने पनि दलहरुवीच सहमति भएको छ। 'पहिला विशेष अधिवेशनको विषय टुंग्याऔं, वाँकी कुरा पछि गरौला भनेका छौं', काग्रेस नेता पौडेलले भने। एमाले महासचिव पोखरेलले पनि यो विषयमा पछि कुराकानी गर्ने सहमति भएको जानकारी दिए।

साना दलहरुले भने कांग्रेस र एमालेलाई उम्मेदावारी फिर्ता अघि लिखित सहमति गरेर अघि बढन सुझाव दिएका छन्। 'काग्रेस र एमालेवीच उम्मेदवारी फिर्ता अगावै लिखित समझदारी गरेर अघि बढन सुझाव दिएका छौं', मैनालीले भने, 'काग्रेसले उम्मेदवारी फिर्ता लिनुपर्ने एमालेको आग्रहलाई सम्मान गर्न र एमालेले पनि उम्मेदवारी फिर्तापछि आफनै उम्मेदवारलाई सहयोग गर्नुपर्ने कांग्रेसको आग्रहलाई सम्मान गर्न पनि पनि आग्रह गरेका छौं।' मैनालीको भनाईमा दुवै दलका नेताहरुले आपसी समझदारी गरेरै अघि वढने जवाफ दिएका थिए।

'अहिले तपाईँहरुको धारणामात्रै बुझेको हो। हामी (कांग्रेस र एमाले) छलफल गरेरै अघि वढछौं', कांग्रेस र एमालेका नेताहरुले दिएको जवाफ उद्धृत गर्दै मैनालीले भने। साना दलहरुले कांग्रेस र एमालेलाई साझा कार्यक्रमको खाका तयार पार्न पनि सुझाएका थिए। काग्रेस नेता पौडेलले 'काग्रेस र एमालेबीचको समझदारी नै राष्ट्रिय सहमतिको प्रारम्भ विन्दु वन्न सक्ने' अन्य दलहरुको धारणा रहेको बताए।

बैठकमा एमाले, कांग्रेस, फोरम (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा संयुक्त, माले, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, दलित जनजाति पार्टी, परिवार दल, चुरे भावर, संघीय लोकतान्त्रिक मञ्च, प्रजातान्त्रिक समाजवादी लगायतका दलहरुको उपस्थिति थियो। यसअघि शुक्रबार भएको सत्ता साझेदार दलहरुको वैठकले पनि अहिलेको वाम-लोकतान्त्रिक एकतालाई कायम राख्दै राष्ट्रिय सहमतिको प्रयत्न गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

Every night in my dreams

TITANIC
Every night in my dreams 
I see you. I feel you. 
That is how I know you go on. 

Far across the distance 
And spaces between us 
You have come to show you go on. 

Near, far, wherever you are 
I believe that the heart does go on 
Once more you open the door 
And you're here in my heart 
And my heart will go on and on 

Love can touch us one time 
And last for a lifetime 
And never go till we're one 

Love was when I loved you 
One true time I hold to 
In my life we'll always go on 

Near, far, wherever you are 
I believe that the heart does go on 
Once more you open the door 
And you're here in my heart 
And my heart will go on and on 

There is some love that will not 
go away 

You're here, there's nothing I fear, 
And I know that my heart will go on 
We'll stay forever this way 
You are safe in my heart 
And my heart will go on and on 



(Love Theme From "Titanic")

Friday, December 17, 2010

छुटनै मन छैन मलाई

डा. कृष्ण हरी बराल
छुटनै मन छैन मलाई कति छिटो बित्यो समय
कस्तो हुन्थ्यो होला जिन्दगि यदि कुनै बन्धन नभए

तिमीले दिए दुखै पनि मेरो लागी माया बन्छ
कसरी बित्ला यो जिबन तिम्रो मिठो मायै नरहे
कस्तो हुन्थ्यो होला जिन्दगि यदि कुनै बन्धन नभए

एकै पल भेटन पनि फेरी कति कुनु पर्ला
कति खुसी हुन्थ्यो होला मन समय यो बहदै नबहे
कस्तो हुन्थ्यो होला जिन्दगि यदि कुनै बन्धन नभए

छुटनै मन छैन मलाई कति छिटो बित्यो समय
कस्तो हुन्थ्यो होला जिन्दगि यदि कुनै बन्धन नभए

याहू निकाल्ने, गुगल तलब बढाउने

लन्डन-(बीबीसी) इन्टरनेट मिडिया कम्पनी याहूले आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गर्ने भएको छ। यो संख्या उसको कूल कर्मचारीको पाँच प्रतिशत हो याहूले आफ्नो खर्च कटौति गर्ने योजना अन्तर्गत यति धेरै संख्यामा कर्मचारीलाई निकाल्न लागेको हो। योजना अनुसार समाचार, अर्थ, खेल र इमेल सेवाका कर्मचारीहरुलाई उसले निकाल्दैछ।


तर अर्को कम्पनी गुगलले भने आफ्ना कर्मचारीहरुको तलब आगामी जनवरीदेखि १० प्रतिशत बढाउने घोषणा गरेको ५।
टेलिभिजन च्यानलहरुमा विज्ञापन दिने कम्पनीहरु पनि इन्टरनेटतर्फ आकर्षित भइरहेका बेला याहू र गुगल जस्ता सर्च इन्जिनहरुले विज्ञापनबाट गर्ने कमाई बढेको छ। (बीबीसी)

बाध्यता

             Written By, Landscope Pill
वाध्यता पानी कसै कसैलाई हैन सबैलाई आउँदो रैछ प्रिया
मनै त होनी मेरो पानी कति धेरै दुखेको छ प्रिया l

हुन्छ हुन्छ भन्दै गर्दा यहींबाट फर्कंदैछु
मलाई छाड्ने पापी तिमी भन्दै नभन
हुँदैन अब भन्ने पल सबैलाई
आउँदो रैछ प्रिया

तिमीले भन्दा धेरै मायाँ पाउने त्यो परिवेश 
अझै पनि निर्दोसी  छ
तिमी हैन समाज भन्ने पल
सबैलाई आउँदो रैछ प्रिया l

प्रलय पाउन नसकेको विषाक्त समाज
 भन्नु नै पो किन र
मुटु जस्तो जिम्मेवार रीति
त्यो पनि त यहीं छ l

दाल भात डुकू

writer:Laxmiprasad Devkota

posted By Landscope Pill

दुःखको लामो सडकमा,
पीरको केही छडकमा,
चल्दथे 'टुक टुक टुकू!'
आफूजस्तै लाख हेरी,
बेला, बेला,
पार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेला,
जसको आत्मा रस-घुट्को,
पथमा चल्दै'टुक टुक टुकू!'
'टुक टुक टुकू!'
डाक्टरहरुले मानव-मुटुमा स्टेथोस्कोमा कान थापी
एक रोमान्टिक अर्थ लाउँथे,
'लबढब! लबढब' बोल्छ रे त्यो
भन्ने मिथ्या खूब फिजाउँथे!
मानो लभ्को कोही ढुक्कुर, स्वप्नदलमा नीड बनाई
बोल्छ भाइ!
शिरी फरादका स्वप्न गाई!
मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई!
यो रोमानी अर्थ लाई!
यथार्यावादी युगमा आज, किन म मानूँ बोल्न लाज ?
छाती छाम्द्रा, गन्द्रा, गुन्द्रा,
निष्पक्षपाती भाव जम्दा
पाएँ मैले बोल्दो आर्को क्वै कुकू ।
'दाल भात डुकू! दाल भात डुकू!'
अन्तरात्माको महावन सकल नर-उर-विहग-गुञ्जन
सत्य स्वरमा यत्ति भन्छन्
जो विना सब अस्तगौरव,
हुन्छन् केवल पुक पुक पुकू!
विश्व हृदयको स्पन्दध्वनि हो
'दाल भात डुकू! दाल भात डुकू!'
कोटले, भेस्टले छिपाई,
दिलको गहरीमा लुकाई,
बोक्रे इज्जत शान गर्छ,
मुटुको ध्वनि यो भन्न पर्छ,
तदापि मेरो के शरम?
लेऊ गरम या लेऊ नरम! स्पष्टवक्ता कवि के डर्छ?
जीवको यो प्रथम स्पन्दन,
लहलहाउने सृष्टि नन्दन,
सकल रसको एक नायक,
भाव स्पन्दक प्यास गायक,
सब कलाको प्रथम विनायक
'ढुकढुकूको ढुकढुकूको ढुकढुकू'
'दाल भात डुकू! दाल भात डुकू!'
मासुसँगमा गाँसिएको,हृदयसँगमा टाँसिएको,
जीव मासी नमासिएको ।
शाश्वत ध्वनि, छातीमनि, प्रतिश्वास गनी,
बोल्छ, बोल्छ, सत्ते बोल्छ, अन्नमय कोषको कुकू,
'दाल भात डुकू! दाल भात डुकू!'
पहिलो जलमा प्रथम स्फुरणमा विष्णुको नै नाभिस्थलमा
यो डुकू दल जन्मिएको!
दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएको
दार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएको
भात त्यो हो जसको निम्ति अलम दुनियाँ
ढिक्किच्याउँ गर्छ सारा पथभरी चामल फलेर
रौसिएर या गलेर।
ध्यनि विचारी सहमत होलान्
अन्नमय कोषको कुकू!
'दाल भात डुकू! दाल भात डुकू!'
ए भलाद्मी लौ विचार!
के हो यो मिथ्याचार
शान्त क्षणमा घडीले हान्दासम्म नकली'टिक टिक टिकू'
पलङमाथि लेटी सोचे
होइन के'दाल भात डुकू!'
यो विना बज्ला बबन्डर होला, ध्वँस होला,
पृथ्वी रोला,
सभ्यताको के प्रथम जग? हामी बेकार के लुकूँ?
'दाल भात डुकू! दाल भात डुकू!'
दर्शन जो बुझ्दैन गहिरो प्याङ हो अभिमानको!
अन्धताको शानको!
बुझ्ने बुझून, यसकै निम्ति लड्छन्, मर्छन्
कार्य गर्छन्,
यसको राष्ट्रिरयकरण केवल आजको हो तपस्या,
जुग-समस्या,
यो नजान्ने लीडर भेडा,
चल्छ त्यल्ले राष्ट-बेडा?
हेर! एकबार आर्यघाटमा ईश्वरको या राजमाटमा!
ब्रह्मनालमा तेर्सिदामा खोजमा लाचार भै,
नष्ट भू-आचार भै,
बाई, बाई, पक्क पक मुख भन्छ मानिस आखिर!
'स्वर्गका हे अधिराज हाम्रा! छैनौ चाम्रा!
करुणा गर!
पृथ्वी यो पाइएन, स्वर्गका होला भनेर
अर्कोतर्फ धाइएन,
आँ! आँ! प्रभु! आँ! आँ! प्रभु!
'दाल भात डुकू! दाल भात डुकू!'

Thursday, December 16, 2010

आवश्यक परे फेरि गोली चलाउँछुः पारस


कास्की, पुस १ - गोलिकाण्डपछि सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वयुवराज पारस शाहले उक्त घटनालाई राजनीतिक रंग दिएका छन् । रिहा लगत्तै चितवनबाट बिहीबार साँझ पोखरा आएका शाहले आफुले देश र राष्ट्रका लागि यस्तो गरेको बताउँदै घटनालाई राजनीतिकरणको प्रयास गरेका हुन् ।
उनले पोखरा विमानस्थलमा संवाददाताहरुको यस्तो घटना किन घटाउनु भएको ? भन्ने जिज्ञासामा देश र जनताका लागी फेरि पनि यस्तो गर्न सक्ने बताए ।  देश र राष्ट्रकै लागि भनेर पटक-पटक वाक्य दोहोर्‍याएका थिए ।
विमानस्थलबाट करिव पाँच मिनेटसम्म समर्थकहरुसँगै मुलसडकमा हिंडेका पारस पहेलो 'ल्याण्ड रोभर' गाडी चढेर फिस्टेल लज गएका थिए । गोलीकाण्डबारे जिज्ञासा राख्दा  पारसले हाँसेर भने, 'सेना, पुलिसकाबीच एक पटक होइन, पटक-पटक यसरी नै बस्न तयार छु ।'
पारसले आफुलाई

पारस आज रिहा हुने, आफूतिर तीर फर्कने भएपछि रुबेल थर्कमान

By Landscope Pill, on December 16th, 2010

अपडेटः पारसविरुद्ध हातहतियार तथा खरखजाना र ज्यान मार्ने प्रयासको प्रमाण भेटिएन। त्यसैले उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दाका लागि अभियोग पत्र २४२ नम्बरमा दायर भयो। अब उनी धरौटीमा पनि हैन सामान्य तारेखमा नै रिहा हुन सक्नेछन्। आजै पारस काठमाडौँ फर्कँदै छन्। यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले वारेसनामा दिएर काठमाडौं जाने पारस शाहको योजनालाई स्थगन गरेको बुझिएको छ। स्थानीय प्रशासनसँग सल्लाह गरी पारसका वकिलले कागज तयारी गरिसकेका थिए। तर ज्ञानेन्द्रले हिजै काठमाडौँ फर्कदा भागेको भन्ने आरोप लाग्ने हुँदा त्यसो नगर्न सुझाएपछि पारसको योजना स्थगन भएको हो। पारसका कानुनव्यवसायी शिव पाण्डेका अनुसार पूर्वराजा ज्ञानेन्द्रले मुद्दा टुङ्गाएर मात्र काठमाडौँ फर्कन पारसलाई भनेका रहेछन्। ज्ञानेन्द्रले यो राजनीतिक मुद्दा भएकाले जे हुन्छ नेपाली जनतालाई भनेर मात्र उनी (पारस) काठमाडौं फर्कने बताएका थिए पाण्डेका अनुसार पूर्वराजा ज्ञानेन्द्र उपचार वा अन्य बहानामा काठमाडौं फर्कने कुरामा सहमत थिएनन्। मुद्दा किनाराका लागि एक पटक फेरि चितवन आउनुपर्ने भएकाले पनि ज्ञानेन्द्रले मुद्दाको किनारा लगाउन जोड दिएका रहेछन्।
****************
चितवनको टाइगर टप्समा शनिबार राति के भयो, त्यो कि पारसलाई थाहा छ कि रुबेललाई। गोली भने चलेकै हो र पारसले नै त्यसलाई चलाएको हो भनेर स्वयं पारसले स्वीकार गरिसकेका थिए। परिस्थिति कस्तो थियो गोली चल्दा त्यो छानबिनको विषय बनेको छ। घटना विवरण पछि बुझ्दै जाँदा मिडियामा आएको जस्तो नभएको प्रष्ट भएको छ। दुई जँड्याहाको बीचमा खै कुन्नि के विषयमा विवाद हुँदा रुबेलले सासुको पावर लगाएर पारसलाई सबक सिकाउन खोजेको चाहिँ अहिलेसम्मको घटना विवरणले बुझिएको छ। रुबेलले पावरको मिसयुज गरेर फ्याँकेको तीर अब बुमर्‍याङ भएर अर्थात् घुमेर रुबेलतिरै फर्कने निश्चित भइसकेको छ। अब घटनाले लहरो तान्दा पहरो गर्जँदै गएपछि पारस र रुबेल दुवैले बयान फेरेर जनतालाई उल्लु बनाएका छन्। पारस आज धरौटीमा रिहा हुने भएका छन्। उनले प्रहरीसँगको बयानमा आफूसँग हतियार नि नभएको र गोली पनि नचलाएको बताएका छन् र घटनास्थलमा गोलीको खोका पनि छानबिन टोलीले भेट्टाउन सकेको छैन। रुबेलले पनि पारससित हतियार नदेखेको बयान दिएका छन्।
अनि हतियार पनि छैन, देख्या पनि छैन, पड्काएको पनि छैन भने यत्रो गर्न हल्ला गर्‍या त तिमेरुले, यत्रो गर्न मिडियाबाजी गर्‍या त? तर जे होस्, तीन दिन पारस प्रहरी हिरासतमा रहने राजपरिवारका पहिलो सदस्य बने, त्यसैलाई गणतन्त्र आएको महसूस गराएको मानौँ। तर अब नवयुवराज बन्न खोज्ने रुबेल पनि बच्न सक्ने स्थितिमा छैनन्। उनका अवैध धन्दा र कारोबार बारे नेपाली मिडियाले खेदेको खेद्‍यै छन्। अबका केही दिनमा कि रुबेल विदेश भाग्यो भन्ने समाचार सुन्नु पर्छ, कि त प्रहरीले गिरफ्तार गर्‍यो भन्ने सुन्न पाइन्छ- एक साथी अघि यसरी नै ठोकुवा गर्दै थिए।

रुबेलको कर्तुत बारे एभिन्युज टेलिभिजनका संवाददाता दीपक खरेलले तयार पारेको एउटा रिपोर्ट-
पासपोर्ट नं. ए ०१६०२४४ वाहक बंगलादेशी नागरिक रुबेल चौधरी जुन ७, २०१० बाट रिलेसन भिसामा नेपाल बस्दै आएका छन्। र, यो चौधरीको नेपाल बसाई पहिलो होइन। यस अघि पनि धेरै पटक रुबेल चौधरी नेपाल आएका छन् र लामो समय बसेर फर्किने गरेका छन्। परराष्ट्रमन्त्री एवम् उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाईं भए यता रुबेलको सक्रियता बढेको घटनाक्रमले स्पष्ट पार्छन्।
बंगलादेशको ढाका स्थायी बसोबास भए पनि रुबेल चौधरी फिलिपिन्स र मलेसियामा बस्ने गरेका थिए। विशेष गरी अवैध भीओआईपी कल बाइपास मुख्य व्यवसाय भएका रुबेलको सञ्जाल कोइराला परिवारको ज्वाईँ भएयता बढेको हो। नेपाल अघि चौधरी, फिलिपिन्स, मलेसिया र बंगलादेशबाट भीओआईपी कल बाइपासको व्यवसाय गर्दै आएका थिए।
२०६६ साल साउन २७ गते महानगरीय प्रहरी परिसर हनुमानढोकाको विशेष टोलीले खुमलटारस्थित एक घरमा छापा मार्‍यो जहाँबाट तीनजना बंगलादेशी नागरिक र करोडौं मूल्य बराबरको भीओआईपी कल बाइपास गर्ने सामग्री बरामद भए। र, सँगै हजारौं थान एनटीसी कलका सिमकार्डहरु। पक्राउ परेका असेफ फुजमन, निसार अहमद र मुग्धिर हुसैनलाई बंगलादेशबाट कामका लागि नेपाल ल्याइएको थियो। घटनाको छानबिन गरिरहेको टोलीले जब यस घटनामा रुबेल चौधरीको संलग्नता देख्यो, वरिष्ठ प्रहरी नै इभिडेन्स नभएको भन्दै खुट्टा तान्न बाध्य भए। अन्यथा हजारौं हजार सिम कसका नाममा कसले निकाल्यो त्यो जानकारी पाउनु कठिन विषय होइन।
कल बाइपासको घटना सेलाउन नपाउँदै बंगलादेशी नागरिक नेपाली पासपोर्टसहित पक्राउ पर्न थाले। अपराध महाशाखाको टोलीले साउन १८ गते चार जना बंगलादेशी नागरिकलाई नेपाली पासपोर्ट सहित पक्राउ गर्‍यो। पक्राउ परेका रमजान अली, महमद सकिल, अहमद फारुक अहमद र सरिफ मध्य फारुक अहमद दर्जनौं पटक नेपाल हुँदै चीन, भारत, मलेसिया र फिलिपिन्स पुगेको उनको पासपोर्टमा भएका भिसाहरुले स्पष्ट पार्छन्। यसरी बंगलादेशी नागरिकको गिरफ्तारी त्यो पनि नेपाली पासपोर्टसहित नौलो विषय थियो। तर यस घटनाको थप अनुसन्धान के भयो अझै प्रहरीले खुलाउन सकेको छैन। प्रहरीको वरिष्ठ स्रोत यी घटनाका मुख्य नाइके रुबेल चौधरी भएकोमा कुनै शंका नरहेको बताउँछ तर कारबाही गर्दा सासु परराष्ट्र मन्त्री तथा उपप्रधानमन्त्री सुजाता कोइरालासम्म उनको पहुँच बाधक भएकोमा कुनै शंका रहेन।
संयोग होइन, बंगलादेशी रुबेल चौधरी हाइ क्लासका ब्रोकर र कल बाइपासका गड फादर हुन्। यही सही मौका रुबेलको गिरफ्तारीका लागि।
भिडियो हेर्नुस्-

Wednesday, December 15, 2010

All 22 aboard killed in Tara Air airplane crash


KATHMANDU, DEC 16 -
The remains of a Twin Otter aircraft belonging to Tara Air, which went missing on Wednesday with 22 people aboard, have been recovered at Sri Chaur VDC of Okhaldhunga district on Thursday morning.
All 22 people on board were killed in the mishap, sources have confirmed.
The aircraft met with an accident after it collided with the Palunge Hill in the district, Deputy Inspector General (DIG) at Tribhuvan International Airport (TIA) Ramesh Shekhar Bajracharya informed.
Nepal Police and Nepal Army had reached the crash site earlier today for rescue operations.
It is reported that 15 bodies have been recovered in whole and the rest have been collected in pieces.
The identification process of the deceased has been impeded owing to the fragmentation, sources confirmed.
The aircraft, which took off from from the Lamidada Airport in Khotang district at 3.08 p.m. yesterday, went out of contact after five minutes.
It was headed for the TIA from Khotang with 18 Bhutanese nationals, one foreigner, and three crewmembers on board.
The Kathmandu Post's previous report is as follows:
Aircraft missing with 22 on board
SANGAM PRASAIN
A Twin Otter aircraft belonging to Tara Air went missing on Wednesday with 22 people on board. The Rescue Coordination Centre at the Tribhuvan International Airport (TIA) suspected that the aircraft crashed in Kunta Devi Village Development Committee in Okhaldhunga district.
Spokesperson at the Ministry of Tourism and Civil Aviation Laxman Prasad Bhattarai said they are yet to confirm if the aircraft that took off from Lamidanda in Khotang district to Kathmandu crashed. According to him, helicopters have been sent to look for the missing aircraft. However, the search mission was cancelled late in the evening due to heavy clouds.
According to the Post’s Khotang correspondent, Deputy Superintendent of Police Tek Bahadur Tamang said the plane did not land in any airport nearby.
The aircraft took off at 03: 08 p.m. and was scheduled to land in Kathmandu at 8: 40 p.m.
Along with Captain Anup Raj Shakya, Co-pilot Sachindra Shrestha and Air Hostess Sudiksha Gurung, there were 18 Bhutanese and one foreigner in the flight, the airline said. The Bhutanese were in Nepal to take part in the SAARC Trade Fair in Kathmandu.
Locals of Okhaldhunga said they heard a loud sound across Musunga Khola. “Police and Army personnel have been sent to comb the area,” chief of the Air Traffic Control (ATC) at the TIA, Kamlesh Lal Karna, quoted the CDO of Okhaldhunga as saying.
ATC officer at the Kathmandu airport, Bhes Raj Adhikari, said the pilot had contacted the tower at around 03: 13 pm as part of its regular reporting and no technical difficulties had been reported then. While the weather in the sector was fair, the ATC declared an emergency when the flight failed to establish contact for almost 30 minutes.
General Manager at the TIA Dinesh Shrestha said the search mission will continue on Thursday morning.
Passengers on missing Tara Air flight
1. Mr. T. R Tamang
2. Mrs. G. Sherpa
3. Mr. K. Sherpa
4. Mr. S. Tamang
5. Mrs. S. Tamang
6. Mr. T.R Tamang
7. Mr. T.G Lama
8. Mr. K.W Lama
9. Mrs. P Tamang
10. Mr. K. N Lama
11. Mr. Z. D Sherpa
12. Mrs. L. W Sherpa
13. Mrs. S. B Lama
14. Mr. T Sherpa
15. Mrs. T.Y Sherpa
16. Mrs. P. W Tamang
17. Mrs. D.B Tamang
18. Mr. T. W Sherpa
19. Mr. Chodek Kelsang (American passport)

Tara airlines plane missing


KATHMANDU, DEC 15 -12-2010 
Jalpa Khaling 
 An aircraft owned by Tara airlines that took off from Lamidanda airport in Khotang district lost contact with air traffic control tower on Tuesday.


According to officials at the Tribhuvan International Airport (TIA) in Kathmandu, it usually takes around 35 minutes for an aircraft to arrive in Kathmandu from Lamidanda airport.

Tuesday, December 14, 2010

'मम्मी'को अभावमा मेरी छोरी

By Landscope Pill, on December 14th, 2010




आमाको माया पनि हजुरआमालाई।
विकिलिक्सको सूचनाले संसार हल्लाएको छ। पारसको गोली–प्रकरणले नेपाल। तर, मलाई भने पछिल्ला केही दिनदेखि बिरामी परिरहेकी मेरी चार वर्षीया छोरीको मनोदशा, भाव–भंगीमा र व्यवहारले हल्लाउनसम्म हल्लाएका छन्। उसको निर्निमेष हेराई, कलेठी परेका ओठ र लोलाइरहेका आखाँका भावले छोरीमा अन्तरनिहीत एकान्तता र अपर्याप्तताको छनक दिइरहेको जस्तो लाग्न थालेको छ। अभिभावक भएपछि सामान्य कुराको पनि अर्थ खोज्नु पर्ने रहेछ। वा, खोजिँदो रहेछ। कहिलेकाँही यस्ता सामान्य कुराले असामान्य प्रकृतिको अनुभूति पैदा गर्दा रहेछन्। त्यसैले त सबै अभिभावक संवेदनशील हुन्छन्। सायद, माया भनेकै यही पो हो कि ! झन् दुख्खको घडीमा त यस्तो संवेदशिलता मैन पग्लेजस्तै पग्लदो रहेछ। जलिरहेको बत्तिमुनि थुप्रिएको मैनजस्तै मुटुको अन्तरकुन्तरमा जम्मा हुदोरहेछ भावुकताको यस्तो यौगीक, जहाँ खुशी नामको तत्व पटक्कै हुँदैन।



उसलाई थाहा छ, दुध ख्वाउँदा–ख्वाउँदैकी मम्मीले छोडेर विदेश गएपछि स्याहार–सुसारको जिम्मेवारी सम्हाल्दै आउनुभएकी झण्डै ८० वर्षीया हजुरआमाको हात भाँच्चिएको छ। हातमा लगाइएको गरुङ्गो प्लास्टर थाम्न नसकेर उहाँ ओच्छ्यानमै सुतिरहनु हुन्छ। त्यसैमाथि पनि उहाँलाई रुघा, खोकी र ज्वरोले सताइरहेको छ। त्यसैले होला, त्यो दिन छोरी हजुरआमालाई छाडेर मेरो ओच्छ्यानमा आएर छेउमा सुती। ज्वरो नापेँ। १०३ डिग्री थियो। औषधी दिएँ। ज्वरो थामिएन। ऊ अझै काँपीरहेकी थिई। म अत्यन्तै मानसिक थकानमा थिएँ। कतिबेला झकाएछु पत्तै भएन। छोरीको बर्बरावटले म झस्केँ। उसले निरन्तर ‘मम्मी मम्मी मम्मी….’ भनिरहेकी थिई। निधार छामेँ। ज्वरो, आगाको भुंग्राजस्तो थियो, पटक्कै घटेको थिएन। म एकाएक अत्तालिएँ। मम्मीले छोडेर गएको झण्डै दुई वर्षसम्म केही पटकबाहेक मम्मीको नाम नलिएकी छोरी बिरामी परेका बेला किन यति व्यग्र तरीकाले मम्मी खोजिरहेकी छे? उठेर बत्ति बालेँ। रातको २ बजेको रहेछ। उसलाई उठाएँ। र, काखमा लिएँ। छोरीले अझै भन्दै थिई, ‘मम्मी खोई बाबा?’, मसँग खासै उसलाई चित्त बुझाउन सक्ने जवाफ थिएन। र, अहिले पनि छैन। मलाई चित्त बुझ्नु र सानी छोरीलाई चित्त बुझ्नुमा पक्कै पनि अन्तर छ। मैले भनें ‘मम्मी किन चाहियो?। बाबा छ। आमा हुनुहुन्छ। तिमीलाई खाना बनाएर दिने सपना दिदी छ। सबै छौँ नि हामी।’ मैले यसो भनिरहँदा मेरा आखाँबाट स्वभाविक रुपमा आँसु चुहिरहेका थिए। छोरीले मलाई एकोहोरो हेरिरही, चिम्सा आँखा बनाएर। वातावरण बडो स्तव्ध भयो। निमेष भरपछि छोरीले मम्मीको प्रसङ मोड्न चाही। र, मेरो निधारमा हात राख्दै भनी, ‘ बाबालाई पनि ज्वरो आएको छ। औषधी खानुस्।’ बिरामी छोरीले मेरा आँसु देखेपछि मम्मीको खोजी गर्न छोडी। उसको मनले हो कि, मेरो भंगीमाले ! त्यो भने मलाई थाहा छैन। जे होला, छोरीकै मनमा होला।
यो बीचमा छोरीलाई केही बिसेक भयो। कम्तिमा ज्वरो छैन। तर पनि उसको अनुहार, हाउभाउ र भाव भने जस्ताको त्यस्तै छ। बब डेलन र बिटल्सका संगीतमा गुनगुनाउँदै कोठामा नाच्ने मेरो छोरीको मानी हराएको छ। जन्म दिनमा मित्रहरु विनोद, दिपक र राजेशले ल्याइदिएको गिटार बजाउँदै रेशम फिरिरी गाउने मेरी प्रिय छोरी अहिले टोल्हाइरहने, धेरै नबोल्ने र आफूमै कतै हराएजस्तै छे। ‘यसले सपनामा ममीलाई देखेजस्तो छ। त्यसको असर हुनसक्छ’ उसकी वृद्धा हजुआमा पनि नातिनीको अवस्थादेखि चिन्तित हुनुहुन्छ। छोरीको यस्तो अवस्थालाई ‘रिकभर’ गर्न मैले फेसबुकमा उसको ममीले राखेका केही ताजा तस्विर देखाएँ। छोरीले भनी ‘ यो हाम्रो मम्मी होइन बाबा।’ सायद पहिरन र तस्विरमा देखिएका ‘पोज’का कारण छोरीले मम्मी ठम्याउन नसकेकी हुन पनि सक्छे। या, उसले ममीसँग घुमाउरो शैलीमा आफ्नो आक्रोश अभिव्यक्त गरेकी पनि हुन सक्छे। साँच्चै बुझिनसक्नु रहस्यमय हुँदोरहेछ, बालमनोविज्ञान।
जचाउन हस्पिटल जान्छु भन्दै ममी जहाज चढेको केही दिनमा छोरीले हजुरआमासँग भनेकी थिई, ‘ ममीको दुधभन्दा गाईको दुध मिठो छ है आमा?’ हजुरआमाले नातिनीको प्रतिक्रियालाई कसरी लिनु भो थाहा छैन, तर मैले भने उसको यो भनाईलाई मम्मीसँगको विछोडको परिलक्षणका रुपमा लिएको थिएँ। त्यसको केही दिनमा कुनै छिमेकीले छोरीलाई सुनाइदिएछ, ‘तिम्रो मम्मी त विदेश गई।’ निन्याउरो अनुहार पार्दै छोरी मलाई खोज्दै मेरो कोठामा आई। र, कपाल कन्याउँदै भनी ‘ बाबा, ममी त मिनु दिदीसँग गएछ नि, विदेश। हाम्रो मम्मि झुट रहेछ।’ अन्तरजातीय जोडीबाट जन्मेकीले होला मेरी छोरीको बोल्ने लवज मंगोलियन परिवारको जस्तो छ, जसलाई म परिवर्तन होस् भन्ने चाहन्न। त्यसपछि भने मैले मम्मी विदेश जानाको कारण नलुकाई बताइदिएको थिएँ, छोरीलाई। त्यसको धेरै महिनासम्म ऊ चुपचाप थिई। स्कुल जान्थी। खेल्थी। काटुर्न हेर्थी। गीत गाउँथी। कहिलेकाही हजुरआमासँग पैसा मागेर हैरान पार्थी। तर कहिल्यै मम्मीको ‘म’ पनि उच्चारण पनि गर्दैन्थी।
एक दिन मैले छोरीलाई कमलपोखरीस्थित सिटिसेन्टरको ‘किड्स प्लेइङ जोन’ लिएर गएको थिएँ। त्यहाँ उसले धेरै बालबालिका देखी। अधिकांश बालबालिकाका साथमा उनीहरुमा आमा थिए। खेल्न सिकाइरहेका थिए। रमाइरहेका थिए। अचानक मेरी छोरीले त्यहाँ बस्न मानिन। खेल्न मानिन। उसले घर फर्कौ भनेर हैरान पारी। मलाई लाग्यो, आमाहरुसँग रमाइरहेका बच्चाहरु देखेपछि उसलाई पनि ममीको याद आए होला। ट्याक्सी चढेर घर फर्किर्दै गर्दा मैले छोरीलाई सोधें ‘ ममीको याद आयो है नानु?’ उसले होइन भन्दै टाउको हल्लाए पनि उसको अनुहारको भावले भनिरहेको थियो, ऊ चिन्तित छे कसैको यादमा। निर्लिप्त छे, कसैको सम्झनामा।
बस्ने बासस्थान वरिपरि कहिलेकाहीँ मैले छोरी साथमा लिएर हिँड्छु। चिनजानेकाहरुले प्रतिक्रिया दिन्छन् ‘लौ हेर ! यति सानी नानी छाडेर, विदेश जान सक्ने आमाको मन पनि कठोरै हुनु पर्छ।’ प्रतिक्रिया सुनेपछि अघिसम्म रमाइरहेकी , गफिदैरहेकी मेरी छोरी एकाएक मौन बन्छे। स्तव्ध बन्छे। र, टुलुटुलु भूईँतिर मात्र हेरिरहन्छे। यस्तो अवस्थामा म बडो विचलित हुन्छु। त्यसैले छोरीलाई बाहिर लिएर हिँड्दा विचार पुर्‍याउन थालेको छु, मैले। घरमा आएका एकाध आफन्तहरुलाई त मैले नराम्रेरी झपारेको पनि छु। तर छोरीको मनोविज्ञान, व्यवहार र भावना पढ्दा भने उसभित्र ‘मम्मी अभाव’को आँधीबेरी चलिरहेको अनुमान गर्न मलाई पटक्कै कठिन छैन। यस्ता अनुभवहरु मात्र होइनन्, वृद्धा हजुरआमा विरामी परेर दिनभर चाउचाउको भरमा बस्नुपर्दाको छोरीको मनोविज्ञान पनि जाँचेको छु मैले। छामेको छु उसका नाडी र मुटुको धड्कन पनि। आत्मविश्वासहित छोरीकै भविष्यका लागि भनेर विदेश पुगेकी उसकी मम्मीले छोरीलाई त्यत्तिकै ‘मिस’ गरेकी होलिन्। तर मसँगै भएकाले त्यो ‘मिसिङ’भन्दा छोरीले गरिरहेको ‘मिसिङ’ बढी घनिभूत छ भन्ने मलाई लागेको छ।
थाहा छैन, मेरी छोरीको यस्तो पछिल्लो मनोदशा कहिले ट्रयाकमा आउने हो ! म चाहन्छु मेरी छोरी पहिलाजस्तै मसँग खेलोस्। मेरो कपाल लुछोस्। गीत गाओस्। मलाई सताओस्। र, उसको अनुहारमा सधैं–सधैं खुशी देख्न पाइयोस्।


आमाको माया पनि हजुरआमालाई।